नेपालका बुढा हात्तीलाई अब बृद्धाश्रममा राखिने


पत्रपत्रिका प्रकाशित: २०७५-११-९ गते 08:08:34 AM
नेपालका बुढा हात्तीलाई अब बृद्धाश्रममा राखिने

चितवन । बेकामे हात्तीको स्याहार गर्ने काम कम चुनौतीपूर्ण छैन । यही कामका लागि सौराहामा हात्तीको वृद्धाश्रम नै खोलिएको छ । सफारीमा जान नसक्ने बूढा हात्ती वृद्धाश्रममा स्याहार गरी राखिन्छ। उसै पनि हात्ती पालनपोषणमा खर्च बढी लाग्छ । आम्दानी नगर्ने हात्तीका लागि खर्च जुटाउनु झन् चुनौतीपूर्ण कार्य हो ।

वृद्धाश्रमले काम गर्न नसक्ने अवस्थाका हात्ती जम्मा गरी तिनको स्याहार गर्नेछ। हात्ती नमरेसम्म त्यहीँ पालिन्छ। खैरहनी नगरपालिकाको कुमरोजमा साढे दुई बिघा क्षेत्रफलमा रिसोर्ट सञ्चालन र हात्तीको वृद्धाश्रम सुरु गरिएको हो। वृद्धाश्रममा राखिएपछि रिसोर्टमा आएका पाहुनाले हात्तीको दिनचर्या हेर्न पाउनेछन् । 
 
मंगलबारदेखि सुरु गरिएको वृद्धाश्रममा ४५ वर्षको बिरामी पोथी हात्ती ‘सीताकली’ लाई राखिएको छ । अशक्त यो हात्तीले आँखा देख्दैन । एक जना माहुते त्यसको स्याहारका लागि खटाइएको छ। तारबारले घेरिएको खुला चौरमा हात्तीलाई छाडिएको छ । हात्ती राख्न बनाइएको जग्गामा उसलाई मन पर्ने खानेकुरा, बोटबिरुवा लगाइनेछ । हात्तीलाई मौसमअनुसार फलफूल खुवाउने रिसोर्टको योजना छ ।  

वृद्धाश्रममा ४० देखि ५० वर्ष नाघेका हात्ती ल्याइन्छ । हात्ती संरक्षणका लागि भेटेरेनरी चिकित्सक अमेरिकी नागरिक डा।ट्रिस लन्डन खटिएकी छन् । बिरामी हात्तीको उपचारका लागि चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सकको सहयोग र समन्वय गरिने बताइएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा यो खबर छापिएको छ ।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





ओली सवार विमान रोकिनुमा  कर्मचारी नै प्रमुख दोषी
ओली सवार विमान रोकिनुमा कर्मचारी नै प्रमुख दोषी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चढेको यती एयरलाइन्सको विमान काठमाडौं अवतरणका क्रममा ‘होल्ड’ गरेको विषयमा छानविन गर्न बनेको समितिले नागरिक उड्डयन प्राधिकरण,..

हेलिकोप्टरबाट निकालिएको सिट फेरि राख्न चलखेल
हेलिकोप्टरबाट निकालिएको सिट फेरि राख्न चलखेल

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र हेलिकोप्टर व्यवसायीबीच छलफल भएर सातसिटे हेलिकोप्टरबाट एक सिट हटाउने निर्णय कार्यान्वयन भइसकेका बेला व्यवसायीले उक्त निर्णय उल्टाउन ख..

काठमाडौंका सडक इटालीयन ब्रुमरले सफा गर्दै
काठमाडौंका सडक इटालीयन ब्रुमरले सफा गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबार ९आज०बाट इटालियन ब्रुमरले सडक सफा गर्दै छ । राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरी ब्रुमर सञ्चालनमा ल्याउन लागेको महानगरका प्रवक..

नेपाल वायुसेवा निगमले १६ जना विदेशी पाइलट नियुक्त गर्दै
नेपाल वायुसेवा निगमले १६ जना विदेशी पाइलट नियुक्त गर्दै

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चारवटा एअबस ९दुई न्यारो बडी र दुई वाइड बडी० जहाजको लागि १६ जना विदेशी प्रशिक्षक पाइलट नियुक्त गर्न लागेको छ । अहिल..