धितोपत्र बजारमा यस साता पनि असन्तुलित


नेपाल पाना प्रकाशित: २०७५-११-११ गते
धितोपत्र बजारमा यस साता पनि असन्तुलित

काठमाडौं । धितोपत्र बजारमा यस साता कूल १७३ कम्पनीको शेयर कारोबार भए पनि कारोवार रकम एक अर्बसमेत पुग्न सकेन । निरन्तर ओरालो लाग्दै आएको बजार यस साता पनि असन्तुलित रह्यो । 

नेपाल स्टक एक्सचेञ्जकाअनुसार ९९ करोड पाँच लाख ६७ हजार ४६३ मूल्य बराबरको ३५ लाख ७६ हजार ८४१ कित्ता शेयर कारोवार भएको छ । स्टकका अनुसार यस साता कारोवार मापक नेप्से परिसूचक ३.३४ विन्दुले बढेको छ । साताभरको कारोवारमा बजार घटबढको अवस्थामा रह्यो । मङ्गलबार बजारमा उच्च अङ्कको वृद्धि भए पनि अन्य दिन बजार सामान्य अवस्थामा रहेको स्टकले जनाएको छ । 

आइतबार शेयर कारोवार मापक नेप्से परिसूचक ३.१५ विन्दुले घटेर एक हजार १०९.७२ विन्दुमा पुग्यो । उक्त दिन कूल १७३ कम्पनीको आठ लाख २८ हजार ८५३ कित्ता शेयर रु २१ करोड सात लाख ३२ हजार १४७ मूल्यमा खरीद–बिक्री भए । 

यस्तै सोमबारसमेत बजार ओरालो लागेर एक हजार १०० को आसपासमा आइपुग्यो । सो दिन कारोवार मापक नेप्से परिसूचक सात दशमलव २१ विन्दुले घटेर एक हजार १०२ दशमलव ५१ विन्दुमा झ¥यो । कूल १६१ कम्पनीको आठ लाख ७६ हजार २०८ कित्ता शेयर रु २३ करोड ४५ लाख ९४ हजार ३८१ मूल्यमा खरीद बिक्री भए । 

यस्तै मङ्गलबार भने कारोवार मापक नेप्से परिसूचक २२.४४ विन्दुले बढेर एक हजार १२४.९६ विन्दुमा पुग्यो । स्टकका अनुसार सो दिन कूल १६७ कम्पनीको सात लाख १४ हजार ८७६ कित्ता शेयर रु २१ करोड ४५ लाख ८८ हजार ६१९ मूल्यमा खरीद बिक्री भए । मङ्गलबार उच्च अङ्कले वृद्धि भएको शेयरबजार बुधबार भने पुनः घट्यो । सो दिन कारोवार मापक नेप्से परिसूचक १२.७२ विन्दुले घटेर एक हजार ११२.२३ विन्दुमा झ¥यो । 

यस्तै साताको अन्तिम दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ८४ विन्दुले बढेर एक हजार ११३ दशमलव ०७ विन्दुमा पुग्यो । स्टकका अनुसार सो दिन १५५ कम्पनीको चार लाख ७५ हजार ७६६ कित्ता शेयर रु १६ करोड ४४ लाख ७८ हजार ६८८ मूल्यमा खरीद बिक्री भए ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





आज नेप्से १९ अंकले उकालो लाग्यो
आज नेप्से १९ अंकले उकालो लाग्यो

काठमाडौँ । आज नेप्से १९ अंकले उकालो लागेको छ । नेप्से १९ दशमलव १४ अंकले बढेर १ हजार २ सय ७९ दशमलव २९ को बिन्दुमा पुगेको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको म..

आज सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?
आज सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?

काठमाडौँ । आज सुन प्रती तोलामा एक सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको..

बुधबार सबै विदेशी मुद्राको भाउ घट्यो
बुधबार सबै विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १० पैसा र बिक्रीदर १११ रुपैयाँ ७० पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ १८ पैसा र..

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि तोकेको विदेशी मुद्राको विनियमयदर सूचीअनसार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १० पैसा र बिक्रीदर १११ रुपैयाँ ७० पैसा पुगेको छ..