रातो कार्पेटमा यसरी चिप्लियो सेना !


नेपालपाना प्रकाशित: २०७५-१०-२९ गते
रातो कार्पेटमा यसरी चिप्लियो सेना !

काठमाडौं । सार्क सम्मेलनमा आएका विदेशी पाहुनालाई विमानस्थलमा रातो कार्पेट ओछ्याउने जिम्मा सेनालाई दिइयो । महालेखा भन्छ, ‘त्यसमा पनि अनियमितता !’

१८औँ सार्क सम्मेलनमा आउने भिआइपीहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातो कार्पेट ओछ्याउने जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो । भिइआइपीका लागि पाँच हजार नौ सय ८८ वर्गफिट मात्र कार्पेट प्रयोग भएको थियो । तर, सेनाले सात हजार २५ वर्गफिट कार्पेट खरिद गरेको विवरण पेस गरेको थियो । यसबाट राज्यलाई ४ लाख व्ययभार परेको थियो । रातो कार्पेटको नाममा अनियमितता भएको विषय महालेखापरीक्षकको प्रतिवेदनमा नै उल्लेख थियो । 

सार्क सम्मेलन तयारी शीर्षकमा सरकारले सेनालाई एकमुष्ट १३ करोड ८६ लाख बजेट दिएको थियो । त्यसक्रममा सेनाको संभाररथी विभागले इचुमति इन्टरनेसनल प्रालिसँग विभिन्न सामान द्रुतमार्गबाट खरिद गर्न सम्झौता गर्‍यो । तर, सप्लायर्स कम्पनीले सार्क सुरक्षाका लागि अनिवार्य भनेकोमध्ये कैयौँ सामान सम्मेलनपछि मात्र उपलब्ध गरायो ।

त्यसमध्ये पनि ५ प्रकारका सामान त्यो वर्ष सेनाले पाउन सकेन । यस्तै निहिल ट्रेडिङ कम्पनीसँग एक करोड ४४ लाखबराबरको उपकरण खरिदको सम्झौता गरेको थियो । तर, ती उपकरण सार्क सम्मेलन सकिएको सात महिनापछि मात्र प्राप्त भएका थिए । यो समाचार नयाँ पत्रिकामा छापिएको छ ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





खानेपानी र ढल निकासको बजेटमा 'ब्रह्मलुट' !
खानेपानी र ढल निकासको बजेटमा 'ब्रह्मलुट' !

काठमाडौं । खानेपानी तथा ढल निकास विभागअन्तर्गत विभिन्न जिल्लास्थित डिभिजन कार्यालयमार्फत विनियोजित बजेटमाथि अनियमितता भएको पाइएको छ । आफ्नो ५६ औँ वार्षिक प्रतिवेदनमा महाल..

भारतको मध्यप्रदेश : जहाँ दाईजोस्वरुप २१ वटा विषालु सर्प दिईन्छ
भारतको मध्यप्रदेश : जहाँ दाईजोस्वरुप २१ वटा विषालु सर्प दिईन्छ

काठमाडौं । विवाहमा दाइजोको रुपमा रुपैयाँ, पैसा, गाडी दिनु आम चलन हो । तर, भारतको मध्यप्रदेश बसिआएका सपेरिया (सर्प नचाउने) समुदायमा अनौठो दाइजो दिन चलन छ । उक्त समुदायले दाइ..

नेपालको पहिलो हवाई दुर्घटना : ‘जहाज रुखमा ठोकिएर चूर भएछ’
नेपालको पहिलो हवाई दुर्घटना : ‘जहाज रुखमा ठोकिएर चूर भएछ’

काठमाडौं । “प्लेन टुक्राटुक्रा भई छरिएको थियो । मरेका गिद्ध छरपस्ट थिए । एउटा रुखमाथि प्लेन ठोक्किएको थियो त्यो रुखमा गिद्ध बस्थे । प्लेन बज्रिदा बडेमानको त्यो रुख भाँच्..

कतारले भन्यो- ''नेपालको पानी किन्न सकिन्छ !'' 
कतारले भन्यो- ''नेपालको पानी किन्न सकिन्छ !'' 

काठमाडौं  । नेपालको खानेपानी आयात गर्न कतारले चासो देखाएसँगै सरकारले खानेपानी प्रशोधन गर्न सकिने स्रोतको खोजी र निर्यातको सम्भावनाबारे अध्ययन थालेको छ । शुक्रबार खानेपानी..