नरेन्द्र मोदीले अनिल अम्बानीलाई जेलमा कोच्दै !

  |   प्रकाशित :

नयाँ दिल्ली । आफुसँग छुट्टिएको व्यवसायिक साझेदारलाई समयमै बक्याैता रकम नदिएपछि भारतीय अर्बपति अनिल अम्बानी जेल चलान हुँदैछन् । 

व्यापारिक सम्झौता भंग भएपछि गत बर्षको डिसेम्बर १५ तारिखमै रिलायन्स कम्युनिकेसन्सका मालिक अम्बानीले दूरसञ्चार कम्पनी एरिक्सनलाई ५ सय ५० करोड भारतीय रूपैयाँ भुक्तानी दिइसक्नुपर्ने थियो । भारतको सर्वोच्च अदालतले मिति नै तोकेर रकम भुक्तान गर्न निर्देशन दिएपनि अटेर गरेपछि अम्बानी जेल जाने भएका हुन् । 

तत्काल रकम नतिरे अम्बानीलाई ३ महिनासम्म जेलमा थुनिदिने अदालतले चेतावनी दिएको छ । अदालती आदेशको अवहेलना गरेकोमा अम्बानी दोषी समेत ठहरिएका छन् । अब अम्बानीले ४ हप्ताभित्र बक्याैता रकम भुक्तान नगरे जेल सजाय भोग्नुपर्नेछ ।   

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech