भारतमा नरकिय जीवन बिताइरहेकी ५ नेपाली महिलाको उद्धार


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते 03:22:00 PM
भारतमा नरकिय जीवन बिताइरहेकी ५ नेपाली महिलाको उद्धार

काठमाडौँ । भारतमा बेचिएका ५ जना नेपाली महिलाको उद्धार गरिएको छ । 

भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिएका पाँच जना नेपाली महिलाको समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा उद्धार गरिएको हो । महिलालाई उद्धार पछि डि.एन.ए.परीक्षण गराई परिवारलाई बुझाइएको छ । 

भारतमा दलाल र नक्कली बाबुआमा बनी उद्धार गरिएका पीडितहरुलाई पूनः बेच्ने गरेको पाइएपछि समाजसेवी बालकृष्ण पाण्डेको पहलमा भारतको विशेष अदालत र जिल्ला अदालतको निर्देशन बमोजिम उनीहरु र परिवारको डि.एन.ए. परिक्षण गरी बेचिएका महिलाको उद्धार गरिएको हो ।

५ चेलीहरुमध्ये ३ जना चेलीहरुलाई प्रहरी प्रधान कार्यालयका ए.आई.जी. पुस्कर कार्की, एस.एस.पी. ईश्वर बाबु कार्की, एस.पी. कृष्ण हरि शर्माको समन्वयमा अपराध अनुसन्धान विभाग केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रमुख राकेश कुमार सिंहको नेतृत्वमा डि।एस।पी। रविन भण्डारीको टिमले सात दिनभित्रमै परिवारजन र पीडितको डि.एन.ए. रिपोर्ट तयार पारेको थियो ।

नेपालमा भारतबाट उद्धार गरी ल्याईएका पीडित महिला चेलीहरुलाई आवश्यक कागजातहरुका साथै डि।एन।ए। परीक्षण गरी हस्तान्तरण गरिएको यो प्रथम पटक हो ।

अन्ततः १७ महिनाको नरकिय जीवन र १२ महिना भारत सरकारको संरक्षणमा रहेका चेलीहरुलाई सम्पूर्ण प्रक्रिया पूरा गरी आज परिवारजनलाई हस्तान्तरण गर्न सफल भएको हो । पिडित महिलाको उद्धारको लागि नेपाल दूताबास, नेपाल प्रहरी, माइती ईण्डियाको टिम सहकार्य गरेको थियो ।



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले मिडिया सामू गरे यस्तो घोषणा, ओली प्रचण्डलाई भयो खपी नसक्नु





देशभरि आगजनी घटनाका कारण प्रहरीले बजायो हाइअर्लटको साइरन, शङ्कास्पद जना १६ पक्राउ
देशभरि आगजनी घटनाका कारण प्रहरीले बजायो हाइअर्लटको साइरन, शङ्कास्पद जना १६ पक्राउ

काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुस..

कम्युनिष्ट नेताहरूलार्इ काँग्रेस नेता गच्छदारको सुझाव, 'वार्ता गोलीले होइन बोलीले मिलाउ'
कम्युनिष्ट नेताहरूलार्इ काँग्रेस नेता गच्छदारको सुझाव, 'वार्ता गोलीले होइन बोलीले मिलाउ'

काठमाडाैँ । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले मुलुकमा हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग सरकारले अविलम्ब वार्ता गर्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा..

‘बम विस्फोटबाट घाइते भएका सबैको उपचार सरकारले गर्छ’
‘बम विस्फोटबाट घाइते भएका सबैको उपचार सरकारले गर्छ’

काठमाडौं । बम विस्फोटबाट घाइते भएका सबैको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । बम विस्फोटबाट घाइते भएका व्यक्तिको उपचार भइरहेको..

नख्खुको बम विस्फोटले लियो नयाँ मोड, आफन्तले यस्तो माग राख्दा कम्युनिष्ट सरकार पर्यो समस्यामा
नख्खुको बम विस्फोटले लियो नयाँ मोड, आफन्तले यस्तो माग राख्दा कम्युनिष्ट सरकार पर्यो समस्यामा

काठमाडौँ । ललितपुरको भैंसेपाटीस्थित नख्खुमा रहेको एनसेल कार्यालयको गेट अगाडि भएको बम विस्फोटले नयाँ मोड लिएको छ। उक्त विस्फोटमा परी घाइते भएका सिंह प्रताप गुरुङको मृत्यु..