निर्मला प्रकरण : आरोपी ६ प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश, एसपी बिष्ट र डिएसपी जिसीका नाममा वारेन्ट जारी


नेपाल पाना प्रकाशित: २०७५-११-३० गते 06:29:27 PM
निर्मला प्रकरण : आरोपी ६ प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश, एसपी बिष्ट र डिएसपी जिसीका नाममा वारेन्ट जारी

भीमदत्तनगर - कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी आज धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले थुनछेक बहसपछि आदेश जारी गर्दै यातनाविरुद्धको कसूरमा मुद्दाका प्रतिवादी तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई रु पाँच/पाँच लाख धरौटीमा रिहाइको आदेश गरेको छ ।

सो मुद्दामा अन्य प्रतिवादी तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्लीराज विष्ट र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी फरार रहेको जिल्ला अदालतले जनाएको छ। त्यसैगरी सार्वजनिक न्यायविरुद्धको कसूरमा तत्कालीन प्रहरी नायब उपरीक्षक सेटी, प्रहरी निरीक्षकद्वय खड्का र जगदीशप्रसाद भट्टलाई पनि रु चार/चार लाख धरौटीमा रिहा गर्न आदेश दिइएको जिल्ला अदालतका डिठ्ठा रुद्रप्रसाद बोगटीले जानकारी दिए ।

त्यसैगरी उक्त सार्वजनिक न्याय कसूरविरुद्धको मुद्दाका प्रतिवादी तत्कालीन प्रहरी नायब निरीक्षक हरिसिंह धामीलाई रु तीन लाख ५० हजार र प्रहरी नायब निरीक्षक रामसिंह धामीलाई रु तीन लाख तथा प्रहरी जवान चाँदनी साउदलाई रु २ लाख ५० हजारमा धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

गत पुस ३ गते निर्मला पन्तकी आमा दुर्गादेवीले छोरीको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोपमा सार्वजनिक न्यायविरुद्धको कसूरमा तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्लीराज विष्टसहित आठ प्रहरी कर्मचारीविरुद्ध मुद्दा दायर गरेकी थिइन् । उक्त घटनामा प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरेका भीमदत्तनगरपालिका–१९ बाघफाँटाका दिलिपसिंह विष्टका दाजु खड्का विष्टले भाइ दिलीपलाई अनुसन्धानका क्रममा प्रहरी हिरासतमा यातना दिएको भन्दै प्रहरी प्रमुख विष्टसहित चार जनाविरुद्ध मुद्दा दायर गरेका थिए ।

“अदालतमा अनुपस्थित रहेकाको सवालमा पनि कानूनी प्रक्रिया अघि बढेको छ ।” जिल्ला अदालतका डिठ्ठा बोगटीले भन्नुभयो, “फरार प्रतिवादीहरुलाई अदालतमा उपस्थित हुन ३५ दिने सूचना जारीसमेत भइसकेको छ ।” उनले आज बेलुकी ५ बजेसम्म धरौटी बुझाउन नसक्ने प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिने बताए । साथीका घरबाट गृहकार्य गरेर घर फर्किरहेकी पन्तको गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको थियो । 



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





विप्लवका कार्यकर्ताविरुद्ध प्रहरी आक्रामक भएपछि गोली हानाहान, सादा पोसाकमा सेना खटाइयाे
विप्लवका कार्यकर्ताविरुद्ध प्रहरी आक्रामक भएपछि गोली हानाहान, सादा पोसाकमा सेना खटाइयाे

अछाम । अछाममा विप्लव कार्यकर्ता र प्रहरीबीच  दिउँसो गोली हानाहान भएको छ।रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासेनको झाँता दोहोरो गाेली हानाहान भएको प्रहरीले जनाएको छ। स्थ..

धर्ना बस्न खोज्ने पक्राउ
धर्ना बस्न खोज्ने पक्राउ

काठमाडौँ । पूँजी बजारको विकासका लागि आफ्ना विभिन्न माग सम्बोधन नभएको भन्दै नेपाल स्टक एक्सचेञ्जको भद्रकालीस्थित कार्यालयमा धर्नामा उत्रिएका शेयर लगानीकर्ता दवाब समूहका प्रतिनि..

अब प्रअ हुनलाई आउँदैछ नयाँ नियम
अब प्रअ हुनलाई आउँदैछ नयाँ नियम

काठमाडौँ । शैक्षिक सुधारका लागि शिक्षा नीति, कार्यक्रम तथा ऐनमा व्यापक सुधारको खाँचो औँल्याइएको छ । यसका लागि विद्यालयलाई साधारण, व्यावसायिक तथा प्राविधिक तहमा विभाजन गर्नुपर्..

इन्जिनियरहरूकाे शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरे लाठी चार्ज, दर्जनाै इन्जिनियर घाइते
इन्जिनियरहरूकाे शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरे लाठी चार्ज, दर्जनाै इन्जिनियर घाइते

काठमाडौं । सरकारले सेवा, सुविधावापतको रकम कटौति गरेको विरोधमा आन्दोलनरत इन्जिनियरहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ । पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले मंगलबार निषेधित क्ष..