राष्ट्रिय प्रहरी प्रतिष्ठान फराकिलो ठाउँमा स्थानान्तरण गर्ने तयारी


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते
राष्ट्रिय प्रहरी प्रतिष्ठान फराकिलो ठाउँमा स्थानान्तरण गर्ने तयारी

काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जको ठाउँ साँघुरो भएकाले फराकिलो स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

आज प्रहरी निरीक्षक आधारभूत तालिमको १७८ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै भने,“धेरै वर्ष अगाडिदेखि यो ठाउँ साँघुरो भयो भन्ने वास्तविक आभास थियो, यहाँबाट पनौती लाने भनेर जमीन खरीद गरिएको र दशौँ वर्षअघि भारतलेसमेत एकेडेमी बनाउने भनेको थियो, अहिले यसमा कतिपय हल्ला गर्न रुचाउने सेलेब्रेटी स्वभावले अनुचित खालका टिप्पणी गरे ।”

“कतिपयले सम्माननीय राष्ट्रपतिज्यूले यहाँबाट लखेट्न खोज्या हो कि जस्तो गरेर प्रचार गरी असभ्यता देखाए, पूर्वप्रहरी अधिकृतले आफ्नो समयमा त्यही कुरा गर्ने अनि अहिले आएर विरुद्धमा वक्तव्यबाजी र टिप्पणी गरेको पनि सुनियो, जनताको पक्षमा काम गर्न सरकार दृढ छ”, प्रधानमन्त्रीले थपे ।

प्रहरी स्रोतका अनुसार प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा स्थानान्तरण गर्न २(३ चरणमा गरी ८२२ रोपनी जग्गा लिइसकिएको छ । अर्को प्रसङ्गमा उनले विभिन्न बहानामा अपराधको राजनीतीकरण भएको उल्लेख गर्दै बम पड्काउने, मान्छे मार्ने, अपराध गर्ने र जनताको नाममा लुटपाट मच्चाउने प्रयास गर्ने र आतङ्ककारी क्रियाकलापमा राजनीतिको खोल बनाउनेहरु उम्किन नसक्ने चेतावनी दिए ।

देशको समृद्धि र सुशासनका लागि प्रहरीको महत्वपूर्ण भूमिका हुने बताउँदै प्रधानमन्त्री ओलीले दीक्षित प्रहरी निरीक्षकलाई अनुशासनमा बस्न र मातहतकालाई अनुशासनमा राख्न आग्रह गरे ।

सानालाई दलाउने र माथिकाको दलाली गर्ने काम बन्द गर्न सुझाव दिए । प्रहरी दलालीका लागि होइन स्वाभिमानपूर्ण कर्तव्य परायण देखाएर सेवा गर्नका लागि हो भन्दै उनले बढुवा हुनका लागि कसैलाई रिझाउनु र कसैकामा धाउनु नपर्ने बताए ।

“प्रहरी सङ्गठनका जिम्मेवार अधिकारीलाई म भन्न चाहन्छु, कार्यसम्पादनका मूल्याङ्कन वा बढुवाका लागि न्यायोचित प्रणाली स्थापना गर्नुहोस, कुनै पनि तरिकाको पक्षपात, भेदभाव, कोसेली, चाकडीको पक्षमा सरकार छैन ।” समारोहमा गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षा कायम गर्ने गहन जिम्मेवारी प्रहरीमा छ भन्दै पेशागत निष्ठा र सेवाग्राहीले अनुभव गर्ने गरी काम गर्न प्रहरीलाई निर्देशन दिए ।

उनले नेपाल प्रहरी अपराध अनुसन्धानमा अब्बल रहेको र ९० प्रतिशत बढी प्रतिवादीलाई कानूनी कठघरामा उभ्याइनुुुु सङ्गठनको व्यावसायिकताकै सूचक भएको उल्लेख गरे ।

गृहमन्त्री थापाले व्यक्तिगत त्रुटि र लापर्वाहीले सङ्गठनप्रतिको नागरिकको भरोसा घट्ने बताउँदै त्यसमा सतर्कता अपनाउन निर्देशन दिए । हिलो पानीमा माछा मार्ने प्रवृत्ति अझै जारी रहेको र राष्ट्र र संविधान विरोधी गतिविधि प्रदर्शन भइरहेको छ भन्दै देशलाई विखण्डनतर्फ लैजाने समूहका गतिविधिमा चनाखो बन्न प्रहरीलाई आग्रह गरे ।

गलत मनशायले निर्दोषलाई अपराधी घोषित गर्ने प्रवृत्तिबाट पनि सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए । “असमर्थन गर्न पाइन्छ तर अराजक बन्न पाइँदैन, सबै सम्भावना र शक्ति विरोधमा मात्रै खर्च गर्ने हो भने समृद्ध र समुन्नत नेपाल बनाउने कसरी, यो सोचनीय विषय होइन र ?” गृहमन्त्री थापाले भने ।

उनले नेपाल प्रहरी सुधारको बाटामा अगाडि बढेको बताउँदै सुरक्षा सरकारको प्राथमिकता र दिगो विकासका लागि अनिवार्य शर्त भएको उल्लेख गरे । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दीक्षित प्रहरी कर्मचारीलाई सिकेका सीपलाई कार्यक्षेत्रमा कर्तव्यनिष्ठ भएर प्रयोग गर्न आग्रह गरे ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





घाती श्रीमान्, जस्को कुटाइ श्रीमतीको मृत्यु
घाती श्रीमान्, जस्को कुटाइ श्रीमतीको मृत्यु

पर्सा । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी विर्ता निवासी पन्नालाल दासको कुटाइबाट आज उनकी ३२ वर्षीय श्रीमती अञ्जु देवीको मृत्यु भएको छ ।     पारिवारिक विषयलाई ल..

विभिन्न बहानामा भारत लैजाँदै गरिएका २८ बालकको उद्धार
विभिन्न बहानामा भारत लैजाँदै गरिएका २८ बालकको उद्धार

महोत्तरी । भारत प्रवेश गराई रोजगारीका लागि चेन्नई लैजाँदै गरिएका २८ बालकको उद्धार गरिएको छ । महोत्तरी, धनुषा, सिरहा र सर्लाहीका २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिले भार..

रिनाको शव निर्वस्त्र अवस्थामा फेला, बलात्कारपछि हत्या भएको अनुमान
रिनाको शव निर्वस्त्र अवस्थामा फेला, बलात्कारपछि हत्या भएको अनुमान

मोरङ । पथरीशनिश्चरेमा २८ वर्षकी रिना बस्नेत मृत फेला परेकी छन् । बस्नेतको शव उनी बस्ने डेरा अघि फेला परेको मोरङ प्रहरीले जनाएको छ। १४ वर्षका छोरासँगै बस्दै आएकी उनी शुक्रबा..

विनोद चौधरीको शाश्वतधाम घुम्न निस्किए प्रधानमन्त्री ओली 
विनोद चौधरीको शाश्वतधाम घुम्न निस्किए प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुटवल र पूर्वी नवलपरासीको कावासोतीका विभिन्न कार्यक्रम र घुमघामका लागि आज त्यसतर्फ जाँदैछन् ।  ओलीले आज बिहान ११ बजेतिर बुटवल उ..