लागुऔषधसहित लहानबाट २ युवक पक्राउ


प्रकाशित: २०७५-१०-२७ गते 04:01:46 PM
लागुऔषधसहित लहानबाट २ युवक पक्राउ

लहान । प्रतिबन्धित लागुऔषधसहित आज बिहान लहान नगरपालिका–३ स्थित बसपार्कबाट दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहमा सोही वडा निवासी २५ वर्षीय रामबाबु शर्मा र उदयपुरको त्रियुगा नगरपालिका–७ निवासी २७ वर्षीय आशिष सिलवाल रहेको प्रहरीले जनाएको छ । 

लहान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बसपार्कबाट दुवै जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। 

पक्राउ परेकाको साथबाट फेनारगन–९ एम्पुल, डाईजिल्याब नौ एम्पुल र नुफिन ८ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले सिरहा विष्णुपुर–५ बाट करीब ५० हजार मूल्य बराबरको अवैधरूपमा ल्याइएको समान बरामद गरेको छ । 



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले मिडिया सामू गरे यस्तो घोषणा, ओली प्रचण्डलाई भयो खपी नसक्नु





राजधानीमै अवैध रक्सी भट्टी पसल सञ्चालनमा, १७ हजार लिटर मदिरा बरामद
राजधानीमै अवैध रक्सी भट्टी पसल सञ्चालनमा, १७ हजार लिटर मदिरा बरामद

काठमाडौं । राजधानीमा सञ्चालित एक भट्टी पसलमा प्रहरीले छापा मारेको छ। काठमाडौं महानगरपालिका–६ स्थित नागेश्वर गल्लीमा रहेको भट्टीबाट प्रहरीले १७ हजार लिटर अबैध घरेलु मदिरा..

उच्च हिमाली जिल्लामा फेरि हिमपात
उच्च हिमाली जिल्लामा फेरि हिमपात

हुम्ला । हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात शुरू भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरू भएको हुम्लामा पुस महीनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजी..

राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन : प्रधानसेनापति
राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन : प्रधानसेनापति

दिक्तेल (मुढेब्यारेक) । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न सकल दर्जालाई निर्देशन द..

बालिका बलात्कारको मुद्दा मुल्तबीमा
बालिका बलात्कारको मुद्दा मुल्तबीमा

सप्तरी । बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–७ स्थित मामाघर बस्ने १९ वर्षीय सिनबाज शेख भनिने रबानी मियाँविरुद्ध चलिरहेको जबरजस्ती करणीको मुद्दा जिल्ल..