अभिनेत्री आलिया भट्ट अभिनेता सलमानसँग जोडी बाँध्दै 

  |   प्रकाशित :

एजेन्सी । चर्चित निर्देशक सञ्जयलीला भन्सालीको फिल्मका दुई मुख्य कलाकारको टुंगो लागेको छ । उनले निर्देशन गर्ने चलचित्र ‘इन्साअल्ला’मा अभिनेता सलमान खान र अभिनेत्री आलिया भट्टको टुंगो लागेको भारतीय मिडियाले जनाएका छन् ।

यसअघि यस फिल्ममा अभिनेता साहरुख खान पनि हुने चर्चा थियो । तर, अब उक्त फिल्ममा सलमान र आलिया फाइनल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मिडियाले मात्र नभएर सलमानले पनि एक ट्वीटमार्फत् यस कुराको पुष्टि गरेका छन् ।

उनले आज एक ट्वीट गर्दै आफू सञ्जयसँग फिल्म गर्न पाएर खुशी भएको बताएका छन् । सलमान र आलिया पहिलोपटक एउटै सिनेमामा काम गर्ने भएका हुन् । आलिया आफ्नो आउँदो फिल्म ‘कलंक’को प्रचारमा ब्यस्त छिन् भने सलमान आफ्नो फिल्म ‘भारत’मा ब्यस्त छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech