राष्ट्रपतिको आलोचना गरेपछि सम्पादक पक्राउ


नेपाल पाना प्रकाशित: २०७५-११-११ गते 05:59:10 PM
राष्ट्रपतिको आलोचना गरेपछि सम्पादक पक्राउ

एएफपी । सुडानको सुरक्षा निकायले एक प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा गर्दै सरकारको विघटन गर्नु सही कदम नभएको प्रतिक्रिया टेलिभिजनमार्फत दिएको आरोपमा पक्राउ गरिएको गरिएको छ। उनको अल–तायर दैनिकका प्रधान सम्पादक ओस्मान मिर्घानीलाई सुरक्षाकर्मीले शुक्रबार राति कार्यालयबाटै पक्राउ गरिको उनको भाई अली मिर्घानीले एएफपीलाई जानकारी दिए । 

सम्पादक मिर्घानीले बसिरको तीन दशक पूरानो शासनविरूद्ध केही हप्तादेखि भइरहेको आन्दोलनलाई दबाउन सङ्कटकालको घोषणा गर्ने पछिल्लो कदम गलत भएको अभिब्यक्ति दिए लगत्तै सुरक्षाकर्मीले गिरफ्तार गरेको थिए । 

भाइ अली मिर्घानीले भने, “राष्ट्रपतिले सङ्कटकालको घोषणा गरेपछि मेरो दाजुले यसबारे अरबी सञ्चारमाध्यमार्फत् प्रतिक्रिया दिनुभएको थियो ।” “त्यसपछि उहाँलाई कार्यालयमा छापामारी पक्राउ गरिएको थियो । अहिलेसम्म उहाँलाई कहाँ लगिएको र कुन अवस्थामा राखिएको छ भन्नेबारे केही बताइएको छैन ।”

उनले भने, “सुडानी राष्ट्रिय गुप्तचर तथा सुरक्षा सेवाका अधिकारीले शनिबारका लागि छापिएका अल–तैयरका सबै पत्रिका नियन्त्रणमा लिएको छ ।” यसबारे प्रतिक्रियाका लागि प्रहरी तथा अन्य सुरक्षा अधिकारीले उपलब्ध हुन चाहेनन् । 

स्काई न्युज अरेवियाले मिर्घानीसँग शुक्रबार लिएको अन्तवार्तामा के बसिरको नयाँ कदमले आन्दोलित जनताको आक्रोशलाई साम्य गर्नेछ भनी गरिएको प्रश्नमा उनले राष्ट्रपतिको पछिल्लो कदमले झन् आन्दोलनको नयाँ तरङ्ग ल्याउने र ‘यसले जनतालाई सरकार हटाउन थप दवाव दिनुपर्ने सन्देश दिने बताएका थिए। 

अमेरिकाबाट इन्जिनियरिङ गरेका मिर्घानीले स्वदेश फर्केर पत्रकारिता शुरू गरेका थिए थियो । उनलाई सुरक्षाकर्मीले समाचार छापेकै कारण पटकपटक नियन्त्रणमा लिई छोडेका थिए । रिपोर्टर्स विदाउट बोडर्स नामक सञ्चारमाध्यम नियमक संस्थाले बताए अनुसार आन्दोलन शुरू भएको दिन गत डिसेम्बर यता कम्तिमा ७९ पत्रकारलाई पक्राउ गरेको थियो । 
सुडान विश्वको प्रेस स्वतन्त्रता सुचिमा १८० मुलकमध्ये १७४ औँ स्थानमा पर्छ । 

आन्दोलनलाई नियन्त्रणमा राख्न राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको छ । आन्दोलनका क्रममा अहिलेसम्म ३१ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ भने मानव अधिकारवादी संघसंगठनको तथ्याङ्क अनुसार आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाको मृत्यु भएको छ । सुडानको सरकारले पाउरोटी, पेट्रोलियम पदार्थ लगायतका सामानमा अत्यधिक मूल्य वृद्धि भएपछि यसको विरोधमा आन्दोलन शुरू भएको थियो । 

सन् १९८९ मा इश्लामिक समूहको सहयोगमा राज्य विद्रोह गरी सत्तामा पुगेका ७५ बर्षीय राष्ट्रपति बसिर पछिल्लो आन्दोलनका कारण निकै कमजोर बनेका बताउने गरिएको छ ।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





 विद्यार्थीबाट शिक्षिकाको गर्भ बसेपछि १० वर्ष कैद
 विद्यार्थीबाट शिक्षिकाको गर्भ बसेपछि १० वर्ष कैद

वासिङ्टन । अमेरिकामा एक शिक्षिकामाथि १३ वर्षीय   विद्यार्थीसँग यौन सम्बन्ध राखेको आरोपमा करिब एक वर्ष मुद्दा चलेपछि अन्तिम फैसला आएको छ। शिक्षिका अलेक्जेन्ड्रा बेराल..

मेक्सिको सीमामा पर्खाल बनाउन एक अर्ब डलर निकासा
मेक्सिको सीमामा पर्खाल बनाउन एक अर्ब डलर निकासा

वासिङ्टन – अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न एक अर्ब डलर निकासा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा आप..

ट्रम्पको घोषणाप्रति साउदी अरेबिया क्रुद्ध
ट्रम्पको घोषणाप्रति साउदी अरेबिया क्रुद्ध

रियाद । गोलान हाइटस् इजरायलको सार्वभौमिक क्षेत्रमा पर्छ भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइको साउदी अरेबियाले विरोध गरेको छ । सोमबार साउदी अरेबियाले उक्त भनाइप्रति आपत..

हमास र इजरायलबीच युद्धबिराम
हमास र इजरायलबीच युद्धबिराम

गाजा सिटी – इजरायलले गाजा क्षेत्रमा हवाई आक्रमण गरेलगत्तै हमास समूहले इजरायल समक्ष युद्धबिराम भएको जनाएको छ । इजिप्टको मध्यस्थतामा भएको भनिएको यस युद्धबिरामका बारेम..