एकै व्यक्तिले धेरैसँग यौन सम्पर्क गर्दा के हुन्छ ? थाहा पाई राखैं


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते 01:18:01 PM
एकै व्यक्तिले धेरैसँग यौन सम्पर्क गर्दा के हुन्छ ? थाहा पाई राखैं

काठमाडौं । पछिल्लो समय यौनजीवनका बारेमा थुप्रै अध्ययन र अनुसन्धान भएका छन् । भर्खरै मात्र एउटा अनुसन्धान भएको छ, जो सबै मानवका लागि महत्वपूर्ण छ ।

विट्रिस सोधकर्ताले गरेको अध्ययनमा एकै व्यक्तिले धेरै मानिससँग यौन सम्पर्क गर्दा हुने फाइदा र बेफाइदा तथा फरकबारे प्रतिवेदन तयार पारेको छ ।

उक्त प्रतिवेदनमा धेरै व्यक्तिसँग शारीरिक सम्पर्क राख्दा विभिन्न रोग लाग्ने कुरा र त्यसबाट बच्ने उपायबारेमा जानकारी दिएको छ । उसो त सुरक्षित तरिकाबाट जतिसँग शारीरिक सम्पर्क राखेपनि कुनै फरक नपर्ने प्रतिवेदनमा उल्लेख छ ।

भगक्षेत्र : पुरुषको तुलनामा महिलाको यौनअङ्ग बाहिरबाट हेर्दा त्यति स्पष्ट देखिँदैन । झट्ट हेर्दा छालाको दुई पत्र एक–अर्कामा टाँसिएको जस्तो मात्र देखिन्छ । यसैलाई हामी समग्रमा भग भन्छौं । यही भगको माथिपट्टि बोसोयुक्त तन्तुले बनेको केही उठेको भागलाई (mons pubis) भनिन्छ । भग क्षेत्रमा भएका छालाको पत्रलाई फर्कायौं भने भित्रतिर ठूलो र सानो भगोष्ठ, भगाङ्कुर तथा योनिद्वार जस्ता विभिन्न अङ्ग देख्न सकिन्छ ।

भगोष्ठ : यो भगक्षेत्रको सबैभन्दा बाहिरी भाग हो । यसको दायाँ र बायाँतर्फ बोसोयुक्त तन्तुले बनेका दुई पत्र हुन्छन् । हामीले यी ठूला भगोष्ठलाई बाहिर फर्कायौं भने दुवैतिर एक-एक साना भगोष्ठ देख्न सक्छौं । यही साना भगोष्ठले भित्री भगक्षेत्रलाई छोपेर राखेको हुन्छ । यी ठूला तथा साना भगोष्ठको छेउ माथि र तलतिर एक–अर्कासँग जोडिएको हुन्छ । यी भगोष्ठको आकृति र नाप व्यक्तिअनुसार फरक हुन्छ ।

भंगाकुर : यो महिला शरीरमा भएको महत्वपूर्ण यौनअङ्ग हो । यो भगक्षेत्रको माथिल्लो भागतिर हुन्छ जहाँ भगोष्ठ दुवैतिरबाट एक/आपसमा जोडिन्छन् । यसको काम भनेकै महिलालाई यौन सुख दिनु हो । भगाङ्कुरको टुप्पोलाई अंग्रेजीमा नबिलक भनिन्छ । व्यक्तिअनुसार यसको आकार फरक भए पनि सामान्यतस् यो केराउको दानाजत्रो हुन्छ । यसको कजबात शरीरसँग जोडिएको हुन्छ । भगाङ्कुर लामो-छोटो हुनुमा कजबात को विशेष भूमिका हुन्छ । निकै सानो भए पनि यो पुरुषको लिङ्गजस्तै उत्तेजित हुन्छ ।

योनि : भगक्षेत्रमा दुईवटा द्वार हुन्छन् । त्यसमध्ये पिसाब आउने द्वारलाई मूत्रद्वार भनिन्छ भने त्यसको ठीक तल रहेको अर्को द्वारलाई योनिद्वार भनिन्छ । योनिद्वार भगक्षेत्रको बीचतिर हुन्छ । यो मांसपेशीले बनेको एकदमै लचिलो यस्तै ३-४ इन्च लामो मार्ग हो । सामान्य अवस्थामा यसका भित्ताहरू एक–अर्कासँग टाँसिएको अवस्थामा हुन्छ, तैपनि योनिको लम्बाइ र चौडाइ व्यक्तिपिच्छे फरक–फरक हुन्छ । योनिद्वारको गोलाइ पनि फरक-फरक हुन्छ । योनिद्वार नजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ जसलाई योनिच्छद भनिन्छ ।

योनिको आकृतिको विविधतालाई अनुसन्धानकर्ताहरूले समानान्तर, सोली, पान, चिप्लेकिरा तथा फर्सीको बियाँजस्ता विभिन्न आकारको हुने कुरा बताएका छन् । यौन उत्तेजनाका बेला योनिको भित्तावाट विशेष रस निस्कन्छ, जसले योनिलाई चिप्लो बनाई यौनसम्पर्क गर्दा लिङ्गलाई भित्र-बाहिर गर्न सजिलो बनाउँछ । लचिलो हुने भएकाले यसको आकृति यौनसम्पर्कका बेला आवश्यकताअनुसार ठूलो वा सानो हुन्छ ।

योनिच्छद : योनिद्वारको ठीक भित्रपट्टि हुने गुजमुज्ज परेको पातलो छालाको पत्र वा झिल्लीलाई योनिच्छद भनिन्छ । यौनसम्पर्कका बेला झिल्लीको आफ्नै कुनै निश्चित भूमिका हुँदैन, तर यसले महिनावारी हुँदा निस्कने रगतका लागि बाटो बनाइदिन्छ । धेरैजसो महिलामा यो झिल्ली योनिद्वारको भित्तावाट अलिकति मात्र बाहिर निस्किएको हुन्छ, अर्थात् यसले योनिद्वारलाई पूरै ढाकेको हुँदैन । यस्तै १० हजार महिलामध्ये एक जना यो झिल्ली नभएकै अवस्थामा जन्मन्छन् ।

योनिच्छदको आकार, बनावट तथा मोटाई व्यक्तिअनुसार फरक-फरक हुन्छ । योनिद्वारको वरिपरी घेरा हालेजस्तो भए त्यसलाई (annular) योनिच्छद भनिन्छ भने झिल्लीको विचमा पट्टीजस्तो भए त्यसलाई septate योनिच्छद भनिन्छ । कुनै योनिच्छद चाल्नीजस्तै प्वालैप्वाल परेका पनि हुन्छन् जसलाई (cribriform) योनिच्छद भनिन्छ । शिशु जन्माइसकेका महिलाहरूमा भने यसको केही अंशमा घेरा भएको पाइन्छ,  । विरलै स्थितिमा योनिच्छदमा प्वाल नै नहुन सक्छ, यस्तो स्थितिमा सजिलै उपचार गर्न सकिन्छ ।

स्तन : व्यक्तिअनुसार स्तनको आकार तथा नापमा धेरै भिन्नता पाइन्छ । कुनै साना हुन्छन् भने कुनै ठूला, त्यसैगरी स्तनको आकृति पनि कुनै गोलाकार, कुनै अलि चुच्चो परेको हुन्छ भने कुनै झोल्लिएको सम्म हुन्छ । गर्भावस्था र स्तनपान गराइरहेको अवस्थामा स्तन केही ठूलो हुन्छ । स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ । स्तनको आकृति तथा नाप अनुसार थुनचोली बन्ने गरेका छन् । स्तन तथा थुन चोलीका आकारलाई आधार मान्ने हो भने (A, B, C, D वा DD) (Double D वा E) आकारका (cup size)  भएका भनेर वर्गीकरण गरिएको पाइन्छ ।

अन्तमा, तपाईंले धेरै जनासँग वा एकै व्यक्तिसँग धेरै यौनसम्पर्क राखेको कुरा योनिच्छद, योनि वा स्तनबाट पत्ता लाग्छ भन्ने कुरा सोच्नुभएको हो भने त्यो पूर्णतस् गलत हो । सुरक्षित तरिकाबाट शारीरिक सम्पर्क राख्दा कुनै पनि रोग लाग्दैन् ।

तर, सावधानी नअपनाइए भयानक यौनरोग र निको नहुने एचआईभी, एड्स समेत लाग्न सक्ने बताइएको छ । त्यसबाट बच्न परिवार नियोजनका साधनहरु प्रयोग गर्ने, पार्टनरसँग पूर्ण विश्वासमा सम्पर्क राख्नुपर्ने कुरा प्रतिवेदनमा उल्लेख छ ।



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले मिडिया सामू गरे यस्तो घोषणा, ओली प्रचण्डलाई भयो खपी नसक्नु





उच्च हिमाली जिल्लामा फेरि हिमपात
उच्च हिमाली जिल्लामा फेरि हिमपात

हुम्ला । हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात शुरू भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरू भएको हुम्लामा पुस महीनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजी..

राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन : प्रधानसेनापति
राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन : प्रधानसेनापति

दिक्तेल (मुढेब्यारेक) । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न सकल दर्जालाई निर्देशन द..

बालिका बलात्कारको मुद्दा मुल्तबीमा
बालिका बलात्कारको मुद्दा मुल्तबीमा

सप्तरी । बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–७ स्थित मामाघर बस्ने १९ वर्षीय सिनबाज शेख भनिने रबानी मियाँविरुद्ध चलिरहेको जबरजस्ती करणीको मुद्दा जिल्ल..

विष खुवाएर नातिनी मारेको आरोपमा हजुरबुवा र हजुरआमा पक्राउ
विष खुवाएर नातिनी मारेको आरोपमा हजुरबुवा र हजुरआमा पक्राउ

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०, टोटीकी ७ वर्षीया बालिका रीतु डगौरालाई विष खुवाएर मारेको आरोपमा मृतकका हजुरबुवा र हजुरआमालाई इलाका प्रहरी कार्यालय झलारीले..