एकता टिकाउन धौ-धौ परेपछि आजपनि सत्ताधारी (ने.क.पा.) को बैठक बस्दै


नेपालपाना प्रकाशित: २०७५-११-९ गते 08:45:10 AM
एकता टिकाउन धौ-धौ परेपछि आजपनि सत्ताधारी (ने.क.पा.) को बैठक  बस्दै

काठमाडौं । साविकका माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकतापश्चात गठन भएकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भागबण्डाका कारण विवाद चुलिएपछि सचिवालय बैठक आज बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहि बेरपछि बिहान ९ बजे बस्ने बैठकमा पार्टीको सांगठनिक एकीकरणको प्रस्ताव तयारीका लागि गठित कार्यदलका सदस्यहरुसँगै सामूहिक छलफल गर्न लागिएको सो पार्टीका एक नेताले जानकारी दिए ।

कार्यदलले  'अपूर्ण' प्रतिवेदन' बुझाएपछि सोमबार बसेको पार्टीको सचिवालय बैठकले त्यसैमाथि छलफल गरेको थियो। उक्त बैठकले छलफललाई जारी राख्दै सचिवालयको अर्को बैठकमा कार्यदलका सम्पूर्ण सदस्यहरुलाई बोलाउने निर्णय गरेको थियो।

आज बस्ने बैठकपछि पार्टीको सांगठनिक एकीकरणको प्रक्रियालाई टुंगो लगाउने भन्ने बारे निर्णय गरिने नेकपाले जनाएको छ । गत मंसिर २९ गतेदेखि बसेको पार्टीको स्थायी समिति बैठक सकिँदै गर्दा पुस १३ मा ९ सदस्यीय कार्यदल गठन गरिएको थियो।

कार्यदलको संयोजकमा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल थिए भने महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य थिए।

कार्यदलले आफ्नो प्रतिवेदन तयार नगर्दै गत माघ २१ मा बसेको सचिवालयको बैठकले भोलिपल्टै प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो। तर, गत सोमबारमात्रै कार्यदलले आफ्नो प्रतिवेदन बुझाएर सोका सम्बन्धमा छलफल सुरु भएको हो।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





अब प्रअ हुनलाई आउँदैछ नयाँ नियम
अब प्रअ हुनलाई आउँदैछ नयाँ नियम

काठमाडौँ । शैक्षिक सुधारका लागि शिक्षा नीति, कार्यक्रम तथा ऐनमा व्यापक सुधारको खाँचो औँल्याइएको छ । यसका लागि विद्यालयलाई साधारण, व्यावसायिक तथा प्राविधिक तहमा विभाजन गर्नुपर्..

इन्जिनियरहरूकाे शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरे लाठी चार्ज, दर्जनाै इन्जिनियर घाइते
इन्जिनियरहरूकाे शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरे लाठी चार्ज, दर्जनाै इन्जिनियर घाइते

काठमाडौं । सरकारले सेवा, सुविधावापतको रकम कटौति गरेको विरोधमा आन्दोलनरत इन्जिनियरहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ । पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले मंगलबार निषेधित क्ष..

प्रचण्ड अमेरिका हुँदा बुहारी बिना मगरमाथि आयो यस्तो विपत्ति, कसरी गर्लान उजुरीको सामना?
प्रचण्ड अमेरिका हुँदा बुहारी बिना मगरमाथि आयो यस्तो विपत्ति, कसरी गर्लान उजुरीको सामना?

काठमाडाैँ ।  पछिल्लो समय  मेलम्ची खानेपानी आयोजनाको विषयलाई लिएर सत्तारुढ तथा प्रतिपक्षी दलका नेताहरुले विभिन्न टिका टिप्पणी गरिरहेको बेलामा विवेकशील नेपाली दल खानेप..

दादुराको प्रकोप, १४ जनाको मृत्यु
दादुराको प्रकोप, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा दादुराको प्रकोपको कारण १४ जनाको मृत्यु भएको छ । गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण  मृत्यु भएको हो । स रोगबाट ३२ हजार भन्दा बढी व्यक..