जन्ती नाच्दा नाच्दै यसरी भाँच्चियो पुल, बेहुलासहित १५ जना खसे नालीमा !


नेपाल पाना प्रकाशित: २०७५-१०-२८ गते
जन्ती नाच्दा नाच्दै यसरी भाँच्चियो पुल, बेहुलासहित १५ जना खसे नालीमा !

काठमाडौं । विवाहमा जन्ती खुबै नाच्छन् । बाजागाजासहित बेहुली लिन गएका जन्ती आफूले सक्ने जती जिउ मर्काउँछन् र खुट्टा बजार्छन् । तर शनिबार राती जन्तीको यही नाचले भारतको नोयडास्थित एउटा पुल भाँच्चिदा बेहुलालगायत लगभग १५ जना नालीमा खसेका छन् । जसमा दुई बालक घाइते भएका छन् ।

घटना साढे ९ बजेको हो । बेहुलालगायत १५ जना सानो पुलमाथि नाचिरहेका थिए र यो एक्कासी भाँच्चियो । नालीमाथि बनाइएको उक्त पूलले ओलिभ गार्डेन वेडिङ ब्यान्क्वेटको हलबाट त्यसको बगैंचालाई जोड्छ । प्रत्यक्षदर्शीका अनुसार जन्तीहरु उक्त पूलमाथि करिब १० मिनेटसम्म नाचेका थिए ।

‘बेहुलालगायत १५ व्यक्ति पुल भाँच्चिएपछि नाली खसेको घटनाबारे हामीले  करिब साढे ९ बजेतिर थाहा पायौं । आठ वर्ष मुनीका दुई बालक घाइते भएपछि नजिकैको अस्पताल पुर्याइएको थियो । यसबारे मुद्दा दर्ता गरिएको छैन । दुई पक्षबीच सम्झौता भएको छ,’ मिथिलेस उपाध्याय, स्टेशन आवर अफिसरले जानकारी दिए ।

घटनापछि ब्याङ्क्वेट हलका मालिकले बेहुलाको परिवारलाई तीन लाख भारु क्षतीपूर्ती दिएको छ । त्यसपछि बेहुलाले लुगा फेरेर विवाहको कार्यक्रममा सरिक भए ।

३५ वर्षे बेहुला अमित यादव इन्दिरापुरमका व्यापारी हुन् । यस्तै ३२ वर्षे सोनम दिल्लीकी बासिन्दा हुन् । सोनमका बुवा फूल कुमारले फेब्रुअरी ९ तारिखमा उक्त पार्टी प्यालेस बुक गरेका थिए ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





आईपीएल: राजस्थानविरुद्ध भिड्दै दिल्ली
आईपीएल: राजस्थानविरुद्ध भिड्दै दिल्ली

विराटनगर । भारतमा जारी १२औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल०मा आज दिल्ली क्यापिटल्सले आफ्नो ११औं खेल खेल्दैछ । नेपाली समयअनुसार सोमबार राति ८ः१५ बजेबाट सुरु हुने उक्..

श्रीलंकामा विस्फोट : मारिनेको संख्या २०७ पुग्यो, ४५० जना घाईते 
श्रीलंकामा विस्फोट : मारिनेको संख्या २०७ पुग्यो, ४५० जना घाईते 

कोलोम्बो । चर्च र पर्यटक बस्ने होटलहरुमा आईतबार गराईएको श्रृंखलाबद्ध विस्फोटमा परि मारिनेको संख्या २०७ पुगेको छ । मारिनेमध्ये २७ जना विदेशी नागरिक भएको खुलेको छ । ४५० जना घाईत..

पुन: राजधानी एक होटलमा बम विस्फोट, अनिश्चितकालिन कर्फ्यू
पुन: राजधानी एक होटलमा बम विस्फोट, अनिश्चितकालिन कर्फ्यू

काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा दिउँसो पुन: बम बिस्फोट भएको छ । आज (आइतबार) बिहान ३ वटा चर्च र ३ वटा होटलमा श्रृंखलावद्ध बम बिस्फोट भएसँगै १५६ जनाको ज्यान गएको राजध..

श्रीलंका भएको बम विस्फोटमा परी मर्नेको संख्या १ सय ३८ पुग्यो
श्रीलंका भएको बम विस्फोटमा परी मर्नेको संख्या १ सय ३८ पुग्यो

काठमाडौं । श्रीलंकामा भएको शृङ्खलाबद्ध बम विस्फोटमा परी मर्नेको संख्या १ सय ३८ पुगेको छ । अलजजिरा डटकमका अनुसार कम्तीमा पनि अन्य २ सय ५० जना घाइते भएका छन् । समाचारमा जनाइए..