जवर्जस्ती बोक्सीको आरोप स्वीकार्न बाध्य छु, प्रहरीले कारबाही प्रकृया अघि बढाएन


नेपाल पाना प्रकाशित: २०७५-१०-२८ गते
जवर्जस्ती बोक्सीको आरोप स्वीकार्न बाध्य छु, प्रहरीले कारबाही प्रकृया अघि बढाएन

सिरहा । बोक्सी आरोपमा ४ दिनअघि नरहा गाउँपालिका ३ चन्द्रअयोध्यापुर खोरिया टोलमा निर्घात कुटिएकी महिलालाई जवर्जस्ती बोक्सी स्वीकार्न बाध्य पारिएको पीडितले बताएकी छन् । 

घटनाको पर्सिपल्ट (२६ माघ)मा मिर्चैयास्थित इलाका प्रहरी कार्यालयमा पुगेकी पीडित ५० वर्षीया बौवावती महतो र उनका पतिले पीडकहरुमाथि कारबाही गर्न माग गर्दै निवेदन दर्ता गरेका छन् ।  तर प्रहरीले भने रीत पूर्वकको जाहेरी नपरेकाले कारवाही अघि बढाउन नसकेको दावी गरेको छ । 

मिर्चैयाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले पीडितको तर्फबाट रीतपूर्वक जाहेरी परेमात्रै घटनाको अनुसन्धान अगाडि बढ्नसक्ने बताए । ‘अन्यथा पीडितले अहिले दिएको निवेदन अनुसार छलफल मात्र गराउन सकिन्छ, कानुनी कारबाहीको प्रकृया अगाडि बढाउन सकिंदैन’ उपरीक्षक खनालले भने । 

महिलामाथि अन्याय भयो : वडाध्यक्ष
नरहा गाउँपालिका ३ का वडाध्यक्ष अनिसुल मियाँले समाजमा अझैपनि अन्धविश्वास कायम रहेएको बताए । उनले धामी झाँक्री, भूतप्रेत मान्नेहरुको बाहुल्यता हट्न नसकेको स्वीकार गर्दै गाउँको भिडले एक्ली महिलालाई कुटपीट गर्दै बोक्सी स्वीकार्न दवाव दिनु अन्याय भएको बताए ।

‘धामी, झाँक्री, बोक्सी मान्नेहरु भएपनि कानुनी रुपले कुटपिट गर्न मिल्दैन’ वडाध्यक्ष मियाँले भने । आइतबार खोरिया टोल पुगेका सञ्चारकर्मी तथा अधिकारकर्मीहरुको टोली सदाय बस्तीमा पुगेका बेला वडाध्यक्ष मियाँ पनि पुगेका थिए । वडाध्यक्ष पुगेलगत्तै बस्तीका स्थानीयहरु उर्लिएर महतो बोक्सी नै भएको बताइरहेका थिए । 

महतोको ज्यानमाथि खतरा
बोक्सीको आरोपमा कुटिएपछि महतो परिवारले आफूहरुमाथि असुरक्षा बढेको गुनासो गरेका छन् । करिब ७५ घर सदाय बस्तीका प्रायः सबैजनाले महतोले बोक्सी मन्त्र जानेको र टुनामुना गरी गाउँलेलाई दुःख दिने गरेको दावी गरिरहेका छन् । 

स्थानीय अमिरी सदायकी श्रीमति जीवछीदेवीले आफ्नो १९ वर्षीय जेठा छोरा संजीव ११ माघदेखि काम्ने र बक्ने गर्न थालेको बताइन् । ‘मेरो छोरो लगातार तीन हप्तासम्म काम्दै बौवावतीकै नाम लिन थालेपछि २३ माघमा गोलबजारका मोलवीकहाँ पुर्याएर झारफुक गराएँ’ उनले भनिन् ‘त्यसको भोलिपल्ट पनि काम्न नछोडेपछि गाउँलेहरुसहित उनको घर पुगेर निको बनाउन दवाव मात्रै दिएपछि छोरो ठीक भयो’ उनको दावी थियो ।

संजीवलाई भूतप्रेत लगाएपछि कामेको भन्दै उनकी हजूरआमा ६० वर्षीया झौलीदेवी सदाय, आमा जीवछी, दिदी बहिनीसहित मिलेर लछारपछार गर्दै चौतारामा पुर्याई कुटपिट गरेको पीडितले प्रहरीमा दिएको निवेदनमा उल्लेख छ ।

पीडित महतोका अनुसार घरमा गाईलाई घाँसपानी गरेर बाख्रा सार्न खोज्दै गर्दा दक्षिण पूर्वतिर पर्ने सदाय बस्तीबाट आएको पचासौं जनाको समूहले आफुलाई घरबाट घिसार्दै चौतारोमा लगेर बोक्सी हुँ भन्न दवाव दिएका थिए । 

‘म बोक्सी होइन’ भन्दै हात जोड्दा समेत निर्घात कुटपिट गरे, एक वर्षीय छोरा आयुषलाई नै मारिदिने धम्की दिए’ उनले भनिन् । 



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





फितलो प्रशासनका कारण तनाव ग्रस्त वन्दै पथरी, स्थानीयद्धारा राजमार्ग अवरुद्ध
फितलो प्रशासनका कारण तनाव ग्रस्त वन्दै पथरी, स्थानीयद्धारा राजमार्ग अवरुद्ध

मोरङ । फितलो प्रशासनका कारण पथरी तनाव ग्रस्त वन्दै गएकाे छ । फितलो प्रशासनका कारण मोरङको पथरीशनिश्चरेमा दिनप्रतिदिन हत्या र हिंसा बढेको भन्दै मृतक रिना बस्नेतका आफन्त र स..

आजको मौसम: चट्याङ्ग र हुरीबताससहित सामान्य वर्षा हुने
आजको मौसम: चट्याङ्ग र हुरीबताससहित सामान्य वर्षा हुने

काठमाडौं । देशका बिभिन्न भागमा बुधबारसम्म चट्याङ्ग र हुरीबताससहित सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । देशका पहाडी भू-भागमा दिउँसो र रातिको समयमा..

कांग्रेस नेता केसी भन्छन्; खोक्रा भाषण, गफ र हावादारी सपनाबाट समृद्धि आउँदैन
कांग्रेस नेता केसी भन्छन्; खोक्रा भाषण, गफ र हावादारी सपनाबाट समृद्धि आउँदैन

बुटवल । सरकारले खोक्रा भाषण र प्रचारबाजी मात्रै गरेकाले १३ महिनामा समृद्धिको कुनै संकेत नदेखिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले दावी छ ।  उनले अ..

प्रदेश २ मा दाईजोको रुप विकराल: श्रीमतिमाथि श्रीमानको आतंक !, मट्टितेल छर्केर लगाए आगो 
प्रदेश २ मा दाईजोको रुप विकराल: श्रीमतिमाथि श्रीमानको आतंक !, मट्टितेल छर्केर लगाए आगो 

जनकपुरधाम । श्रीमानले दाईजो नदिएको रिसमा आफ्नै श्रीमतिकाे जीउमा आगो लगाएएका छन् । धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ बडका चिरैया भन्ने टोलमा स्थानीय झरी गोईतका छोरा मुकेश..