वृद्धभत्ता प्रकरण : ५ हजार दिने प्रतिबद्धता पुरा हुन्छ


नेपाल पाना प्रकाशित: २०७५-१०-२७ गते
वृद्धभत्ता प्रकरण : ५ हजार दिने प्रतिबद्धता पुरा हुन्छ

काठमाडौं । मासिक ५ हजार वृद्ध भत्ता दिने प्रतिबद्धताबाट सरकारपछि नहटेको उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् ।  

उपप्रधानमन्त्री पोखरेलले पार्टीको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको मासिक पाँच हजार वृद्धभत्ता दिने प्रतिबद्धता सरकारले आफ्नो कार्यकालमा पूरा गर्ने बताएका हुन् । 

उनले सरकारले सूरुवाती कालमा वृद्धहरुका लागि १ लाखको स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको र अब मासिक ५ हजार भत्ता दिने कामलाई सुरु गर्ने पनि स्पष्ट पारे । उनले सरकारले रोजगारीको अवसर सृजना गर्नका लागि यहि फागुन १ गते विशेष कार्यक्रमका बीच ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को घोषणा गर्न लागेको जानकारी पनि दिए । 

आईतबार चण्डोलस्थित काठमाडौं महानगरपालिकाको वडा कार्यालय भवन उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले केहीले भनेजस्तो सरकार चुनावी घोषणापत्र र आफ्नो नीति तथा कार्यक्रममा गरिएको प्रतिबद्धताबाट पछि नहटेको दावी पनि गरे । 

उपप्रधानमन्त्री पोखरेलले निर्वाचनका बेला जनतासँग गरिएको प्रतिवद्धतालाई सरकारले तलमाथि हुन नदिने पनि दोहोर्याए । काठमाडौं महानगरपालिका ४ वडा समितिको पहल र स्थानीयको समर्थनमा चण्डोल दक्षिणामूर्ति आश्रम नजिक सार्वजनिक जमिनमा व्यक्तिले करिब ११ वर्षदेखि कब्जा गरी बनाएको घर कब्जाबाट मुक्त गरि सोही घरबाट वडा कार्यालयको काम सूरु गरिएको हो ।

बालुवाटारस्थित वडा भवन रहेको जमिनमा नयाँ वडा भवन निर्माणको काम सुरु गर्न लागिएकाले सो वडा कार्यालयको काम उक्त कब्जामुक्त गरिएको भवनबाट सुरु गरिएको पनि काठमाडौं महानगरपालिकाले जनाएको छ ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





संगठित सुन तस्करीमा संग्लनहरु विदेशमा भएपनि समातिने
संगठित सुन तस्करीमा संग्लनहरु विदेशमा भएपनि समातिने

काठमाडौं । संगठित सुन तस्करीका फरार अभियुक्तहरुलाई देशबाहिरबाट पनि पक्राउ गरेर ल्याउने काम भइरहेको प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले  बताएका छन् । प्रहरी महानिरिक्ष..

धनुषामा एक दलित महिलालाई कपाल मुण्डन गरी कुटपिट
धनुषामा एक दलित महिलालाई कपाल मुण्डन गरी कुटपिट

धनुषा । जिल्ला प्रहरी कार्यालयकाे टोलीले दलित महिलालाई कपाल मुण्डन गरी कुटपिट गरेको आरोपमा आठ जनालाई पक्राउ गरेका छन् । टोलीले स्थानीय ४० वर्षीय रामदुलार सादा, २८ वर्षीय रा..

तेक्वान्दो र कराँतेमा सोमबार विभागीय टोलीको जीत
तेक्वान्दो र कराँतेमा सोमबार विभागीय टोलीको जीत

नेपालगन्ज । आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले जीत निकालेका छन् । आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा विभागीय टोलीकै दबदब..

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु  
सवारी दुर्घटनामा परी एक जनाको मृत्यु  

दाङ । सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी लमही नगरपालिका वडा नं ७ उचानिम्वु निवासी अन्दाजी २०र२२ वर्षीय लालु चौधरीको मृत्यु भएको हो। आइतबार मध..