राजनीतिक दल र संसदको कम्प्युटर ह्याक


प्रकाशित: २०७५-११-७ गते 03:35:46 PM
राजनीतिक दल र संसदको कम्प्युटर ह्याक

सिड्नी । अस्ट्रेलियाली मुलुकका प्रमुख राजनीतिक दलहरू र संसदका सूचनाहरु ह्याक भएको जनाएको छ। निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अस्ट्रेलियाको आमनिर्वाचनको संघारमै गोप्य सूचना बाहिरिएको छ। प्रधानमन्त्री स्कट मोरिसनले अनुसन्धाताहरूले दुई हप्ताअघि संसदको कम्प्युटर ह्याक भएको विषयमा छानबिन गरिरहेको सांसदहरूलाई जानकारी दिएका छन्। उनका अनुसार राजनीतिक दलको सम्पर्क प्रणाली पनि छिन्नभिन्न पारिएको थियो। 

'हाम्रा साइबर विज्ञहरूको विश्वासमा कुनै सरकारी पक्षले नै यस्तो दुष्ट गतिविधि गरेका हुन्,' मोरिसनले बताए। यसै महिनाको सुरुमा पनि अस्ट्रेलियाको संसदको कम्प्युटर प्रणालीमा अनधिकृत व्यक्तिको पहुँच रहेको समाचार बाहिरिएको थियो। अस्ट्रेलियाले सुरक्षा निकायहरूले यस्तो आक्रमण कसले गरेको हो भन्ने अनुसन्धान गरिरहेका छन् । 

उक्त घटनापछि प्रधानमन्त्री र मन्त्रीहरू स्वयंले आफ्ना पासवर्ड परिवर्तन गर्नुका साथै सुरक्षाका अन्य उपाय अवलम्बन गर्न बाध्य भएका थिए। साइबर सुरक्षा विज्ञ फर्गस हान्सोनले एक वा दुई मुलुकका विज्ञले मात्र यस्तो कार्य गर्न सक्ने बताए।

उनले सम्भावित शंकास्पद मुलुकमा चीन पहिलो श्रेणीमा रहेको पनि दाबी गरे। साथै  रुससँग पनि यस्तो क्षमता रहेको बताए। 

 



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





कुन्दुजमा हवाई आक्रमण, १३ जना बालबालिकाको मृत्यु
कुन्दुजमा हवाई आक्रमण, १३ जना बालबालिकाको मृत्यु

अफगानिस्तान । कुन्दुज प्रान्तमा भएको हवाई आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ । अफगानिस्तानमा तैनाथ अन्तर्राष्ट्रिय फौजले गरेको हवाई आक्रमणमा मारिनेमा अधिकांश बालबालिका रहेको..

दार्जिलिङमा नेपाली भाषी विष्ट उम्मेदवार, ‘गोर्खालीको सपना पूरा गर्ने प्रतिवद्धता’
दार्जिलिङमा नेपाली भाषी विष्ट उम्मेदवार, ‘गोर्खालीको सपना पूरा गर्ने प्रतिवद्धता’

काठमाडौं । दार्जिलिङवासीले नेपालीभाषी उम्मेदवार हुनुपर्ने माग गरेपछि भारतीय जनता पार्टी (भाजपा)ले नेपाली भाषी राजु ३३ वर्षीय विष्टलाई उम्मेदवार बनाएको छ ।  मणिपुरको का..

भारी बर्षापछि आएको बाढीका कारण १९ जनाको मृत्यु
भारी बर्षापछि आएको बाढीका कारण १९ जनाको मृत्यु

इरान । भारी बर्षापछि आएको बाढीका कारण १९ जनाको मृत्यु, ९० भन्दा बढी घाइते भएका छन् । देशको ३१ मध्ये २५ प्रान्तमा भीषण बाढी आएको बीबीसीले जनाएको छ । त्यहाँका मौषम पूर्वानुमा..

अमेरिकामा ट्रम्प जिताउन रूसका पुटिनले गढबढी नगरेको निष्कर्ष
अमेरिकामा ट्रम्प जिताउन रूसका पुटिनले गढबढी नगरेको निष्कर्ष

वासिङ्टन । महान्यायाधिवक्ता विलियम बारले अमेरिकी संसद्का लागि तयार पारेको सारांशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियान र रुसबीच साठगाँठ भएको प्रमाण नभेटिएको उल्लेख..