रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!


नेपाल पाना प्रकाशित: २०७५-११-२३ गते 12:41:14 AM
रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

काठमाडाैँ । टीकापुर घटनाको मुद्दाका मुख्य अभियुक्त मानिएका रेशमलाल चौधरीविरुद्ध कैलाली जिल्ला अदालतले सुनाएको जन्मकैद फैसलामा सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधान एंव स्वास्थ्यमन्त्री उपेन्द्र यादवको ठुलो हात रहेको खुलासा भएको छ। बालुवाटार निकाट स्रोतका अनुसार राजपाले सरकारलाई समर्थन गरेर रेशमको मुद्दालाई राजनीतिक दृष्टिकोणबाट हेर्न आग्रह गरेको थियो। 

ती स्रोतले भन्यो, 'राजपाको आग्रहपछि प्रधानमन्त्री ओलीले महान्यायाधिवक्ता अग्नि खरेललाई रेशम चौधरीको मुद्दा मिलाउन संकेत गरेका थिए। तर पछि उपेन्द्र यादवको दबाब र सरकार छोड़ने धमकी दिए पछि प्रचण्डले रेशम चौधरीको विपक्षमा मुद्दा फैसला गर्न लगाएका थिए।'

आखिर किन सरकारमा रहेका उपप्रधानमंत्री उपेन्द्र यादव रेशम चौधरीको विपक्षमा उभिए? किन झुठा मुद्दामा जेल परेका रेशम चौधरी अब आजीवन कारावासको सजाय भुगतन बाध्य भएका छन्?

कारण खाेतल्दै जाँदा यसको पछाडिको खेल भने राजपालाई कुनै हालतमा राजनीतिक फाइदा नपुगोस भन्ने कुरा रहेकाे ती स्राेतकाे भनाइ छ। ती स्राेतले भन्याे,'रेशमको शपथ ग्रहण गराएर राजपाले निकै चर्चा बटुलेको थियो। यदि कथम् कदाचित रेशमको पक्षमा फैसला आउथ्यो भने त्यसले सरकारमा रहेको फोरमलाई बेफाइदा हुन्थ्यो।'

 संविधान संशोधनको नाममा सरकारमा गएको फोरमको मधेशमा निकै आलोचना भइरहेको छ। तर केही नगरेपनि संशोधन र रेशम चौधरीको विषयलाई लिएर सरकारमा सहभागी नभएकोले राजपाप्रति आम मधेशी जनता सकारात्मक हुँदै गइरहेको छ। 

राजपाले पाइरहेको यही फाइदालाई रोक्न फोरम अध्यक्ष यादवले प्रचण्डलाई प्रयोग गरी रेशम चौधरीको मुद्दामा प्रधानमन्त्रीसमेतको कुरालाई बाइपास गराउन सफल भए। यति मात्र नभएर फोरमले राजपालाई संघीय सरकारमा ल्याउने ओलीको योजनालाई मात्रै ध्वस्त पारेनन्। प्रदेश नम्बर दुईमा रहेको राजपालाई पनि सरकार बाहिर पठाउने योजनामा सफल भएका छन्।.

सोही क्रममा अदालतको उक्त फैसलाप्रतिख राजपाले आपत्तिसमेत जनाएको छ । सरकारले राजनीतिक मुद्दालाई बेग्लै रवैयाले हेरेको भन्दै राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अदालतको फैसलाविरुद्ध आफूहरु देशव्यापी आन्दोलनमा जाने बताए ।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





विप्लवका कार्यकर्ताविरुद्ध प्रहरी आक्रामक भएपछि गोली हानाहान, सादा पोसाकमा सेना खटाइयाे
विप्लवका कार्यकर्ताविरुद्ध प्रहरी आक्रामक भएपछि गोली हानाहान, सादा पोसाकमा सेना खटाइयाे

अछाम । अछाममा विप्लव कार्यकर्ता र प्रहरीबीच  दिउँसो गोली हानाहान भएको छ।रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासेनको झाँता दोहोरो गाेली हानाहान भएको प्रहरीले जनाएको छ। स्थ..

धर्ना बस्न खोज्ने पक्राउ
धर्ना बस्न खोज्ने पक्राउ

काठमाडौँ । पूँजी बजारको विकासका लागि आफ्ना विभिन्न माग सम्बोधन नभएको भन्दै नेपाल स्टक एक्सचेञ्जको भद्रकालीस्थित कार्यालयमा धर्नामा उत्रिएका शेयर लगानीकर्ता दवाब समूहका प्रतिनि..

अब प्रअ हुनलाई आउँदैछ नयाँ नियम
अब प्रअ हुनलाई आउँदैछ नयाँ नियम

काठमाडौँ । शैक्षिक सुधारका लागि शिक्षा नीति, कार्यक्रम तथा ऐनमा व्यापक सुधारको खाँचो औँल्याइएको छ । यसका लागि विद्यालयलाई साधारण, व्यावसायिक तथा प्राविधिक तहमा विभाजन गर्नुपर्..

इन्जिनियरहरूकाे शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरे लाठी चार्ज, दर्जनाै इन्जिनियर घाइते
इन्जिनियरहरूकाे शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरे लाठी चार्ज, दर्जनाै इन्जिनियर घाइते

काठमाडौं । सरकारले सेवा, सुविधावापतको रकम कटौति गरेको विरोधमा आन्दोलनरत इन्जिनियरहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ । पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले मंगलबार निषेधित क्ष..