किमले केही आश्र्चर्य गर्न सक्छन्, तर मेरा लागि होइन : ट्रम्प 

  |   प्रकाशित :

बासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको दोस्रो भेटवार्ता भियतनामको राजधानी हानोइमा हुने पक्का भएको छ । 

उत्तर कोरिया गएका आफ्ना प्रतिनिधिले किमसँगको भेटघाटका लागि  भियतनामको हानोइमा स्थान तय गरेको र फेब्रुवरी २७ र २८ मा भेटवार्ता हुने ट्रम्पले जानकारी गराएका छन् । उनले ट्रवीटमा भनेका छन् ‘म किमलाई देख्नका लागि र  अघि बढिरहेको शान्तिका कारण निकै उत्सुक छु’

ट्रम्ले लगतै अर्को ट्रवीट गरी उत्तर कोरिया र नेता किमको निकै प्रसंशा गरेका छन् । किमको नेतृत्वमा उत्तर कोरिया एक आर्थिक महाशक्ति बन्ने ट्रम्पले भनेका छन् । ‘किमले केही आश्चर्य गर्न सक्छन् । तर मेरा लागि भने त्यो आश्चर्य हुने छैन, किनभने उनी र उनको क्षमताबारे म पूर्ण जानकार छु’ ट्रम्प भन्छन् । 

अर्थतन्त्रमा उत्तर कारिया एक फरक खालको रकेट बन्ने दाबी ट्रम्पले गरेका छन् । ट्रम्पले पहिलो पटक उत्तर कोरिया र नेता किमको यति धेरै प्रशंसा गरेका हुन् ।  एक वर्षअघि सम्म ट्रम्प र किमको कडा बाकयुद्ध चल्ने गरेको थियो । 

एकले अर्कालाई कडा चेतवनी दिएका वक्तव्यहरु आउने गरेका थिए । २०१८ को सुरुदेखि नै दक्षिण र उत्तर कोरियाले सम्बन्ध सुधार गर्दै गएपछि ट्रम्प र किमले पनि गत जुन १२ मा सिंगापुरमा पहिलो भेटवार्ता गरेका थिए।  

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech