मेघगर्जनसहित वर्षाको अनुमान, कहाँ कस्तो छ अवस्था?


नेपाल पाना प्रकाशित: २०७५-१२-५ गते
मेघगर्जनसहित वर्षाको अनुमान, कहाँ कस्तो छ अवस्था?

काठमाडौं । मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले मंगलबार देशका अधिकांश स्थानमा बदली भइ पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाकाे अनुमान छ।

बुधबार देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तथा मध्य पूर्वी क्षेत्र र पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । 

त्यस्तै बिहीबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ११ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २६ दशमलव शून्य डिग्री सेल्सियस छ । त्यस्तै जोमसोमको न्यूनतम तापक्रम सबै भन्दा कम २ दशमलव शून्य डिग्री सेल्सियस छ ।

प्रिमनसुनको समय भएकाले पहाडी भू–भागको मौसम प्रभावित भई मेघ गर्जनसहित हल्का वर्षा हुने अवस्था रहेकाे महाशाखाका मौसमविद् विभुती पोखरेले बताए । उनका अनुसार प्रिमनसुनको विशेषता छोटो समय वर्षा हुने र उपत्यकाकै पनि एक ठाउँमा वर्षा हुने अर्को ठाउँमा नहुने हुन्छ । भारी वर्षा भने नहुने बताइएको छ । 



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





राष्ट्रपति बन्दै राष्ट्रघाती !,  राष्ट्रपतिको घरबाट अर्बौं अमेरिकी डलर बरामद
राष्ट्रपति बन्दै राष्ट्रघाती !,  राष्ट्रपतिको घरबाट अर्बौं अमेरिकी डलर बरामद

काठमाडौं । सुडानका अपदस्थ राष्ट्रपति ओमर अल बसिरको घरमा ठूलो मात्रामा अवैध रकम बरामद भएको छ । बरामद मुद्राकाबारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति पद..

आजकाे माैसम: चट्याङ र हावाहुरीसहित पानी पर्ने, सावधानी अपनाउन आग्रह
आजकाे माैसम: चट्याङ र हावाहुरीसहित पानी पर्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । आज देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने अनुमान गरेका छन् । पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले अहिले सफा भएको ठाउँको मौसम पनि..

मन्त्री यादवको हस्पिटलमा झुन्डिएको अवस्थामा एक नर्सको शव फेला
मन्त्री यादवको हस्पिटलमा झुन्डिएको अवस्थामा एक नर्सको शव फेला

धनुषा । जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटल परिसरभित्रको शौचालयमा एक नर्सको शव झुन्डिएको अवस्थामा फेला परेको छ । आइतबार हस्पिटल परिसरभित्रको शौचालयमा झुन्डिएको अवस्थामा म..

सत्तारुढ नेकपाको एकीकरण र भागबण्डा आज टुंगिँदै
सत्तारुढ नेकपाको एकीकरण र भागबण्डा आज टुंगिँदै

काठमाडौं । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएको ११ महिनापछि बल्ल आज एकीकरणका सबै काम टुंगिन लागेको नेताहरुले दाबी गरेका छन् ।  एकीकरण प्र..