कम्युनिष्ट सरकारलाई ठाडो चुनौती दिदैँ संसदमै उमा रेग्मीले च्यातिन् नियमावली!


नेपाल पाना प्रकाशित: २०७५-११-८ गते 06:38:21 PM
कम्युनिष्ट सरकारलाई ठाडो चुनौती दिदैँ संसदमै उमा रेग्मीले च्यातिन् नियमावली!

काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद उमा रेग्मीले दुई तिहाईको दम्भमा कम्युनिष्ट सरकार समानुपातिक सांसदमाथि विभेद गरेको आरोप लगाएकी छिन्।

प्रतिनिधिसभाको समानुपातिक तर्फबाट निर्वाचित सांसदहरुले सांसद रेग्मीको आरोपमा सहमति जनाएका छन्। प्रतिपक्ष तर्फका समानुपतिक सांसदहरुले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन गर्नको लागि ल्याइएको नियमावलीमा समानुपातिक सांसदहरुलाई विभेद गरिएको संसद बैठकमै सरकारमाथि आरोप लगाए। उक्त नियमावलीले निर्वाचन क्षेत्रमा जाने ४ करोड रुपैयाँ विनियोजनमा समानुपातिक सांसदलाई भूमिका नदिएको उनीहरुको गुनासो छ ।

कांग्रेस सांसद उमा रेग्मीले उक्त नियमावली संसद बैठकमै च्यातिन् । उनले सबै समानुपातिक सांसदको तर्फबाट भन्दै नियमावली च्यातेकी हुन् । निर्वाचन आयोगले समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदलाई एकै खालको प्रमाणपत्र दिए पनि सरकारले नियमावलीमार्फत समानुपातिक सांसदलाई विभेद गरेको उनले आरोप लगाइन् ।

‘सबै समानुपातिक सांसदलाई दोस्रो दर्जाको बनाउने नियमावली पाच्य छैन । सरकारले यो नियमावली परिवर्तन गरोस्, एउटै हाउसमा बसेका सांसदको मानमर्दन नगरोस्,’ उनले भनिन् ।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





मन्त्री यादवद्वारा चिनी कारखानाको अनुगमन
मन्त्री यादवद्वारा चिनी कारखानाको अनुगमन

पर्सा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगत डेढ दशकदेखि बन्द अवस्था रहेको वीरगञ्ज चिनी कारखानाको आज स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहाँको वस्तुस..

भ्रष्टाचारको छानबिनको माग गर्दै विवेकशील दलद्वारा अख्तियारमा उजुरी दर्ता
भ्रष्टाचारको छानबिनको माग गर्दै विवेकशील दलद्वारा अख्तियारमा उजुरी दर्ता

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको छानबिन गरी कारबाहीको माग गर्दै विवेकशील नेपाली दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज (मंगलबार) उजुरी दर्ता गरे..

विप्लवले भने : लगानी सम्मेलन देशभित्र द्वन्द्व लादेर विदेशी पैसामा दलाली गर्ने नाटक मात्रै !
विप्लवले भने : लगानी सम्मेलन देशभित्र द्वन्द्व लादेर विदेशी पैसामा दलाली गर्ने नाटक मात्रै !

काठमाडाैं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द 'विप्लव' ले आसन्न  लगानी सम्मेलनलाई 'जनता लुट्ने नाटक'को संज्ञा दिएक..

प्रधानमन्त्री ओली र विप्लवको सूरु भयो यस्ताे  वाक युद्ध,  कसले के भने?
प्रधानमन्त्री ओली र विप्लवको सूरु भयो यस्ताे वाक युद्ध,  कसले के भने?

काठमाडाैँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकार आफ्नै गलत रवैयाका कारण देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको आरोप लगाएको छ। प्रधानमन्त्री केपी ओलीले नेकपा सं..