भारतबाट फर्किएका नेपाली कामदारमा कालाजार


नेपाल पाना प्रकाशित: २०७५-१२-१ गते 04:55:40 PM
भारतबाट फर्किएका नेपाली कामदारमा कालाजार

दार्चुला । भारतमा झण्डै १५ वर्ष काम गरी फर्किएका मालिकार्जुन गाउँपालिका–२ का ३० वर्षीय धनसिंह धामीको स्वास्थ्य परीक्षण गर्दा कालाजार भेटिएको दार्चुला जिल्ला अस्पतालले जनाएको छ ।

भारतको हिमाञ्चल प्रदेशको होटलमा काम गर्दै आएका धामी गत साउन महीनामा घर फर्केका थिए । शुरुमा कमलपित्तको लक्षण देखिएकाले घरमै बसेर वैद्यको सहयोगमा उपचार गराउँदै आएका उनको सो रोग निको नभएपछि जिल्ला अस्पतालमा उपचार गराउन आउँदा कालाजार भएको पाइएको चिकित्सक अनिल बडालले जानकारी दिए ।

रगत परीक्षण गर्दा कालाजार भएको प्रमाणित भएकाले उहाँलाई जिल्ला अस्पतालले औषधि दिएर थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी जान भनेको जनाइएको थियो ।

हिमाञ्चलमा कुक भएर काम गरेँ, धामीले भने, “भट्टामा तन्दुरी हाल्थे, स्वास्थ्यको ख्याल गरिएन् । आफू १५ वर्षको उमेर हुँदादेखि हिमाञ्चलमा बस्दै आएको र अहिले घर फर्किदा ज्वरो आउने र कमलपित्त हुनेजस्ता लक्षण देखिएको थियो ।”

गतवर्ष कालाजारका बढी बिरामी भेटिएका कारण क्षेत्रीय स्वास्थ्य निर्देशनालयले आवश्यक सामग्री उपलब्ध गराएको थियो । यो वर्ष अहिलेसम्म औषधिलगायत किट्स नपाइएको प्रयोगशालाका दीपक विष्टले बताए।

गतवर्ष महाकाली नगरपालिकाकै चार जनामा यो रोग देखा परेकामा एक जनाको ज्यान गएको थियो । कालाजार भेटिएपछि गतवर्ष क्षेत्रीय स्वास्थ्य निर्देशनालयको टोलीले जिल्लाका शङ्कास्पद व्यक्तिमा जाँच गरेको थियो ।

यो रोग लागेपछि दुब्लाउँदै जाने, कमजोर हुने, खोकी लाग्ने, महिनौंसम्म ज्वरो आउने, जिउको रङ कालो हुँदै जाने, छाला खस्रो हुने, रक्तअल्पता, राति पसिना आउने, पेट फुल्ने, कलेजोको आकार बढ्ने, रगत बग्नेजस्ता लक्षण देखापर्ने गर्छ ।

यो रोग लिस्मेनिया नामक पोथी भुसुनाको टोकाइबाट मानिसमा सर्ने गरेको चिकित्सक बडालले बताउनुभयो । प्राय गर्मीयाममा साँझपख र राति भुसुना बढी सक्रिय हुन्छन् । पछिल्लो सयम जिल्लामा फोहर बढ्दै जानु, नाली नहर सफाइ नहुनुले पनि भुसुना बढेको बताइन्छ।

भुसुनाको टोकाइबाट बच्न लामा बाहुला भएको कमिज, लामो पेन्ट, र मोजा लगाउन र भुसुना भगाउने तेल वा क्रिमले शरीरमा मालिस गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझव छ ।

यस्तै साँझको बेला भुसुना बढी सक्रिय हुने भएकाले विना कारण घरबाहिर नघुम्ने, राति सुत्दा झुल हाल्ने गरे पनि बच्न सकिने स्वास्थ्यकर्मीको सुझाव छ । कालाजार उपचारबाट निको हुने रोग भएकोले समयमै स्वास्थ्य संस्थामा आएर जाँच गराउन पनि स्वास्थ्यकर्मीको आग्रह छ ।

पछिल्लो समय सडकको पहुँच पुगेसँगै तराई क्षेत्रमा पाइने भुसुना लामखुट्टे गाडीसँगै पहाड उक्लिएका हुन् । अहिले चिसो हुने गाउँमा पनि लामखुट्टे देखिन थालेकाले स्वास्थ्यकर्मीले सङ्क्रमण भएको थाहा पाउने वित्तिकै स्वास्थ्य संस्थामा जाँच गराउन आग्रह गर्दै आएका छन् ।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





विप्लवका कार्यकर्ताविरुद्ध प्रहरी आक्रामक भएपछि गोली हानाहान, सादा पोसाकमा सेना खटाइयाे
विप्लवका कार्यकर्ताविरुद्ध प्रहरी आक्रामक भएपछि गोली हानाहान, सादा पोसाकमा सेना खटाइयाे

अछाम । अछाममा विप्लव कार्यकर्ता र प्रहरीबीच  दिउँसो गोली हानाहान भएको छ।रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासेनको झाँता दोहोरो गाेली हानाहान भएको प्रहरीले जनाएको छ। स्थ..

धर्ना बस्न खोज्ने पक्राउ
धर्ना बस्न खोज्ने पक्राउ

काठमाडौँ । पूँजी बजारको विकासका लागि आफ्ना विभिन्न माग सम्बोधन नभएको भन्दै नेपाल स्टक एक्सचेञ्जको भद्रकालीस्थित कार्यालयमा धर्नामा उत्रिएका शेयर लगानीकर्ता दवाब समूहका प्रतिनि..

अब प्रअ हुनलाई आउँदैछ नयाँ नियम
अब प्रअ हुनलाई आउँदैछ नयाँ नियम

काठमाडौँ । शैक्षिक सुधारका लागि शिक्षा नीति, कार्यक्रम तथा ऐनमा व्यापक सुधारको खाँचो औँल्याइएको छ । यसका लागि विद्यालयलाई साधारण, व्यावसायिक तथा प्राविधिक तहमा विभाजन गर्नुपर्..

इन्जिनियरहरूकाे शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरे लाठी चार्ज, दर्जनाै इन्जिनियर घाइते
इन्जिनियरहरूकाे शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरे लाठी चार्ज, दर्जनाै इन्जिनियर घाइते

काठमाडौं । सरकारले सेवा, सुविधावापतको रकम कटौति गरेको विरोधमा आन्दोलनरत इन्जिनियरहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ । पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले मंगलबार निषेधित क्ष..