सार्वजनिक यातायातमा मनलाग्दी भाडा, गाडीवालासामू बहुमतको सरकार निरिह


रासस प्रकाशित: २०७५-११-२५ गते
सार्वजनिक यातायातमा मनलाग्दी भाडा, गाडीवालासामू बहुमतको सरकार निरिह

काठमाडौं । कम्पनीमा दर्ता भई यातायात व्यवस्था विभागमा पञ्जीकरण भएका केही यातायात समितिले आफूखुसी सार्वजनिक यातायातको भाडा बढाउन थालेका छन्। 

विभागले भाडा नबढाए पनि व्यवसायीले आफूखुसी बढाएको भनी बढी भाडा लिन थालेका हुन्। बाबा गोकर्णेश्वर र सुन्दरीमाई यातायात कम्पनीका नाममा दर्ता भएका व्यवसायीले यसरी भाडा बढी लिएको यात्रुको गुनासो छ।

बाबा गोकर्णेश्वर सञ्चालन हुने रत्नपार्क–साँखु, रत्नपार्र्क–दक्षिणकाली मार्गमा अन्य यातायातले भन्दा बढी लिइरहेको यात्रु रामचन्द्र सिम्खडाले बताए। रत्नपार्कबाट थलीसम्म बज्रयोगिनीलगायत अन्य कम्पनीका सवारीले रु २५ भाडा लिने गरेकामा बाबा गोकर्णेश्वरले रु ३० लिन्छ। साँखुसम्मको भाडा पनि अन्य सवारीको भन्दा रु पाँच बढी लिने गरेको उनले बताए।

यसैगरी सुन्दरीमाई यातायात समितिले भने फागुन ७ गतेदेखि भाडा बढाएको भन्दै आफूखुसी भाडा लिन थालेको छ। यसअघि रत्नपार्क–सुन्दरीजलको भाडा रु २४ तोकिएकामा फागुन ७ गते बढाएको भन्दै रु छ बढी अर्थात् रु ३० असुल्न थालिएको यात्रु सविना घिमिरेले बताइन्।

विभागले असोज ७ गतेपछि भाडा बढाएको छैन। कम्पनीका कार्यालय प्रमुख उपेन्द्र न्यौपाने भने विभागले असोज ७ गते गरेको भाडा वृद्धिकै आधारमा फागुन ७ गते समायोजन गरिएको दाबी गरे। असोजदेखि फागुन ७ गतेसम्म सुन्दरीमाई यातायातले तोकिएको भाडा रु २४ भए पनि रु २५ लिएर यो मार्गमा सवारी चलाउँदै आएको थियो। 

विभागको वेबसाइटमा अहिले पनि असोज ७ गतेपछि भाडा नबढाइएको उल्लेख छ। यस वर्ष असोज ७ गते पनि दसैंको अग्रिम भाडा खोल्नुपूर्व व्यवसायीले दिएको दबाबका कारण भाडा वृद्धि भएको थियो। सुन्दरीमाई यातायात कम्पनीले बेलुकी ८ बजेपछि विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई ४५ प्रतिशत छुट पनि नदिएको यात्रु घिमिरेले गुनासो गरे।

सवारी तथा यातायात व्यवस्था ऐन र नियमावलीमा सवारीले टिकट दिएर यात्रा गराउनुपर्ने उल्लेख भए पनि यो व्यवस्था अझै कार्यान्वयन हुन सकेको छैन । उपभोक्ता मञ्चका उपाध्यक्ष रोशन पोखरेल ऐनमा भएको यातायात निरीक्षकको व्यवस्था विभागले नगर्दा यातायात क्षेत्रका धेरै समस्या समाधानमा भन्दा जटिल बन्दै गएको बताउँछन्।

ऐन बनेको २६ वर्षसम्म पनि कार्यान्वयन नहुँदा यात्रु मर्कामा पर्ने गरेको उनले सुनाए।  



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





अबको दुई महिनामै नेपालमा रेल कुद्ने
अबको दुई महिनामै नेपालमा रेल कुद्ने

काठमाडौं । सरकारले नयाँ वर्षदेखि जयनगर–कुर्था ९जनकपुरदेखि पश्चिम० रेल सेवा सञ्चालन गर्ने भनिएपछि दुई महिना ढिला हुने भएको छ । रेल बनाउने भारतीय कम्पनीले रेल बनेर आउँन अझ..

बँदेल मार्न विद्युतीय धराप थापेको आरोपमा ५ जना पक्राउ
बँदेल मार्न विद्युतीय धराप थापेको आरोपमा ५ जना पक्राउ

बुटवल । विद्युतीय धराप थापेको आरोपमा पाँच जना पक्राउ परेको छ ।  पक्राउ पर्नेमा चन्द्रबहादुर थापा, तिलोत्तमा नगरपालिका– ११ का २६ वर्षीय उपेन्द्र शाह, ३५ वर्षीय नर..

घुस रकमसहित दुई कर्मचारी फसे अख्तियारको फन्दामा
घुस रकमसहित दुई कर्मचारी फसे अख्तियारको फन्दामा

इलाम । दुई जना कर्मचारी बुधबार पक्राऊ परेका छन् । ६ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा इलामबाट जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा बिनोद बिसी र युवा स्वरोजगार कार्यक..

अवैध भरुवा बन्दुकसहित २ जना पक्राउ
अवैध भरुवा बन्दुकसहित २ जना पक्राउ

काठमाडौं । स्याङ्जामा ९ थान अवैध भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयबाट अवैध हात हतियार बुझाउने ३५ दिने सूचना जारी गरेसँगै जिल्ला प्रहरी..