महिला च्याम्पियनसिपः शहीद रंगशालामा नेपालविरुद्ध बंगलादेश


नेपाल पाना प्रकाशित: २०७५-१२-२ गते 11:53:13 AM
महिला च्याम्पियनसिपः शहीद रंगशालामा नेपालविरुद्ध बंगलादेश

विराटनगर । शहीद रंगशालामा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा शनिबार नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह चरणका अन्तिम खेल दिउँसो ३ बजे शहीद रंगशालामा हुनेछ । दुवै टिम सेमिफाइनलमा पुगिसकेकाले आजको नतिजाले समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लगाउनेछ ।

घरेलु मैदानको भरपुर उपयोग गर्दै नेपाल समूह विजेता बन्ने दाउमा छ । नेपाल र बंगलादेशले भुटानलाई पराजित गर्दै समान तीन अंक जोडेको छ । दुवै खेलमा पराजय भोगेपछि भुटान प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल पहिलोदेखि तेस्रो संस्करणसम्मको उपविजेता र बंगलादेश अघिल्लो संस्करणको उपविजेता हो ।

नेपाल र बंगलादेशबीच अहिलेसम्म भएका पाँच खेलमा नेपालले चार खेलमा जित र एकमा बराबरी गरेको छ । इतिहास आफ्नो पक्षमा भएकाले बंगलादेशविरुद्ध जित निकाल्नु त्यति कठिन नभएको नेपाली टोलीको बुझाइ छ ।

प्रशिक्षक हरि खड्काले बंगलादेशमा केही राम्रा खेलाडी रहेकाले उनीहरुलाई रोक्ने रणनीतिमा केन्द्रित हुने बताएको छ । एक खेल अगावै सेमिफाइनल पुगेका नेपाल र बंगलादेश दबाब मुक्त त छन् । तर समुह विजेता बन्दै दुवै टोली सेमिफाइनलमा भारतविरुद्वको खेल टार्न चाहन्छन् । साफ च्याम्पियनसिपको इतिहासमा दुवै टोली पहिलो पटक समूह चरणमा भिड्न लागेका हुन् ।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





इण्डियन प्रिमियर लिग : आज सन्दीप आबद्ध टीम दिल्ली र चेन्नईबीच भीडन्त
इण्डियन प्रिमियर लिग : आज सन्दीप आबद्ध टीम दिल्ली र चेन्नईबीच भीडन्त

काठमाडाैं । जारी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध टीम दिल्ली क्यापिटल र चेन्नई सुपर किंग्सबीच खेल हुँदैछ । नेपा..

इण्डियन प्रिमियर लिग : पञ्जावले राजस्थानलाई १४ रनले हरायो
इण्डियन प्रिमियर लिग : पञ्जावले राजस्थानलाई १४ रनले हरायो

काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स किंग्स इलेभेन पञ्जावसँग १४ रनले पराजित भएको छ । क्रिस गेलले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु मैदान..

मैत्रीपूर्ण खेलमा नेपाल कुवेतसँग पराजित
मैत्रीपूर्ण खेलमा नेपाल कुवेतसँग पराजित

काठमाडाैं । दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल कुवेतसँग ०-१ गोलले पराजित भएको छ । यसअघि बराबरी खेलेको नेपालले कुवेती टोलीलाई बराबरीमा रोकेको नेपालले दोस्रो मैत्रीपूर्ण खेल गुमाएको..

आज कुवेतविरुद्धको दोस्रो खेल खेल्दै नेपाल 
आज कुवेतविरुद्धको दोस्रो खेल खेल्दै नेपाल 

काठमाडौं । आज कुवेतविरुद्धको दोस्रो खेल मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीले खेल्दैछ । कुवेतको घरेलु मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः१५ बजेबाट सुरू हुनेछ ।..