शिक्षक सेवा आयोगले अबदेखि प्रारम्भिक परीक्षा लिने, फर्म अनलाइनबाट भर्नुपर्ने


नेपालपाना प्रकाशित: २०७५-१०-२७ गते 08:36:58 AM
शिक्षक सेवा आयोगले अबदेखि प्रारम्भिक परीक्षा लिने, फर्म अनलाइनबाट भर्नुपर्ने

काठमाडौं । शिक्षक सेवा आयोगले अबदेखि शिक्षकको स्थायी परीक्षाको आवेदन फारम अनलाइनमार्फत भर्नुपर्ने व्यवस्था गर्ने भएको छ । परीक्षामा आवेदकले फाराम भर्दा समस्या बेहोर्नुपरेपछि आयोगले अनलाइनमार्फत फारम भर्ने व्यवस्था गर्न लागेको हो ।

आयोगका प्रमुख प्रशासकीय अधिकृत डा. तुलसी थपलियाले शिक्षाका कार्यालयमै आएर फारम भर्दा बढी झन्झट र समस्या आउन थालेपछि अनलाइन प्रणालीको सुरुआत गर्न लागिएको जानकारी दिनुभयो ।

आयोगले ट्रायलका रुपमा अब आउने परीक्षामा यो व्यवस्था गर्न लागेको हो । स्थायी शिक्षकको आवेदनसँगै शिक्षण अनुमतिपत्रको परीक्षाको समेत अनलाइन फाराम भर्ने व्यवस्था गर्न लागेको हो ।

त्यस्तै आयोगले स्थायी पदका लागि आवेदन दिएको उम्मेदवारको प्रारम्भिक परीक्षा लिने व्यवस्था गर्न लागेको छ । ‘शिक्षक पदका लागि उम्मेदवारहरुको संख्या धेरै हुन थालेपछि प्रारम्भिक परीक्षाबाट परीक्षार्थी छनोट गरी परीक्षा लिने व्यवस्था गर्न लागेको हो ।

प्रमुख प्रशासकीय अधिकृत डा. थपलियाले प्रारम्भिक परीक्षाबाट छनोट भएपछि मात्रै स्थायी पदका लागि लिइने लिखित परीक्षामा सहभागी गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । नेपाल समाचारपत्र दैनिकले यो खबर छापेको छ ।



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले मिडिया सामू गरे यस्तो घोषणा, ओली प्रचण्डलाई भयो खपी नसक्नु





नेपालका बुढा हात्तीलाई अब बृद्धाश्रममा राखिने
नेपालका बुढा हात्तीलाई अब बृद्धाश्रममा राखिने

चितवन । बेकामे हात्तीको स्याहार गर्ने काम कम चुनौतीपूर्ण छैन । यही कामका लागि सौराहामा हात्तीको वृद्धाश्रम नै खोलिएको छ । सफारीमा जान नसक्ने बूढा हात्ती वृद्धाश्रममा स्याहार ग..

मलेसिया रोजगारीबारे किन बोल्दैनन् श्रममन्त्री गोकर्ण विष्ट
मलेसिया रोजगारीबारे किन बोल्दैनन् श्रममन्त्री गोकर्ण विष्ट

काठमाडौँ । भेन्डर परिवर्तन गर्ने विषयमा नेपाल र मलेसियाबीच सहमति हुन नसक्दा मलेसिया रोजगार अनिश्चिततातर्फ धकेलिएको छ । नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार अझै खुल..

पढाईका लागि अस्ट्रेलिया पुगेका १२ सय नेपालीको बिचल्ली
पढाईका लागि अस्ट्रेलिया पुगेका १२ सय नेपालीको बिचल्ली

काठमाडौं . शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ। अस्ट्रेलियाको सिड्..

नेपालका होटलमा २ बर्षमै १ खर्ब लगानी
नेपालका होटलमा २ बर्षमै १ खर्ब लगानी

काठमाडौं । २०७२ को विनाशकारी भूकम्पका कारण केही समय सुस्त देखिएको पर्यटकीय होटलको लगानी पछिल्लो दुई वर्षमा एक खर्ब रुपैयाँ हारहारीमा भित्रिएको छ। पछिल्ला समय देशभर पर्यटक..