‘जात्रै जात्रा’को ‘माया पिरिम’ (भिडियोसहित)

  |   प्रकाशित :

विराटनगर । चलचित्र ‘जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक गरेका छन् । निर्देशक प्रदीप भट्टराईको निर्देशनमा बनेको सो फिल्मको ‘माया पिरिम’बोलको नयाँ गीत सार्वजनिक भएको हो ।

आइतबार सार्वजनिक भएको उक्त गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको छ । लेखु सहयात्रीको शब्द तथा कृष्ण भारद्वाजको संगीतमा बनेको उक्त गीतको भिडियोमा नायिका करिष्मा माननन्ध र निश्चल बस्नेतको पनि नृत्य रहेको छ ।

फिल्ममा विपिन कार्की, रविन्द्र झा र रविन्द्रसिंह बानियाँ, दयाहाङ राई प्रकाश घिमिरे र सोहित मानन्धरको मुख्य भूमिका रहेको छ । चलचित्रको कथा निर्देशक भट्टराई आफैंले तयार पारेका हुन् ।

कलाकार रविन्द्रसिंह कार्यकारी निर्माता रहेका छन् । यस्तै सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा रहनेछन् । यो फिल्म आउँदो जेठ ३ गतेबाट रिलिज हुँदैछ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech