नेपाल-भारत पारवहन सन्धीमा 'जलमार्ग' थपियो, बिराटनगर नाकासम्म कार्गो ब्लक आउने


नेपालपाना प्रकाशित: २०७५-१२-७ गते
नेपाल-भारत पारवहन सन्धीमा 'जलमार्ग' थपियो, बिराटनगर नाकासम्म कार्गो ब्लक आउने

काठमाडाैं । सन् १९९९ मा नेपाल र भारतबीच भएको पारवहन सन्धिमा अब नेपालसम्म जलमार्ग विस्तार गर्ने महत्वपूर्ण बुँदा थपिएको छ । 

दुई देशका वाणिज्य मन्त्रालयका अधिकारीको बैठकमा नेपाली पक्षले सन्धिमा जलमार्ग थप्न गरेको प्रस्तावमा भारतीय पक्षले सहमति जनाएको छ । चैत ४ र ५ गते नयाँदिल्लीमा बसेको सो बैठकमा नेपालले जलमार्गसँगै थप दुइटा बन्दरगाह प्रयोग गर्न तथा भैरहवा र विराटनगर नाकासम्म कार्गो बल्क आउन दिन प्रस्ताव राखेको थियो । 

वाणिज्य मन्त्रालयस्रोतका अनुसार नेपाली पक्षले राखेका सबै प्रस्तावमा भारतीय पक्ष सहमत भएको छ। नेपालले अहिले ठूला र प्रमुख नदीहरूमा पानीजहाज सञ्चालन गर्ने प्रकृया अघि बढाएका बेला भारतसँग महत्वपूर्ण सहमति भएको हो । 

यससँगै भारतले उडिसाको धमिरा र गुजरातको कण्डला बन्दरगाह नेपाललाई प्रयोग गर्न दिन र तेस्रो मुलुकबाट नेपाल आउने बल्क कार्गोको प्रवेश बिन्दुका रूपमा विराटनगर र भैरहवालाई समेत मान्यता दिन सहमति जनाएको छ । हालसम्म तेस्रो मुलुकबाट आउने बल्क कार्गो वीरगन्ज–रक्सौल नाकामा मात्रै ल्याउन सकिन्छ ।

पारवहन सन्धीमा नेपालको जलमार्गसमेत समेटिएकाले अब नेपालले गंगालगायत नदीमा भारतले बनाइरहेको जलमार्ग समेत उपयोग गर्न पाउनेछ । पछिल्लो सहमतिलाई दुवै देशका सरकारको मन्त्रीपरिषद्को बैठकबाट पारित गराएपछि सन्धीकै अंगका रूपमा कार्यान्वयन हुनेछ ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





दशककै ठूलाे भूमाफिया काण्डका नाइके गुप्ता र मतियारहरूकाे सम्पति रोक्का गर्न निर्देशन
दशककै ठूलाे भूमाफिया काण्डका नाइके गुप्ता र मतियारहरूकाे सम्पति रोक्का गर्न निर्देशन

वीरगञ्ज । भूमि व्यवस्थापन तथा अभिलेख विभागले किर्ते जग्गा रजिस्ट्रेशन र किर्ते रसिदजस्ता विभिन्न धन्दा गरि राज्यकोषबाट झन्डै २ अर्ब रुपैयाँभन्दा बढी कुम्ल्याएका फरार नायव सुव्..

कतारले भन्यो- ''नेपालको पानी किन्न सकिन्छ !'' 
कतारले भन्यो- ''नेपालको पानी किन्न सकिन्छ !'' 

काठमाडौं  । नेपालको खानेपानी आयात गर्न कतारले चासो देखाएसँगै सरकारले खानेपानी प्रशोधन गर्न सकिने स्रोतको खोजी र निर्यातको सम्भावनाबारे अध्ययन थालेको छ । शुक्रबार खानेपानी..

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि तोकेको विनियमयदर सूचीअनसार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६८ पैसा र बिक्रीदर १११ रुपैयाँ २८ पैसा पुगेको छ । यस्तै, य..

उद्योगमन्त्री मातृका यादवले भने- ''नेपालमा लगानी गर्नुस !''
उद्योगमन्त्री मातृका यादवले भने- ''नेपालमा लगानी गर्नुस !''

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विभिन्न देशका मन्त्रीहरुसँग नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मन्त्री यादवले बहराइनका उद्योग तथा पर्यटन..