डोनल्ड ट्रम्पको पर्खाल परियोजनामाको विपक्षमा रिपब्लिकन सिनेटहरू पनि


एजेन्सी प्रकाशित: २०७५-१२-१ गते 09:45:09 PM
डोनल्ड ट्रम्पको पर्खाल परियोजनामाको विपक्षमा रिपब्लिकन सिनेटहरू पनि

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको संसदको माथिल्लो सदन सिनेटले दक्षिणी सिमानामा पर्खाल बनाउनको लागि रकमको जोहो गर्न राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकाल उल्ट्याउने पक्षमा मतदान गरेको छ ।

केही रिपब्लिकन सिनेट सदस्यहरूले विद्रोह गरेपछि राष्ट्रपति ट्रम्पलाई अप्ठ्यारो परेको छ ।आफ्नो पार्टीको निर्देशन विपरीत तथा राष्ट्रपतिको आदेशको विपक्षमा १२ जना रिपब्लिकन सिनेट सदस्यहरूले मतदान गरिदिएपछि ट्रम्पको योजना प्रभावित हुने अवस्था आएको हो ।ट्रम्पले एक ट्विट सन्देशमा आफूले अब विशेष अधिकार ( भिटो) प्रयोग गरेर भएपनि आफ्नो योजना सफल पारिछाड्ने प्रतिक्रिया दिएका छन् ।तर विपक्षी डेमोक्रयाटिक पार्टीको वर्चश्व रहेको प्रतिनिधिसभाका डेमोक्रयाटिक पार्टीका नेताका एक सहयोगीले राष्ट्रपतिको कदम फेरि सदनबाट उल्टिइने बताएका छन्।

सिनेटमा डेमोक्रयाटिक पार्टीका नेता चक शुमरले राष्ट्रपतिको विपक्षमा मतदान गर्ने सत्तारुढ दलका सिनेटरहरूलाई धन्यवाद ज्ञापन गरे ।उनले भने, “रिपब्लिकनहरूले आफू साहसी भएर हो, या सिद्धान्तमा अडिग भएर हो, या त आकुल व्याकुल भएर हो आफ्ना राष्ट्रपतिले सीमा नाघ्न खोज्दा उहाँलाई ठाउँमा ल्याउन थालेका छन् ।

”विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी विज्ञहरूलाई उद्धृत गरी भनेका छन्, “रिपब्लिकन पार्टीका सिनेटरहरूले गरेको यो ठूलो विद्रोह हो र यो ट्रम्पका लागि एक प्रकारको धक्काको रूपमा आएको छ ।”उनीहरूका अनुसार यो कदम पर्खाल योजनाप्रति सिनेटरको विरोध नभएको तर कंग्रेसको संवैधानिक अधिकार मिचेर संकटकाल घोषणा गर्ने राष्ट्रपति ट्रम्पको कदमप्रति क्रुद्ध भएपछि आएको स्वतन्त्र निर्णय थिए ।पर्खाल परियोजनाका लागि आवश्यक पर्ने सबै रकम दिन कंग्रेस तयार नभएपछि ट्रम्पले संकटकालको बाटो रोन्ने बताउँदै आएका थिए ।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





 विद्यार्थीबाट शिक्षिकाको गर्भ बसेपछि १० वर्ष कैद
 विद्यार्थीबाट शिक्षिकाको गर्भ बसेपछि १० वर्ष कैद

वासिङ्टन । अमेरिकामा एक शिक्षिकामाथि १३ वर्षीय   विद्यार्थीसँग यौन सम्बन्ध राखेको आरोपमा करिब एक वर्ष मुद्दा चलेपछि अन्तिम फैसला आएको छ। शिक्षिका अलेक्जेन्ड्रा बेराल..

मेक्सिको सीमामा पर्खाल बनाउन एक अर्ब डलर निकासा
मेक्सिको सीमामा पर्खाल बनाउन एक अर्ब डलर निकासा

वासिङ्टन – अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न एक अर्ब डलर निकासा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा आप..

ट्रम्पको घोषणाप्रति साउदी अरेबिया क्रुद्ध
ट्रम्पको घोषणाप्रति साउदी अरेबिया क्रुद्ध

रियाद । गोलान हाइटस् इजरायलको सार्वभौमिक क्षेत्रमा पर्छ भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइको साउदी अरेबियाले विरोध गरेको छ । सोमबार साउदी अरेबियाले उक्त भनाइप्रति आपत..

हमास र इजरायलबीच युद्धबिराम
हमास र इजरायलबीच युद्धबिराम

गाजा सिटी – इजरायलले गाजा क्षेत्रमा हवाई आक्रमण गरेलगत्तै हमास समूहले इजरायल समक्ष युद्धबिराम भएको जनाएको छ । इजिप्टको मध्यस्थतामा भएको भनिएको यस युद्धबिरामका बारेम..