सहकारीमा मनलाग्दी : आफैं अध्यक्ष, आफैं ऋणी


पत्रपत्रिका प्रकाशित: २०७५-११-३० गते 07:52:06 AM
सहकारीमा मनलाग्दी : आफैं अध्यक्ष, आफैं ऋणी

काठमाडौं । सिभिल ग्रुपले प्रवर्द्धधन गरेको सिभिल सेभिङ एन्ड को-अपरेटिभले ९१ प्रतिशत कर्जा आफ्नै स्वामित्वका अन्य तीनवटा व्यवसायमा लगानी गरेको पाइएको छ । सहकारीको आर्थिक वर्ष २०७४/७५ को अन्तिम लेखा परीक्षण प्रतिवेदनअनुसार संस्थाले आठ अर्ब १३ करोड ६७ लाख रुपैयाँ कर्जामध्ये सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्ट प्रालि, सिभिल इस्टेट प्रालिमा गरी सात अर्ब ४३ करोड रुपैयाँ लगानी गरेको छ। यी तीनवटै कम्पनी सिभिल ग्रुपबाट प्रवर्द्धधित छन् ।

सहकारीमा २ हजार ६ सय ९० सदस्य बचतकर्ता छन्। सिभिल सेभिङ एन्ड कोअपरेटिभ सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले प्रवर्द्धधन गरेका हुन् । पेसाले इन्जिनियर तामाङ पछिल्लो समय रियलस्टेट व्यवसायमा छन् । उनी बैंकका प्रवर्द्धधक हुन् भने अघिल्लो संसद्मा सांसदसमेत थिए । कुनै बेला कानुन बनाउने निकायमा रहेका तामाङले सिभिल सेभिङ एन्ड कोअपरेटिभमा भने नियामक निकायकै धज्जी उडाएका छन् । सहकारीले कुल पुँजीकोषको १० प्रतिशतभन्दा बढी कर्जा एकै व्यक्तिलाई दिन मिल्दैन । 

संस्थाको लेखा परीक्षण प्रतिवेदनले पनि यसलाई जोखिमका रूपमा औंल्याएको छ । कानुनले बर्जित गर्दागर्दै सहकारीले परिचालन गरेको कर्जा तामाङले प्रवर्द्धधन गरेका तीनवटा व्यवसायमा मात्र किन केन्द्रित भयो भन्ने प्रश्नमा संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठले सबै कर्जा एउटै व्यक्तिका नाममा प्रवाह नभएको दाबी गरे । श्रेष्ठले सिभिल होम्स प्रालिको कर्जा तामाङ अध्यक्ष भएकै समयमा स्वीकृत भएको जानकारी दिए । उनले प्रालिले नियमित रूपमा ब्याज भुक्तानी गरिरहेकाले सहकारी सञ्चालनमा समस्या नरहेको बताए । तामाङ यसअघि दुई कार्यकाल सहकारीका अध्यक्ष भएका थिए ।

सहकारीको नियमन फितलो हुँदा विगतमा पनि सेयर सदस्य तथा निक्षेपकर्ताको ठूलो पुँजी अपचलन भएको थियो । सात वर्षअघि १३० सहकारी संस्था समस्यामा परेपछि ती संस्थाका बचतकर्ताको ११ अर्ब रुपैयाँभन्दा बढी बचत डुबेको छ । विगतमा सहकारी विभागबाट नियमन हुँदै आएका सहकारी संस्था नयाँ व्यवस्थाअनुसार स्थानीय सरकारले नियमन गर्ने व्यवस्था छ । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





तिब्बती शरणार्थी शिविर जोखिममा
तिब्बती शरणार्थी शिविर जोखिममा

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरोमा रहेको तिब्बती शरणार्थी शिविर सुक्खा पहिरोको जोखिममा परेको छ । बस्ती तल रहेको कालीगण्डकी किनार तर्फबाट सुक्खा पहिरो खस..

भ्रष्टाचारको छानबिनको माग गर्दै विवेकशील दलद्वारा अख्तियारमा उजुरी दर्ता
भ्रष्टाचारको छानबिनको माग गर्दै विवेकशील दलद्वारा अख्तियारमा उजुरी दर्ता

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको छानबिन गरी कारबाहीको माग गर्दै विवेकशील नेपाली दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज (मंगलबार) उजुरी दर्ता गरे..

सिलिण्डर पड्केर मृत्युहुनेको सनाखत
सिलिण्डर पड्केर मृत्युहुनेको सनाखत

चौतारा । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ फुल्पीङकट्टिस्थित माथिल्लो चाकुखोला ‘ए’ जलविद्युत् आयोजनाको खाजाघरमा ग्यास सिलिण्डर पड्केर चार मजदूरको मृत्यु भए..

चिठ्ठाकोे एक किलो सुनबाट एम्बुलेन्स
चिठ्ठाकोे एक किलो सुनबाट एम्बुलेन्स

पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बम्पर पुरस्कारवापत प्राप्त एक किलो सुनबाट एम्बुलेन्स खरीद गर्ने भएका छन् ।  समितिको वीरगञ्ज शाखा कार्यालयलाई कान्तिपुर पब्लि..