डोल्पावासीमा  ‘हेपाटाइटिस बी’ का बिकराल समस्या,असुरक्षित यौन सम्पर्क कारक 


नेपानपाना प्रकाशित: २०७५-१२-७ गते
 डोल्पावासीमा  ‘हेपाटाइटिस बी’ का बिकराल समस्या,असुरक्षित यौन सम्पर्क कारक 

डोल्पा - हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो भोटमा ‘हेपाटाइटिस बी’ को बिकराल समस्या देखिएको छ । डोल्पो बुद्ध गाउँपालिकाको आयोजनामा सो गाउँपालिकाअन्तर्गत पर्ने धो, तिन्जे, सिमेन्टलगायत स्थानमा गत वर्ष वैशाखमा गरिएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ८० स्थानीयवासीको स्वास्थ्य जाँचगर्दा २२ जनामा हेपाटाइटीस बी पोजेटिभ देखिएको थियो । 

“शिविर सञ्चालन हुनुभन्दा केही हप्ता अगाडि उपल्लो डोल्पाकै दुई जनाको उपचारका क्रममा हेपाटाइटीस बीबाट जिल्ला अस्पतालमा मृत्यु भएपछि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो”, जिल्ला अस्पताल डोल्पाका डाक्टर हिमबिक्रम शाहीले भने “ त्यहाँका नागरिकमा यस्तो सरुवा रोगको संकेत देखिएपछि चिकित्सकसहितको टोलीले रगत परीक्षणका लागि त्यस क्षेत्रमा खटाइएको थियो । 

उपल्लो डोल्पाको विकट क्षेत्रमा केही संक्रमित व्यक्तिबाट यो रोग फैलिँदै गएको अनुमान चिकित्सकको छ । हेपाटाइटीस बी पोजेटिभ देखिएका सबै व्यक्तिलाई रोगको विषयमा कुनै पनि जानकारी छैन । रगत परीक्षणपछि संक्रमित व्यक्तिलाई हेपाटाइटीस बी पोजेटिभ रोग देखिएको सम्बन्धमा स्थानीयवासीसँग सोध्दा यसबारे आफूहरुलाई कुनै जानकारी नभएको बताएको चिकित्सक शाहीले जानकारी दिए । 

रोगी व्यक्तिसँग असुरक्षित यौन सम्पर्क गर्दा, रगत आदनप्रदान गर्दा र रोगी व्यक्तिले प्रयोग गरेको सुइ, सिरिन्ज, ब्रसहरु विना नर्मलीकरण प्रयोग गर्दा यो रोग सर्ने चिकित्सकको भनाइ छ । तर हात मिलाउँदा, अंकमाल गर्दा यो रोग नसर्ने उनीहरुको दाबी छ । 

आगामी वैशाखमा संक्रमित क्षेत्रमा पुनः निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरिने लक्ष्य लिएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । उपल्लो डोल्पालीको बिहेवारी आफ्नो गाउँ ठाउँमामात्रै हुने भएकाले उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध गाउँपालिकामात्रै नभइ शे–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकामा पनि यो रोगका विरामी हुन सक्ने अनुमान चिकित्सक शाहीको छ । 



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





विजय उत्सव मनाउन गएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा
विजय उत्सव मनाउन गएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा

बुटवल । बुटवल उपमहानगरपालिकामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाइएको छ ।  आज शनिबार जितगढी विजयी उत्सब कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलील..

विजय उत्सव मनाउन प्रधानमन्त्री ओलीसहित शीर्ष नेता बुटवल जाँदै
विजय उत्सव मनाउन प्रधानमन्त्री ओलीसहित शीर्ष नेता बुटवल जाँदै

काठमाडौं । बुटवल उपमहानगरपालिकाले आज जितगढी विजय उत्सव दिवस मनाउँदैछ । दुईसय वर्षअघि तत्कालीन अंग्रेजलाई पराजित गरेको खुशियालीलाई आज जितगढी विजय उत्सव दिवस मनाउन लागेको हो ।&n..

भारतबाट काठमाडौं आउँदैै गरेको बसमा बिस्फोटक पदार्थ भेटिएपछि...
भारतबाट काठमाडौं आउँदैै गरेको बसमा बिस्फोटक पदार्थ भेटिएपछि...

काठमाडौं । भारतबाट काठमाडौं आउँदैै  बसमा बिस्फोट पदार्थ फेला परेको भएको छ ।  सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रबार राति करिब १२ः४५ बजेतिर ना५ख..

राम्रीभिरबाट प्रतिबन्धित नेकपाका दुई केन्द्रीय सदस्य पक्राउ
राम्रीभिरबाट प्रतिबन्धित नेकपाका दुई केन्द्रीय सदस्य पक्राउ

घोराही । प्रहरीले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यदवय चुडामणि वली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’लाई दाङको रार्म्रीभीरबाट पक्रा..