व्यवसायिक घरानाको पछिल्लो पुस्ता, कहाँ छन् ? के गर्दैछन् ?


पत्रपत्रिका प्रकाशित: २०७५-१२-२ गते 08:08:35 AM
व्यवसायिक घरानाको पछिल्लो पुस्ता, कहाँ छन् ? के गर्दैछन् ?

काठमाडौं । वैद्य, गोल्छा, गोल्यान, काबरा, जैन नेपालमा वर्षौंदेखि स्थापित व्यावसायिक घराना हुन् । यी घरानाका पछिल्ला पुस्ता पनि व्यवसायमै रमाउँदै छन् । उच्च शिक्षा लिन विदेश पुगेकासमेत अध्ययन सकाएर स्वदेशमै केही गर्ने जोस र आत्मविश्वासका साथ फर्किएका छन् । अनि विदेशमा सिकेको सैद्धान्तिक र व्यावहारिक ज्ञान स्वदेशमा सदुपयोग गर्दै छन् ।

सभाना वैद्यदेखि अक्षय गोल्यान र आरजु बस्नेतसम्म व्यावसायिक घरानामा जन्मिएर व्यवसायमै समर्पित भएका केही उदाहरण हुन् । ठूला व्यावसायिक घरानाका पढेलेखेका तन्नेरीहरू :


सभाना वैद्य
वैद्य अर्गनाइजेसन

वैद्य अर्गनाइजेसन टोयोटा गाडी, चिया, कृषिलगायत व्यापारमा छ । सुरज वैद्य सिमेन्ट उद्योग खोल्न कस्सिएर लागेका छन् । तर, छोरी सभानालाई परिवारले गरिरहेकोभन्दा फरक व्यवसायमा जोखिम मोल्ने रहर छ ।

झन्डै एक दशक अमेरिकामा बस्दा पाँच वर्षजति होटेल र रियल स्टेट कम्पनीमा काम गरिन् । त्यसैले हस्पिटालिटीमै छुट्टै पहिचान बनाउने उनको योजना छ । पहिलो होटेल पोखराको वेगनासमा निर्माण गर्ने योजना छ ।

अहिले विभिन्न देश पुगेर होटेल र रिसोर्टबारे अध्ययन गरिरहेकी छिन् । ‘मैले बनाउने होटेल स्पेसल हुनुपर्छ, पुरानै ढर्राका होटेल खोल्दिनँ,’ सभाना भन्छिन्, ‘युनिक होटेल खोलेर नेपालको हस्पिटालिटी बिजनेसमै नयाँपन दिने सोच छ ।’ हाल उनी आमा रितुले खोलेको स्पा प्राणाको व्यवस्थापन हेर्छिन् ।

आरजु र आस्था बस्नेत
बुद्ध एयर प्रालि

वीरेन्द्रबहादुर बस्नेतको अवकाशपछि बुद्ध एयरको व्यवस्थापन आरजु र आस्थाको काँधमा आउने निश्चित छ । अहिले यी दिदीबहिनी व्यवसायमा एक हदसम्म सिकाइकै क्रममा छन् । सानैदेखिको सोखका कारण आरजु बुटिकतिर केन्द्रित छिन् ।

त्यसो त आस्था पनि सुरुमा बुटिकमै थिइन् । तर, दिदीलाई बुटिक सुम्पिएर उनी बुबालाई साथ दिँदै २०१७ जनवरीदेखि विमान कम्पनीमै लागिन् । बुद्ध एयरको बनारस उडानमा आस्थाको भूमिका अग्रणी छ । उनले बनारस पुगेर बजार अध्ययन गरिन्, मार्के्टिङ गरिन् ।

‘अहिले बुद्धको बनारस उडान राम्रो भइरहेको छ,’ उनी सुनाउँछिन्, ‘बुद्धले छिट्टै कोलकाता उडान भर्दै छ ।’ उनी यसकै तयारीमा छिन् । पोखरा विमानस्थल बनेपछि अन्तर्रा्ष्ट्रिय उडान सुरु गर्ने तयारी पनि छ ।

अन्तर्रा्ष्ट्रिय उडानको जिम्मेवारी सम्हाल्न सक्ने गरी आस्थाले आफूलाई दक्ष बनाउँदै छिन् । आस्थाकै अगुवाइमा बुद्धको अनलाइन प्रणालीमा व्यापक सुधार भइरहेको छ । बुद्ध एयरको अफिस वल्र्डक्लास बनाउने अठोट छ । उनको टिमले अनलाइन प्रणालीमा काम गरिरहेको छ । यो रिपोर्ट नयाँ पत्रिका दैनिकमा छापिएको छ ।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





आज विदेशी मुद्राको विनिमयदर यस्तो छ, हेर्नुहोस्
आज विदेशी मुद्राको विनिमयदर यस्तो छ, हेर्नुहोस्

काठमाडौं । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ र बिक्रीदर ११० रुपैयाँ ६० पैसा तोकेको छ । सोमबार ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैय..

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ र बिक्रीदर ११० रुपैयाँ ६० पैसा तोकेको छ । यस्तै, युरो एकको खरिददर १२४&n..

हरेक नेपालीको थाप्लोमा ३३ हजार ऋण
हरेक नेपालीको थाप्लोमा ३३ हजार ऋण

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आव ०७५/०७६ को पहिलो ८ महिनासम्म देशक..

जनमतको सत्यानाश : खरिद प्रकृया र तोकआदेश समेत बुझ्दैनन जनप्रतिनीधि
जनमतको सत्यानाश : खरिद प्रकृया र तोकआदेश समेत बुझ्दैनन जनप्रतिनीधि

जनकपुरधाम । प्रदेश २ को स्थानीय तहमा न्यायिक कार्यसम्पादन, सार्वजिनक खरीद प्रक्रिया, पदाधिकारीको जिम्मेवारी बाँडफाँड, सूचना प्रवाह र विकास कार्यमा नागरिक संलग्नताका विषयम..