मातृका यादव मन्त्री पदबाट हट्न देखाए यस्तो संकेत, अरू काे-काे छन् परिवर्तनकाे लिष्टमा?


नेपाल पाना प्रकाशित: २०७५-१२-१ गते 06:51:10 PM
मातृका यादव मन्त्री पदबाट हट्न देखाए यस्तो संकेत, अरू काे-काे छन् परिवर्तनकाे लिष्टमा?

काठमाडौं – दुई तिहाईका कम्युनिष्ट सरकारमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आफू पदबाट हट्न लागेको संकेत देखाएका छन्। मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेका बेला मन्त्री यादवले आफू पनि पदबाट हट्न लागेको स्पष्ट संकेत देखाएका हुन्।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलनपछि कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएका मन्त्री परिवर्तन गर्ने योजनामा रहेका छन्।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नतिजा व्यवस्थापन महाशाखाको अनुगमनमा मातृकासहित आधाभन्दा बढी मन्त्री कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएका छन्। कमजोर देखिएका मन्त्री परिवर्तन गर्न प्रधानमन्त्री ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग पटक पटक परामर्शसमेत गरिसकेका छन्।

शुक्रबार विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा भावुक हुँदै उद्योगमन्त्री यादवले लगानी सम्मेलनपछि आफू मन्त्री पदमा कायम नरहने संकेत गरे। मन्त्री पदबाट हटाउने तयारीपछि आफूलाई कर्मचारीले समेत टेर्न छोडेको गुनासोसमेत उनले गरे।  

शुक्रबार विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा भावुक हुँदै उद्योगमन्त्री यादवले लगानी सम्मेलनपछि आफू मन्त्री पदमा कायम नरहने संकेत गरे। मन्त्री पदबाट हटाउने तयारीपछि आफूलाई कर्मचारीले समेत टेर्न छोडेको गुनासोसमेत उनले गरे।

‘म आज मन्त्री हुँ। सधैं त मन्त्री रहन्नँ नि। मन्त्री कर्मचारीजस्तो स्थायी जागिरे होइनन्’, उनले भने, ‘मन्त्रीहरु जाँदै छन् भनेर हल्ला हुँदा कुनै हाकिमले टेर्दैनन्। त्यसमध्ये म परेको हुँ। त्यस्तो अवस्था पनि छ।’

मन्त्रिमण्डल परिवर्तन हुने  संकेत फागुन २८ गते नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले  एक अाैपचारिक कार्यक्रममा गरेका थिए। उनले पनि सरकारद्वारा जन आपेक्षा अनुसार काम हुन नसकेको कुरा बाहिर आएपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको बताए।

स्राेतका अनुसार सरकारले जनताको अपेक्षअनुसार काम गर्न नसकेको भन्दै सडकदेखि सदनसम्म आलोचना भएपछि प्रधानमन्त्री ओली मन्त्रीहरुको विभिन्न काेणबाट कार्यक्षमता र कामको  शैली चेकजाँच गर्न लागि परेका छन्।

सरकारविरुद्ध प्रतिपक्षी दलले सडक र सदन तताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रीहरुको कार्यक्षमता मूल्यांकन गर्न थालेको हो ।प्रधानमन्त्री अाेली मन्त्रीहरुको कामप्रति असन्तुष्ट देखिएकाे स्राेतकाे दाबी छ।

सरकारले  आशा गरिएका मन्त्रीहरु समेत परिणाममुखी काममा भन्दा व्यक्तिगत प्रचारमा केन्द्रित भएको र सरकारको ‘स्पिड’लाई आत्मसाथ नगरेको भन्दै प्रधानमन्त्री ओलीले कार्यक्षमतामा कमजोर देखिएका मन्त्रीहरुलाई छुट्टाछुट्टै बोलाएर सचेत गराउन सुरु गरेका छन्।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र कुनै बेला जनताको नजरमा उत्कृष्ट बनेको  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित प्रधानमन्त्रीले तयार पारेको लिस्ट को रेड जोनमा  एक नम्बरमा परेका छन्,।

को को छन् ग्रिन जोनमा?

सरकारले  सन्तोषजनक अर्थात ग्रिन जोनका  सूचीमा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट र अर्थमन्त्री युवराज खतिवडा लाई राखेको छ।

यल्लो जोनमा कोको परे?

सरकारले आफ्नो लिस्टको यल्लो जोनमा  शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, महिला बालबालिका मन्त्री थममाया थापा मगर, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार, कृषिमन्त्री चक्रपाणि खनाल, खानेपानी मन्त्री विना मगर र सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा लाई यल्लो जोनमा राखेका छन्।

 



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





विप्लवका कार्यकर्ताविरुद्ध प्रहरी आक्रामक भएपछि गोली हानाहान, सादा पोसाकमा सेना खटाइयाे
विप्लवका कार्यकर्ताविरुद्ध प्रहरी आक्रामक भएपछि गोली हानाहान, सादा पोसाकमा सेना खटाइयाे

अछाम । अछाममा विप्लव कार्यकर्ता र प्रहरीबीच  दिउँसो गोली हानाहान भएको छ।रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासेनको झाँता दोहोरो गाेली हानाहान भएको प्रहरीले जनाएको छ। स्थ..

धर्ना बस्न खोज्ने पक्राउ
धर्ना बस्न खोज्ने पक्राउ

काठमाडौँ । पूँजी बजारको विकासका लागि आफ्ना विभिन्न माग सम्बोधन नभएको भन्दै नेपाल स्टक एक्सचेञ्जको भद्रकालीस्थित कार्यालयमा धर्नामा उत्रिएका शेयर लगानीकर्ता दवाब समूहका प्रतिनि..

अब प्रअ हुनलाई आउँदैछ नयाँ नियम
अब प्रअ हुनलाई आउँदैछ नयाँ नियम

काठमाडौँ । शैक्षिक सुधारका लागि शिक्षा नीति, कार्यक्रम तथा ऐनमा व्यापक सुधारको खाँचो औँल्याइएको छ । यसका लागि विद्यालयलाई साधारण, व्यावसायिक तथा प्राविधिक तहमा विभाजन गर्नुपर्..

इन्जिनियरहरूकाे शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरे लाठी चार्ज, दर्जनाै इन्जिनियर घाइते
इन्जिनियरहरूकाे शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरे लाठी चार्ज, दर्जनाै इन्जिनियर घाइते

काठमाडौं । सरकारले सेवा, सुविधावापतको रकम कटौति गरेको विरोधमा आन्दोलनरत इन्जिनियरहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ । पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले मंगलबार निषेधित क्ष..