विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटकको संख्या हालसम्मकै धेरै


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते 01:47:33 PM
विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटकको संख्या हालसम्मकै धेरै

लमजुङ । सन् २०१८ मा विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटकको संख्याले नयाँ कीर्तिमान कायम गरेको छ ।

सन् २०१८ मा अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले पर्यटक आगमन बढेको तथ्यांकले देखाएको छ । सन् २०१८ मा २९ हजार ४ सय ८० पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङले जनाएको छ । यो संख्या पर्यटकको तथ्यांक राख्न थालिएको २२ वर्षको अवधिमा सबैभन्दा धेरै हो ।

सन् २०१७ मा २७ हजार ६८ पर्यटकले अन्नपूर्ण पदमार्गको भ्रमण गरेका थिए । एक्याप मनाङका अनुसार सन् २०१६ मा २२ हजार १ सय ८ र सन् २०१५ मा १३ हजार ६ सय १५ पर्यटक आएका थिए । सन् २०१६ मा भन्दा २०१७ मा २२ दशमलव ४७ प्रतिशतले पर्यटक वृद्धि भएको थियो ।

भारतीय नाकाबन्दी र भूकम्पका कारण सन् २०१५ मा भने सन् २०१४ को तुलनामा ३४ प्रतिशत पर्यटक आगमन घटेको थियो । सशस्त्र द्वन्द्वका समय ३० प्रतिशतसम्म पर्यटक आगमन घटेको थियो । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले मिडिया सामू गरे यस्तो घोषणा, ओली प्रचण्डलाई भयो खपी नसक्नु





प्रचण्डकी छोरी रेणु दाहालको यस्तो हर्कत, भरतपुरकी उपप्रमुखलाई आयो ज्यान मार्ने धम्की !
प्रचण्डकी छोरी रेणु दाहालको यस्तो हर्कत, भरतपुरकी उपप्रमुखलाई आयो ज्यान मार्ने धम्की !

चितवन । सत्ताधारी (ने.क.पा.) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहालको मनमाैजीबिरूद्ध लडिरहेकी भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहमाथि ज्यान मार्ने धम्की दिइए..

चिनियाँ नक्कली बसले नेपाललाई सास्ती, सरकारले दर्ता नै गरेन
चिनियाँ नक्कली बसले नेपाललाई सास्ती, सरकारले दर्ता नै गरेन

काठमाडौँ । चीनको बिवाइडी अटो इन्डन्स्ट्रिज कम्पनीबाट ल्याएको पाँचवटा बस सञ्चालनमा ल्याउन सरकार असमर्थ भएको छ । ती बसमा आएको प्राविधिक कमजोरी देखाउँदै सरकारले सञ्चालन गर्न नसके..

महिला विश्वकप क्रिकेट छनोट : थाइल्याण्डले टस जितेपछि नेपालले बलिङ गर्दै
महिला विश्वकप क्रिकेट छनोट : थाइल्याण्डले टस जितेपछि नेपालले बलिङ गर्दै

काठमाडौं । थाइल्याण्डमा जारी ‘आईसीसी’ महिला विश्वकप क्रिकेटको छनोट खेलमा नेपालले अहिले घरेलु टोलीसँग प्रतिष्पर्धा गर्दैछ ।  टस जितेको थाइल्याण्डले पहि..

एकता टिकाउन धौ-धौ परेपछि आजपनि सत्ताधारी (ने.क.पा.) को बैठक  बस्दै
एकता टिकाउन धौ-धौ परेपछि आजपनि सत्ताधारी (ने.क.पा.) को बैठक बस्दै

काठमाडौं । साविकका माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकतापश्चात गठन भएकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भागबण्डाका कारण विवाद चुलिएपछि सचिवालय बैठक आज बस्..