राजधानीमै नेकपा निकटका विद्यार्थी र प्रहरीबीच झडप, अधिकांसकाे फुट्याे टाउँकाे


नेपाल पाना प्रकाशित: २०७५-११-२ गते 03:45:56 PM
राजधानीमै नेकपा निकटका विद्यार्थी र प्रहरीबीच झडप, अधिकांसकाे फुट्याे टाउँकाे

काठमाडौँ । सत्तरूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन र प्रहरीबीच झपड भएको छ । 

अनेरास्ववियु तथा अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थी नेता कालीमाटीस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सङ्गठन विस्तार गर्ने क्रममा प्रहरीसँग बिहीबार बिहान झडप भएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए।

झडपमा क्रान्तिकारीका सचिव डिवी साउद, अनेरास्ववियुका सचिवालय सदस्य नारायण घर्तीलगायत पाँच घाइते हुनुभएको उनले बताए। अन्य घाइते हुनेमा केन्द्रीय निर्वाचन आयोगका सदस्य सञ्जय दुवाडी, सम्पर्क विभाग सचिव सागर भट्ट, काठमाडाैँ भूगोल जिल्ला कमिटी उपाध्यक्ष राजकुमार ढकाल रहेका छन् । 

अनेरास्ववियुका सचिवालय सदस्य घर्तीले आफू सरकारद्वारा सञ्चालित क्याम्पसमा सङ्गठन विस्तार गर्न जाँदा प्रतिष्ठान प्रशासनले प्रहरी बोलाएर कुटपिट गरेको बताए। घाइतेमध्ये क्रान्तिकारीका सचिव साउदको बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ । 

साउदलाई टाउकोमा पाँच टाँका लगाइएको सचिवालय सदस्य घर्तीले जानकारी दिए । प्रतिष्ठानका कार्यकारी निर्देशक दुर्गादत्त ढकालले प्रतिष्ठानमा अहिलेसम्म कुनै विद्यार्थी सङ्गठनको सङ्गठन नभएकाले जबरजस्ती सङ्गठन खोल्ने क्रममा प्रहरीसँग विद्यार्थी नेताको झडप भएको बताउनुभयो । 

“हाम्रो प्रतिष्ठानमा कुनै विद्यार्थी सङ्गठनको सङ्गठन छैन । बाहिरबाट आएर अनेरास्ववियु र अनेरास्ववियु ९क्रान्तिकारी०ले बलजफ्ती सङ्गठन खोल्न थालेका थिए”, उनले भने, “प्रतिष्ठानमा अध्ययन गरिरहेका विद्यार्थीले सङ्गठन चाहिँदैन भन्दै थिए । बाहिर र भित्रका विद्यार्थीबीच सङ्गठन खोल्ने र नखोल्ने भन्ने विषयमा विवाद हुँदा प्रहरीसँग झडप भएको हो ।” 

उनले झपडमा दुवैतर्फका विद्यार्थी घाइते भएको जानकारी गराउनुभयो । संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले उक्त प्रतिष्ठान सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानमा होटल व्यवस्थापन र सत्कार विषय अध्ययन हुँदै आएको छ । 

यसैगरी अनेरास्ववियुका महासचिव महरले विज्ञप्ति जारी गर्दै विद्यार्थी नेतामाथि आक्रमण गर्नेमाथि कारवाहीको माग गरेका छन्।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





'विप्लवको आन्दोलन एजेण्डाविहीन'
'विप्लवको आन्दोलन एजेण्डाविहीन'

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन आन्दोलनको कुनै अर्थ नरहेको बताए। मंगलबार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता..

मन्त्री यादवद्वारा चिनी कारखानाको अनुगमन
मन्त्री यादवद्वारा चिनी कारखानाको अनुगमन

पर्सा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगत डेढ दशकदेखि बन्द अवस्था रहेको वीरगञ्ज चिनी कारखानाको आज स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहाँको वस्तुस..

भ्रष्टाचारको छानबिनको माग गर्दै विवेकशील दलद्वारा अख्तियारमा उजुरी दर्ता
भ्रष्टाचारको छानबिनको माग गर्दै विवेकशील दलद्वारा अख्तियारमा उजुरी दर्ता

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको छानबिन गरी कारबाहीको माग गर्दै विवेकशील नेपाली दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज (मंगलबार) उजुरी दर्ता गरे..

विप्लवले भने : लगानी सम्मेलन देशभित्र द्वन्द्व लादेर विदेशी पैसामा दलाली गर्ने नाटक मात्रै !
विप्लवले भने : लगानी सम्मेलन देशभित्र द्वन्द्व लादेर विदेशी पैसामा दलाली गर्ने नाटक मात्रै !

काठमाडाैं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द 'विप्लव' ले आसन्न  लगानी सम्मेलनलाई 'जनता लुट्ने नाटक'को संज्ञा दिएक..