सिंहदरबारबाट 'क्यान्टिन डन' हरू निकालिँदै, कैयाैंको धन्दा चाैपट हुँदै


पत्रपत्रिका प्रकाशित: २०७५-११-२५ गते
सिंहदरबारबाट 'क्यान्टिन डन' हरू निकालिँदै, कैयाैंको धन्दा चाैपट हुँदै

काठमाडौं । सिंहदरबार परिसरभित्र मन्त्रालयैपिच्छे खोलिएका क्यान्टिन खाली गरिने भएको छ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार त्यहाँ चारवटा मात्र क्यान्टिन राख्ने बताइएको छ। टेन्डर प्रक्रियामार्फत स्वीकृति नलिएका क्यान्टिन खाली गर्न मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले चासो राखेपछि क्यान्टिन खाली गर्ने तयारी भएको स्रोतको भनाइ छ।

हाल कृषि तथा पशुपन्छी विकास, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, पर्यटन, भूमि व्यवस्था तथा सहकारी र महिला तथा बालबालिका मन्त्रालय परिसरमा खोलिएका सात वटा क्यान्टिन बन्द भइसकेको सचिवालयल व्यवस्थापन कार्यालयले जनाएको छ।

मन्त्रालय मन्त्रालयका कर्मचारीहरू कार्यालयभन्दा क्यान्टिनमा व्यस्त हुने, कार्यालय प्रयोजनका लागि तयार भएका भवनमा क्यान्टिन बनाउँदा त्यसबाट फोहोर उत्पन्न हुने तथा सुरक्षाका कारणले समेत मन्त्रालयपिच्छे खोलिएका क्यान्टिन बन्द गर्नुपरेको मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले सिहंदरबार परिसरमा टेन्डर प्रक्रियाअनुसार स्वीकृति नलिइएका क्यान्टिन बन्द गर्न निर्देशन दिएको जानकारी दिए। ‘स्वीकृति नलिई खोलिएका क्यान्टिनका कारण फोहोर उत्पन्न भएको र सुरक्षाका कारणबाट समेत क्यान्टिनलाई व्यवस्थित गराउनुपरेको हो,’ उनले भने। नागरिक दैनिकमा यो खबर प्रकाशित छ ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





आज नेप्से १९ अंकले उकालो लाग्यो
आज नेप्से १९ अंकले उकालो लाग्यो

काठमाडौँ । आज नेप्से १९ अंकले उकालो लागेको छ । नेप्से १९ दशमलव १४ अंकले बढेर १ हजार २ सय ७९ दशमलव २९ को बिन्दुमा पुगेको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको म..

आज सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?
आज सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?

काठमाडौँ । आज सुन प्रती तोलामा एक सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको..

बुधबार सबै विदेशी मुद्राको भाउ घट्यो
बुधबार सबै विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १० पैसा र बिक्रीदर १११ रुपैयाँ ७० पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ १८ पैसा र..

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि तोकेको विदेशी मुद्राको विनियमयदर सूचीअनसार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १० पैसा र बिक्रीदर १११ रुपैयाँ ७० पैसा पुगेको छ..