चिनीया सामानमाथि करबृद्धि स्थगन गर्ने ट्रम्पको घोषणा


एजेन्सी प्रकाशित: २०७५-११-१३ गते 03:50:25 PM
चिनीया सामानमाथि करबृद्धि स्थगन गर्ने ट्रम्पको घोषणा

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा “सन्तोषजनक प्रगति” भएको भन्दै चिनीया सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताएका छन्।

दुई मुलुकबीचको व्यापार सम्झौताका लागि चिनीया राष्ट्रपति सी चिनफिङसँग शिखर वार्ता हुने अपेक्षा गरिएको पनि राष्ट्रपति ट्रम्पले जानकारी दिए।

अर्को दुई साताभित्रै “निकै ठूलो समाचार” आउनेछ, राष्ट्रपति ट्रम्पले भने । वार्तामा थप प्रगति भएमा अमेरिकाको फ्लोरिडास्थित राष्ट्रपति ट्रम्पको मार–ए–लेगो रिसोर्टमा चिनीया राष्ट्रपति सीलाई भेट्ने योजना रहेको पनि ट्रम्पले बताउए।

आइतबार सम्पन्न भएको तर चार दिनदेखि वासिङ्टनमा जारी वार्तामा दुई मुलुकका वरिष्ट अधिकारीहरुले भाग लिएका थिए।

संयुक्तराज्य अमेरिकाले वार्तामा सहमति नभए आगामी मार्च १ तारिखदेखि नै लागू हुनेगरी करिब २०० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा २५ प्रतिशत कर लगाउने राष्ट्रपति ट्रम्पले घोषणा गरिसकेका छन्। तर राष्ट्रपति ट्रम्पले वार्ता निकै सन्तोषजनक रुपमा अघि बढेकाले मार्च १ तारिखको सीमालाई बढाउन आफू तयार रहेको जानकारी दिए।

“चीनसँग जारी व्यापार वार्ता सकारात्मक रुपमा अघि बढेकामा मलाई खुशी लागेको छ । खासगरी, चीनले बौद्धिक सम्पत्तिको संरक्षण, प्रविधि हस्तान्तरण, कृषि, सेवा, मुद्रा तथा अरु विविध विषय समेतका महत्वपूर्ण संरचनागत मुद्दामा सकारात्मक जवाफ दिएको छ,” ट्रम्पले ट्वीट गर्दै भनेका छन।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पनि वार्तामा निकै सकारात्मक प्रगति भएको जनाएको छ । चिनीया व्यापार वार्ता प्रतिनिधिमण्डलको नेतृत्व उपप्रधानमन्त्री लिउ हे ले गरेका छन्।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





होलीको सदभाव !
होलीको सदभाव !

बंशी कुमार शर्मा हिन्दु धर्माबलम्बीहरुको रंगको चाड होली पूर्णिमा हो । हिन्दु संस्कृतिअनुसार प्रत्येक वर्षको फाल्गुन शुक्ल पूर्णिमाको दिनलाई होली पूर्णिमा भनिन्छ । हिन्दु धर..

बर्बादी र दुर्भाग्यमा बदलिँदै कम्युनिष्ट सत्ता ! जनताको पीडामा ओली-प्रचण्डको भद्दा मजाक
बर्बादी र दुर्भाग्यमा बदलिँदै कम्युनिष्ट सत्ता ! जनताको पीडामा ओली-प्रचण्डको भद्दा मजाक

काठमाडाैं । अहिलेका प्रधानमन्त्री केपी ओली र प्रचण्डलाई उनकै कार्यकर्ताले मार्क्स वा लेनिन मान्दा हुन्, तर सर्वसाधारण अधिक नागरिकले यी दुईप्रति हेर्ने दृष्ट्रिकोण निकै फर..

शान्तीको मलामी जान जोकरतन्त्रलाई  किन हतारो ? जनता मार्ने खेलोफड्कोमा कम्युनिष्ट सत्ता
शान्तीको मलामी जान जोकरतन्त्रलाई किन हतारो ? जनता मार्ने खेलोफड्कोमा कम्युनिष्ट सत्ता

काठमाडौं । भनिन्छ : बाँदरको ज्यानमा घाउ लाग्यो भने आफैंले कोट्याउँदा-कोट्याउँदै मर्छ । सत्तामा पनि जब बाँदरे स्वाभावका मानिसहरूको बाहुल्यता रहन्छ, देश युद्धको भँड्खारोमा..

धर्म र राष्ट्रियता
धर्म र राष्ट्रियता

बंशी कुमार शर्मा प्रजातन्त्र पुनः स्थापनापछि बनेको संविधान २०४७ लाई पूर्ण क्रियाशीलका लागि संघर्षरत तत्कालीन सात राजनीतिक दल र सशस्त्र संघर्ष गरिरहेको नेपाल कम्युनिष्ट पार्टी..