कार्पेट कारखानामा शक्तिशाली विस्फोट, १० जनाको मृत्यु!


नेपाल पाना प्रकाशित: २०७५-११-११ गते 08:57:18 PM
कार्पेट कारखानामा शक्तिशाली विस्फोट, १० जनाको मृत्यु!

एएनआई । भारतको उत्तर प्रदेशस्थित कार्पेट कारखानाको एक शाखामा शनिबार विष्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । 

बादोही जिल्लास्थित कार्पेट कारखाना रहेको भवनमा गैरकानूनी रूपमा पटका विक्री गरिँदै आएको प्राप्त प्रारम्भिक जानकारीमा उल्लेख छ । भवनमा शक्तिशाली विस्फोट भएको र भवनको भग्नाबशेषमा केही अन्य व्यक्तिहरू फसेको हुनसक्ने प्रहरी महानिरिक्षक पियुस श्रीवास्तवले बताए । 

उनले भने, “घटना लगत्तै स्थानीयको सहयोगमा प्रहरीद्वारा तथा अन्य सरकारी तथा गैरसरकारी उद्धार समूहहरूले उद्धार कार्य थालेका छन् । घटनास्थलमा बम डिस्पोजल टोली पनि पुगिसकेको छ ।” 

प्रहरीले विस्फोटको कारणबारे अनुसन्धान शुरू गरिसकेको छ । थप जानकारी अनुसन्धानपछि मात्र दिन सकिने उनले बताए । 



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





कुन्दुजमा हवाई आक्रमण, १३ जना बालबालिकाको मृत्यु
कुन्दुजमा हवाई आक्रमण, १३ जना बालबालिकाको मृत्यु

अफगानिस्तान । कुन्दुज प्रान्तमा भएको हवाई आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ । अफगानिस्तानमा तैनाथ अन्तर्राष्ट्रिय फौजले गरेको हवाई आक्रमणमा मारिनेमा अधिकांश बालबालिका रहेको..

दार्जिलिङमा नेपाली भाषी विष्ट उम्मेदवार, ‘गोर्खालीको सपना पूरा गर्ने प्रतिवद्धता’
दार्जिलिङमा नेपाली भाषी विष्ट उम्मेदवार, ‘गोर्खालीको सपना पूरा गर्ने प्रतिवद्धता’

काठमाडौं । दार्जिलिङवासीले नेपालीभाषी उम्मेदवार हुनुपर्ने माग गरेपछि भारतीय जनता पार्टी (भाजपा)ले नेपाली भाषी राजु ३३ वर्षीय विष्टलाई उम्मेदवार बनाएको छ ।  मणिपुरको का..

भारी बर्षापछि आएको बाढीका कारण १९ जनाको मृत्यु
भारी बर्षापछि आएको बाढीका कारण १९ जनाको मृत्यु

इरान । भारी बर्षापछि आएको बाढीका कारण १९ जनाको मृत्यु, ९० भन्दा बढी घाइते भएका छन् । देशको ३१ मध्ये २५ प्रान्तमा भीषण बाढी आएको बीबीसीले जनाएको छ । त्यहाँका मौषम पूर्वानुमा..

अमेरिकामा ट्रम्प जिताउन रूसका पुटिनले गढबढी नगरेको निष्कर्ष
अमेरिकामा ट्रम्प जिताउन रूसका पुटिनले गढबढी नगरेको निष्कर्ष

वासिङ्टन । महान्यायाधिवक्ता विलियम बारले अमेरिकी संसद्का लागि तयार पारेको सारांशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियान र रुसबीच साठगाँठ भएको प्रमाण नभेटिएको उल्लेख..