प्रहरीको गाडीमा एम्बुलेन्स ठोक्कियो, ४ जना गम्भिर 


नेपाल पाना प्रकाशित: २०७५-११-३० गते 04:15:42 PM
प्रहरीको गाडीमा एम्बुलेन्स ठोक्कियो, ४ जना गम्भिर 

नवलपरासी । प्रहरी चढेको गाडीलाई एम्बुलेन्सले ठक्कर दिँदा ४ जना घाइते भएका छन् ।

कावासोती(१६ को चालीस किलो जंगल नजिकै लु १ च ७४२५ नं।को बिरामी बोकेको नेपाल रेडक्रस सोसाइटी उपशाखा अरुणखोलाद्वारा सञ्चालित एम्बुलेन्सले प्रहरी चढेको बा २ झ १४६५ नं।को गाडीलाई ठक्कर दिँदा एम्बुलेन्समा सवार बिरामीसहित ४ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा घाइते हुनेमा मध्यविन्दू(१० बस्ने ४८ वर्षिय आनन्द जैसी, ७४ वर्षिय मानकुमारी जैसी, ८१ वर्षिय दुलनाथ जैसी र एम्बुलेन्स चालक ५१ वर्षिय खुमाकान्त न्यौपाने रहेका छन् । उनीहरुको अवस्था गम्भिर रहेको र कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्व जाँदै गरेको प्रहरी चढेको गाडीलाई तिब्र गतिमा रहेको एम्बुलेन्सले पछाडी पट्टिको भागमा ठक्कर दिई अनियन्त्रित भएर पल्टिएको प्रहरीको भनाई छ ।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





तिब्बती शरणार्थी शिविर जोखिममा
तिब्बती शरणार्थी शिविर जोखिममा

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरोमा रहेको तिब्बती शरणार्थी शिविर सुक्खा पहिरोको जोखिममा परेको छ । बस्ती तल रहेको कालीगण्डकी किनार तर्फबाट सुक्खा पहिरो खस..

भ्रष्टाचारको छानबिनको माग गर्दै विवेकशील दलद्वारा अख्तियारमा उजुरी दर्ता
भ्रष्टाचारको छानबिनको माग गर्दै विवेकशील दलद्वारा अख्तियारमा उजुरी दर्ता

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको छानबिन गरी कारबाहीको माग गर्दै विवेकशील नेपाली दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज (मंगलबार) उजुरी दर्ता गरे..

सिलिण्डर पड्केर मृत्युहुनेको सनाखत
सिलिण्डर पड्केर मृत्युहुनेको सनाखत

चौतारा । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ फुल्पीङकट्टिस्थित माथिल्लो चाकुखोला ‘ए’ जलविद्युत् आयोजनाको खाजाघरमा ग्यास सिलिण्डर पड्केर चार मजदूरको मृत्यु भए..

चिठ्ठाकोे एक किलो सुनबाट एम्बुलेन्स
चिठ्ठाकोे एक किलो सुनबाट एम्बुलेन्स

पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बम्पर पुरस्कारवापत प्राप्त एक किलो सुनबाट एम्बुलेन्स खरीद गर्ने भएका छन् ।  समितिको वीरगञ्ज शाखा कार्यालयलाई कान्तिपुर पब्लि..