बरदानले नमस्कार गर्दै राष्ट्रपतिको १८ करोडको गाडीमाथि गरे यस्तो ब्यङ्ग्य 

  |   प्रकाशित :

काठमाडौं । प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मका क्रियाकलापलाई ब्यङ्ग्य गर्दै गीत ‘बरदानको नमस्कार’ सार्वजनिक गरेका छन् । 

गायक वरदान बस्नेतले गीत आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतमार्फत गायकले राष्ट्रपतिले अहिले चढ्ने भनिएको १८ करोडको गाडी उनको चमत्कार भएको भन्दै ब्यङ्ग्य ठोकेका छन् । उनले गीतमा बलात्कारको पीडाबाट चिच्याइरहेको जनताको दुःख, नेताहरुले गरेको भ्रष्टाचार र मूल्य बृद्धीमाथि पनि ब्यङ्ग्य कसेका छन् । 

यस्ता छन् उनका गीत :


(लोक गायक पशुपति शर्माको पछिल्लो गीत ‘लुट्न सके लुट’ विवादमा तानिएपछि एकसमय नेपाली सांगीतिक आकाश निकै राम्रोसँग तात्यो । भ्रष्टाचारको बिषय लक्षित गरेर राज्यका उच्च ओहोदा रहेका माथि ब्यङ्ग्य प्रहार गरिएको गीतले गीतमा कस्ता शब्द प्रयोग गर्ने, नगर्ने भन्ने बिषयको बहस श्रृजना गर्यो । उक्त बहस अहिले त्यतिकै सेलाएको छ । तर राज्य र राज्यका उच्च पदका विषयमा विभिन्न किसिमका गीतसंगीत निर्माण हुन भने रोकिएका छैनन् ।) 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech