होटेलमा गोप्य क्यामरा, बन्यो १६ सय व्यक्तिका अश्लील भिडियो


नेपाल पाना प्रकाशित: २०७५-१२-७ गते
होटेलमा गोप्य क्यामरा, बन्यो १६ सय व्यक्तिका अश्लील भिडियो

लण्डन । गोप्य क्यामरा राखेर झण्डै १६ सय व्यक्तिको अश्लील भिडियो बनाएको खुलेको छ । दक्षिण कोरियाका ३० भन्दा बढी होटलका कोठामा गोप्य क्यामरा राखेर अश्लील भिडियो बनाउनेमा संलग्न चार व्यक्ति पक्राउ परेका छन् । 

टिभी, हेयर ड्रायरको होल्डर र सोकेटमा क्यामरा लगाएर भिडियो बनाउने गरेका पुरुषहरुले यसबाट ६ हजार डलर भन्दा बढी आय गर्ने गरेका थिए । उनीहरुमाथि अनुसन्धान भइरहेको र दोषी पाइएमा १० वर्षसम्मको जेल सजाय र २६ हजार डलर भन्दा बढी जरिवाना हुनेछ ।

लुकाइएका क्यामराबाट खिचिएका भिडियोलाई उनीहरुले सेक्स टेप वा निउड टेपको रुपमा बिक्री गर्ने गरेका थिए । उनीहरुले गएको अगस्टमा दक्षिण कोरियाका १० शहरमा रहेका ३० होटलका कोठामा एक एमएमको लेन्ससहितको क्यामरा लगाएका थिए । नोभेम्बरमा उनीहरुले वेब साइट बनाए, जसमा पूरा भिडियो हेर्नका लागि पैसा तिर्नु पर्ने र ३० सेकेण्डको भिडियो बिना शुल्क हेर्न पाउने व्यवस्था थियो ।

उनीहरुले वेब साइटमा ८०३ वटा भिडियो पोस्ट गरेका थिए । यहि मार्चमा साइट बन्द गर्दासम्म उनीहरुले ९७ जना शुल्क तिर्ने सदस्य थिए ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





राजधानीको चर्च र होटलमा बम विस्फोट, २० जनाको मृत्यु
राजधानीको चर्च र होटलमा बम विस्फोट, २० जनाको मृत्यु

श्रीलंका । श्रीलंकाको राजधानी कोलम्बोको चर्च र होटलमा आक्रमण भएको छ । ‘ईस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फो..

राष्ट्रपति बन्दै राष्ट्रघाती !,  राष्ट्रपतिको घरबाट अर्बौं अमेरिकी डलर बरामद
राष्ट्रपति बन्दै राष्ट्रघाती !,  राष्ट्रपतिको घरबाट अर्बौं अमेरिकी डलर बरामद

काठमाडौं । सुडानका अपदस्थ राष्ट्रपति ओमर अल बसिरको घरमा ठूलो मात्रामा अवैध रकम बरामद भएको छ । बरामद मुद्राकाबारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति पद..

राहुल गान्धी भारतीय नागरिक नभएको दाबी 
राहुल गान्धी भारतीय नागरिक नभएको दाबी 

नयाँदिल्ली ।लोकसभा निर्वाचन जारी रहँदा प्रमुख प्रतिपक्षी भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीको राष्ट्रियता फेरि विवादमा तानिएको छ ।  इलाहाबाद उच्च अदालतको लखनउ बेञ्..

गिर्जाघरको छाना खस्यो, १३ जना ठहरै, १६ जनाको अवस्था गम्भिर
गिर्जाघरको छाना खस्यो, १३ जना ठहरै, १६ जनाको अवस्था गम्भिर

अफ्रिका । गिर्जाघरको छाना खस्दा १३ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकाको डर्बानमा गिर्जाघर (चर्च) को छाना खस्दा त्यहाँ भेला भएका श्रद्धालुमध्ये १३ जनाको मृत्यु भएको छ ।&..