संविधानले दिएको ऐतिहासिक अधिकार खोसेको भन्दै ओली सरकारविरुद्ध उत्रिए महिलाहरु, के हो कुरो?


नेपालपाना प्रकाशित: २०७५-११-९ गते 05:27:09 PM
संविधानले दिएको ऐतिहासिक अधिकार खोसेको भन्दै ओली सरकारविरुद्ध उत्रिए महिलाहरु, के हो कुरो?

काठमाडौं। संविधानले दिएको अधिकार खोस्न खोजेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध महिलाहरुले मोर्चाबन्दी सुरु गरेका छन्। संविधानले दिएको व्यवस्थामा ऐनमार्फत कटौती गरेर आमाको नाममा नागरिकता दिने प्रावधानलाई सरकारले साघुर्‍याउने काम गरेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन्। अधिकारकर्मी र पीडितले संसदमा रहेको नागरिकता सम्बन्धी ऐनमा आमाको नाम नागरिकता दिने व्यवस्थालाई खुम्च्याउन खोजिएको भन्दै आपत्ति जनाएका छन्। 

कानुनी पहिचान तथा यसको आवश्यकता र महत्त्व विषयक एक कार्यक्रम बुधबार राजधानीमा सम्पन्न कार्यक्रममा बोल्दै अधिवक्ता तथा अधिकारकर्मी मिरा ढुंगानाले भनिन् , कुनै पनि मानिस नागरिकताविहीन हुनु भनेको राज्यविहीन हुनु हो। राज्यविहीन भएर उसले कानुनसम्मत काम गर्न सक्दैन। उनले  कानुनी पहिचान आजको नैसर्गिक अधिकार भएको बताइन्। 

व्यक्तिको कानुनी पहिचानको सिर्जना गर्नको लागि जन्मदर्तालाई ठोस आधारका रुपमा लिने गरिन्छ। अर्का अधिवक्ता सविन श्रेष्ठले व्यक्तिगत घटना दर्ता गरिसकेपछि मात्रै कुनै पनि व्यक्तिको कानुनी पहिचान वा कानुनी अवस्थाको सिर्जना गर्नमा मौलिक आधार प्रदान हुने बताएका छन्।विकासका लागि आधारभूत कुराहरु प्राप्त गर्नको सहयोग गर्ने हुनाले व्यक्तिगत घटना अनिवार्य दर्ता गनुपर्नेमा उनले जोड दिए। 

सन्तानलाई  आमाको नामबाट नागरिकता दिन संवैधानिक र कानुनी अड्चन नभएको तर जिल्ला प्रशासन कार्यालय महिलामैत्री हुन नसकेको आरोप सहभागीले लगाएका छन्।बाबुको नामबाट नागरिकता लिन जाँदा कुनै बाधा अड्चन हुँदैन र आमाको पहिचान पनि आवश्यक ठानिँदैन। तर आमाको नामबाट नागरिकता बनाउन जाँदा बाबुको पहिचान चाहिने, बेपत्ता भएको भए पनि प्रमाणित गर्नुपर्ने तथा स्वघोषण गनुपर्ने जस्ता व्यवस्था राखेर अनेक अप्ठ्यारा सिर्जना गरिँदै आइएको छ।

बाबुको पहिचान नभएको अवस्थामा प्रशासन कार्यालयका कर्मचारीले महिलाको चरित्रलाई नै प्रश्न उठाउँदै विभिन्न शंका उपशंका गर्ने गरेको अनुभव ढूंगानाले सुनाइन्। आमाको नामबाट नागरिकता पाउनको लागि भएको अनगिन्ती झन्झट हटाउँदै  निशर्त नागरिकता दिने व्यवस्था हुनुपर्नेमा सहभागीको जोड थियो। विभिन्न समयमा तयार भएको सरकारी तथ्याङ्कलाई हेर्दा प्रत्येक वर्ष ६ लाख नयाँ युवा नागरिकताका लागि तयार हुने गर्छन्। तर गृहमन्त्रालयको रेर्कडअनुसार हरेक वर्ष  करिव ४ लाख मात्रै नागरिकता सरकारले वितरण गर्छ। यो तथ्याङ्कअनुसार दुई लाख मानिस हरेक वर्ष नागरिकता विहीन बन्छन्।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





मन्त्री यादवद्वारा चिनी कारखानाको अनुगमन
मन्त्री यादवद्वारा चिनी कारखानाको अनुगमन

पर्सा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगत डेढ दशकदेखि बन्द अवस्था रहेको वीरगञ्ज चिनी कारखानाको आज स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहाँको वस्तुस..

भ्रष्टाचारको छानबिनको माग गर्दै विवेकशील दलद्वारा अख्तियारमा उजुरी दर्ता
भ्रष्टाचारको छानबिनको माग गर्दै विवेकशील दलद्वारा अख्तियारमा उजुरी दर्ता

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको छानबिन गरी कारबाहीको माग गर्दै विवेकशील नेपाली दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज (मंगलबार) उजुरी दर्ता गरे..

विप्लवले भने : लगानी सम्मेलन देशभित्र द्वन्द्व लादेर विदेशी पैसामा दलाली गर्ने नाटक मात्रै !
विप्लवले भने : लगानी सम्मेलन देशभित्र द्वन्द्व लादेर विदेशी पैसामा दलाली गर्ने नाटक मात्रै !

काठमाडाैं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द 'विप्लव' ले आसन्न  लगानी सम्मेलनलाई 'जनता लुट्ने नाटक'को संज्ञा दिएक..

प्रधानमन्त्री ओली र विप्लवको सूरु भयो यस्ताे  वाक युद्ध,  कसले के भने?
प्रधानमन्त्री ओली र विप्लवको सूरु भयो यस्ताे वाक युद्ध,  कसले के भने?

काठमाडाैँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकार आफ्नै गलत रवैयाका कारण देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको आरोप लगाएको छ। प्रधानमन्त्री केपी ओलीले नेकपा सं..