संसदमै ओलीमाथि जनार्दन शर्माले लगाए संघीयता विरोधी आरोप, नेकपामा खैलाबैला!  


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते 11:55:40 PM
संसदमै ओलीमाथि जनार्दन शर्माले लगाए संघीयता विरोधी आरोप, नेकपामा खैलाबैला!  

काठमाडौं । नेकपाका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अप्रत्यक्ष रुपमा संघीयता विरोधी भएको आरोप लगाएका छन्। उनले ओली नेतृत्वको सरकराले ल्याएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय) विधेयक संघीयता विरोधी रहेको बताए।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय) विधेयक २०७५ माथिको सैद्धान्तिक छलफलमा सहभागी हुदै पूर्वगृहमन्त्री शर्माले विधेयक पुर्ण रुपमा संविधानको मर्म विपरित र संघीयता विरोधी भएको ठोकुवा गरेका हुन्।

संविधानको धारा २ सय ३२ को उपधारा १ मा उल्लेख गरेको संघ, प्रदेश र स्थानीय तहको सम्बन्ध सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्त हुनेछ भन्ने प्रष्ट लेखिएको उल्लेख गर्दे उनले विधेयक सो व्यवस्था विपरित आउनु दुर्भाग्यपुर्ण भएको टिप्पणी गरे।

उनले यही अवस्थामा विधेयकलाई अघि बढाईएमा संघ र प्रदेश बीच थप द्धन्द्ध श्रृजना हुने र मुलुक विकास र समृद्धिको बाटोमा नभई झगडामा अल्झिने दाबी उनले गरे। संविधानको भाग ५ मा धारा ५६ को उपधारा ६ मा संघ, प्रदेश र स्थानीय तहको शक्ति पृथकीकरणको सिद्धान्त अनुसार गरिएको व्यवस्था विपरित विधेयक ल्याईएको उनको तर्क थियो।



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले मिडिया सामू गरे यस्तो घोषणा, ओली प्रचण्डलाई भयो खपी नसक्नु





समाजकल्याण परिषद्का  उपाध्यक्षसहित पाँच जना भए पदमुक्त, लाग्याे यस्ताे गम्भीर अाराेप
समाजकल्याण परिषद्का उपाध्यक्षसहित पाँच जना भए पदमुक्त, लाग्याे यस्ताे गम्भीर अाराेप

काठमाडौँ । सरकारले समाजकल्याण परिषद्का पदाधिकारीलाई पदमुक्त गरेको छ । परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्य इन्द्रबहादुर झा, गोकर्णप्रसाद भट..

क्रान्तिकारी भट्टराईले सामन्ती खसको पोशाक लगाएपछि...
क्रान्तिकारी भट्टराईले सामन्ती खसको पोशाक लगाएपछि...

काठमाडाैं । खस पोशाकमा सामन्तको गन्ध आउने बताएका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले रूकुमको चाैरजहारीबाट जाजरकोट जाँदै गर्दा सोही पोशाक लगाएपछि इन्टरनेट सञ्जालमा चर्चा..

नेपाली कांग्रेसको बैठक बस्दै, महाधिवेशन प्रतिनीधि विवाद टुंग्याइँदै
नेपाली कांग्रेसको बैठक बस्दै, महाधिवेशन प्रतिनीधि विवाद टुंग्याइँदै

काठमाडौं । महाधिवेशन प्रतिनीधिसम्बन्धी विवाद टुंग्याउन नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहिबार दिउँसो १ बजे बस्दैछ । कांग्रेस केन्द्रीय कार्यालय सानेप..

भरतपुरकी उपमेयर शाहलाई ज्यान मार्ने धम्की दिएपछि कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ति !
भरतपुरकी उपमेयर शाहलाई ज्यान मार्ने धम्की दिएपछि कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ति !

भरतपुर। भरतपुर महानगरपालिकाकी उपप्रमुख तथा नेपाली काङ्ग्रेसकी नेतृ पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की आएपछि नेपाली काङ्ग्रेस चितवनले आपत्ति जनाएको छ । चितवन..