तल्लो अरूण हाइड्रोपावर बनाउन भारतीय प्रस्ताव


उर्जामन्त्री पुनले भने : तरूण तेस्रोको काम हेरेर मात्र परियोजना दिन सक्छाैं
रासस प्रकाशित: २०७५-१०-२९ गते
तल्लो अरूण हाइड्रोपावर बनाउन भारतीय प्रस्ताव

नयाँ दिल्ली । भारत सरकारले प्रस्तावित ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग सोमबार नयाँ दिल्लीमा भएको भेटमा भारतीय विधुत राज्यमन्त्री राजकुमार सिंहले आयोजना कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रोकै ढाँचामा निर्माण गर्न सकिने प्रस्ताव गरेका हुन्।

''तल्लो अरुण भारतीय कम्पनीले अहिले निर्माण गरिरहेको अरुण तेस्रोकै मोडलमा निर्माण गर्न भारतीय पक्षबाट प्रस्ताव गरिएको छ, हामीले अरुण तेस्रोको निर्माण प्रगति हेरेर सोही आधारमा थप छलफल गरौँला भनेका छौ,'' मन्त्री पुनले भने, ''सरकारले अरुण तेस्रोको निर्माण प्रगति हेरेर मात्रै तल्लो अरुण भारतीय पक्षलाई दिनेरनदिने उपयुक्त निर्णय गर्नेछ ।'' सोमबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय दिगो विकास सम्मेलनमा भाग लिन मन्त्री पुन नयाँ दिल्ली आएका हुन्।

ब्राजिलको कम्पनी ‘ब्रास पावर’ले उत्पादन अनुमतिपत्रमा राखिएको सर्तअनुसार काम गर्न नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार ऊर्जा मन्त्रालयले आयोजनाको अनुमतिपत्र खारेज गरेको थियो। ब्रास पावरले आयोजनाको अनुमतिपत्र करीब १५ वर्षसम्म राखेर पनि केही काम गर्न सकेको थिएन।

भेटमा नेपालमा ठूला जलाशय आयोजना निर्माण तथा जलस्रोतको एकीकृत एवम् बहुआयामिक विकास गर्दा भारतलाई प्राप्त हुने फाइदा (तल्लो तटीय लाभ)को मूल्याङ्कन गरी त्यसको मूल्य नेपालले पाउनुपर्ने विषय भारतीय पक्षसँग राखिएको मन्त्री पुनले जानकारी दिए।

आयोजनाको लागत करीब १ खर्ब रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ। भारतमा विद्युत निर्यात गर्ने गरी डिजाइन गरिएमा आयोजनाको क्षमता १ हजार मेगावाटको हाराहारीमा हुने ऊर्जा मन्त्रालयको अनुमान छ। विद्युत विकास विभागले अहिले सो आयोजनाको सम्भाव्यता तथा विस्तृत अध्ययन गरिरहेको छ। भारतले अरुण तेस्रो आयोजनाका राखिएका सम्पूर्ण सर्त राखी तल्लो अरुण बनाउने प्रस्ताव गरेको हो।

सरकारले विश्वव्यापी प्रतिस्पर्धाका आधारमा सतलज विद्युत निगमलाई सो आयोजनाको जिम्मा दिएको थियो। आयोजना निर्माणका लागि सतलजको पूर्ण स्वामित्वमा ‘अरुण प्रोजेक्ट डेभलपमेन्ट कम्पनी’ स्थापना गरिएको छ। आयोजनाबाट नेपालले २१.९ प्रतिशत (१९७.१ मेगावाट) विद्युत निःशुल्क पाउनेछ भने बाँकी विद्युत भारत निर्यात हुनेछ।

लगानी बोर्ड र भारतीय कम्पनीबीच भएको आयोजना विकास सम्झौता (पिडिए) अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा निर्माण हुने आयोजनाले व्यापारिक रूपमा विद्युत उत्पादन गरेको २५ वर्षपछि चालू हालतमा निःशुल्क सरकारले पाउनेछ। आयोजनाको निर्माणअवधि ५ वर्ष कायम गरिएको छ।

तल्लो अरुण पनि यही ढाँचामा बनाउने भारत सरकारको प्रस्ताव छ। ऊर्जा मन्त्रालयले १८ महिनाभित्र विस्तृत इञ्जिनियरिङ, वित्तीय व्यवस्थापन, विद्युत खरिदबिक्री सम्झौता (पिपिए) र वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न गरी भौतिकरूपमा निर्माण सुरु गर्ने सर्त राखी ब्रास पावरलाई २०६९ मङ्सिर १ मा ३० वर्षका लागि तल्लो अरुणको उत्पादन लाइसेन्स दिएको थियो। अख्तियारले सो कम्पनीले लाइसेन्स राखिएका सर्त पूरा गर्न नसकेको भनेर आयोजनाको अनुमतिपत्र खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो।

आयोगले भारतीय कम्पनी सतलज जलविद्युत कम्पनीले निर्माण गर्न लागेको अरुण तेस्रोको 'टेलरेस'को पानी सिधै प्रयोग गरी तल्लो अरुणको विद्युत उत्पादन गर्न सकिने भएकाले आयोजना आकर्षक मानिएको छ। तल्लो अरुण, अरुण तेस्रो आयोजनाको विद्युत गृहभन्दा तल पर्छ। अरुण तेस्रोको 'टेलरेस'को तह तल्लो अरुणको बाँध स्थलभन्दा माथि पर्छ।

अरुण तेस्रो आयोजना अत्याधिक विद्युतको माग हुने सुख्खा मौसममा पनि दैनिक ५/६ घण्टा पानी जम्मा गरेर विद्युत उत्पादन गर्नसक्ने अर्धजलाशययुक्त आयोजना हो।

सरकारले अरुण तेस्रो आयोजनाको क्षमतालाई ४०२ मेगावाटबाट बढाएर ९०० मेगावाट बनाउन स्वीकृति दिएपछि तल्लो अरुण समस्यामा परेको थियो। अरुण तेस्रोको क्षमता बढेकाले तल्लो अरुणको क्षमता पनि ६५० मेगावाट बनाउन प्रस्ताव गरिएको थियो। ऊर्जा मन्त्रालयले क्षमता बढाउन अस्वीकार गरेको थियो।

सङ्खुवासभा र भोजपुरमा पर्ने आयोजनाको करीब १५ किलोमिटर मुख्य सुरुङ निर्माण गर्नुपर्ने छ। सप्तकोशी उच्च बाँध बनेमा आयोजनाको विद्युत गृह डुबानमा पर्ने अध्ययनले देखाएको बताइन्छ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





भारतबाट काठमाडौं आउँदैै गरेको बसमा बिस्फोटक पदार्थ भेटिएपछि...
भारतबाट काठमाडौं आउँदैै गरेको बसमा बिस्फोटक पदार्थ भेटिएपछि...

काठमाडौं । भारतबाट काठमाडौं आउँदैै  बसमा बिस्फोट पदार्थ फेला परेको भएको छ ।  सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रबार राति करिब १२ः४५ बजेतिर ना५ख..

राम्रीभिरबाट प्रतिबन्धित नेकपाका दुई केन्द्रीय सदस्य पक्राउ
राम्रीभिरबाट प्रतिबन्धित नेकपाका दुई केन्द्रीय सदस्य पक्राउ

घोराही । प्रहरीले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यदवय चुडामणि वली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’लाई दाङको रार्म्रीभीरबाट पक्रा..

गिर्जाघरको छाना खस्यो, १३ जना ठहरै, १६ जनाको अवस्था गम्भिर
गिर्जाघरको छाना खस्यो, १३ जना ठहरै, १६ जनाको अवस्था गम्भिर

अफ्रिका । गिर्जाघरको छाना खस्दा १३ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकाको डर्बानमा गिर्जाघर (चर्च) को छाना खस्दा त्यहाँ भेला भएका श्रद्धालुमध्ये १३ जनाको मृत्यु भएको छ ।&..

फेवातालमा बोटिङ्ग गरिरहेका तीन जना एक्कासी अलपत्र परेपछि...
फेवातालमा बोटिङ्ग गरिरहेका तीन जना एक्कासी अलपत्र परेपछि...

कास्की । फेलातालमा अलपत्र परेका ३ जनाको सशस्त्र प्रहरीले  सकुशल उद्धार गरेको छ । पोखराको लेकसाईडस्थित फेवातालमा बोटिङ्ग गरिरहेका तीन जना एक्कासी आएको हावाहुरीको कारण अलपत..