स्थानीय आवश्यकतानुसारको शिक्षामा जोड


नेपानपाना प्रकाशित: २०७५-१२-८ गते
स्थानीय आवश्यकतानुसारको शिक्षामा जोड

पोखरा  । भरतपोखरी विकास मञ्चको आयोजना एवं वडा शिक्षा समिति, पोखरा महानगरपालिका– ३३ को सहयोगमा आज आयोजित कार्यक्रममा स्थानीय आवश्यकता अनुसारको शिक्षाको मार्गचित्र हुनुपर्नेमा जोड दिइएको छ। 

‘सङ्घीय शासन प्रणालीमा विद्यालय शिक्षा, स्थानीय तहको भूमिका’ विषयक अन्तक्रियामा वक्ताले संविधानप्रदत्त अधिकार बमोजिम स्थानीय तहबाट बन्दै गरेका शिक्षा नीति दीर्घकालीन सोचका साथ बनाइनुपर्ने धारणा राखे। 

कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सिंहदरबारका अधिकार स्थानीय तहमा आइसकेका अवस्थामा अब काम नगर्ने छुट नभएको उल्लेख गर्दै आवश्यकता र व्यवहारका आधारमा शिक्षा नीति तयार गरी बढ्नुपर्ने बताए। 

नेपाल हरेक दृष्टिबाट सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै उनले उपलब्ध साधन स्रोतको पहिचान र अधिकतम उपयोग गर्दै सुखी नेपाली समृद्ध नेपालको लक्ष्य हासिल गर्नुपर्ने बताए । 

‘प्रदेशको विद्यालय शिक्षा कार्यान्वयनमा स्थानीय तहको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै डा अशोक थापाले स्थानीय तहले दीर्घकालीन योजना र स्थानीय आवश्यकताका आधारमा शिक्षालाई सफल कार्यान्वयनको दिशामा अगाडि बढाउनुको विकल्प नभएको बताए। 

स्थानीय सरकारलाई दिएको अधिकारको सही कार्यान्वयन हुनसके यसले सकारात्मक प्रभाव पार्ने र शिक्षा क्षेत्रले सही फड्को मार्नसक्ने उहाँले उल्लेख गरे । 

पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएका अवस्थामा आवश्यकता र औचित्यता समेतलाई दृष्टिगत गरी शिक्षाको विकासमा जुट्नुपर्ने बताउनुभयो । संविधान दिएको अधिकारको कार्यान्वयनमा खुट्टा कमाउन नहुनेमा उनको जोड छ । 

वडा अध्यक्ष एवं वडा शिक्षा समितिका अध्यक्ष शिवप्रसाद आचार्यले शिक्षण संस्था एक अर्कामा दोषारोपण गर्न भन्दा पनि कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ त्यस तर्फ लाग्नुपर्ने बताए। 

विद्यालय विद्यार्थी सङ्ख्या बढाउने मात्र नभइ कसरी गुणस्तरीयता बढाउन सकिन्छ त्यस तर्फ केन्द्रित बन्नुपर्ने उनको भनाइ छ । 

शिक्षा र समाज एक अर्कामा अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै अध्यक्ष आचार्यले समाजलाई चेतनशील बनाउँदै शिक्षा क्षेत्रलाई अघि बढाउनुपर्ने धारणा राखे । 

भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले शिक्षाको विकासका लागि सकारात्मक बहसको सुरुवात गर्ने लक्ष्यका साथ अन्तक्रिया आयोजना गरिएको बताए। 

सबैको सामूहिक प्रयासबाट मात्रै शिक्षाको विकास सम्भव भएको उल्लेख गर्दै उहाँले पोखरा ३३ भित्र प्राविधिक शिक्षा सञ्चालनमा सामूहिक प्रयास गर्नुपर्ने धारणा राखे। 

कार्यक्रममा भरतपोखरी विकास मञ्चका महासचिव गणेशप्रसाद ढकाल, वडा शिक्षा समितिका सदस्य यज्ञप्रसाद अधिकारी, सरस्वती टीका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य, स्रोत व्यक्ति हेमराज आचार्य लगायतले स्थानीय तहबाट बन्ने शिक्षा नीति स्थानीय आवश्यकता एवं औचित्यता समेतका आधारमा हुनुपर्नेमा जोड दिँदै यसका लागि सामूहिक प्रयास आवश्यक हुने उल्लेख गरे ।  
 



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





विजय उत्सव मनाउन गएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा
विजय उत्सव मनाउन गएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा

बुटवल । बुटवल उपमहानगरपालिकामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाइएको छ ।  आज शनिबार जितगढी विजयी उत्सब कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलील..

विजय उत्सव मनाउन प्रधानमन्त्री ओलीसहित शीर्ष नेता बुटवल जाँदै
विजय उत्सव मनाउन प्रधानमन्त्री ओलीसहित शीर्ष नेता बुटवल जाँदै

काठमाडौं । बुटवल उपमहानगरपालिकाले आज जितगढी विजय उत्सव दिवस मनाउँदैछ । दुईसय वर्षअघि तत्कालीन अंग्रेजलाई पराजित गरेको खुशियालीलाई आज जितगढी विजय उत्सव दिवस मनाउन लागेको हो ।&n..

भारतबाट काठमाडौं आउँदैै गरेको बसमा बिस्फोटक पदार्थ भेटिएपछि...
भारतबाट काठमाडौं आउँदैै गरेको बसमा बिस्फोटक पदार्थ भेटिएपछि...

काठमाडौं । भारतबाट काठमाडौं आउँदैै  बसमा बिस्फोट पदार्थ फेला परेको भएको छ ।  सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रबार राति करिब १२ः४५ बजेतिर ना५ख..

राम्रीभिरबाट प्रतिबन्धित नेकपाका दुई केन्द्रीय सदस्य पक्राउ
राम्रीभिरबाट प्रतिबन्धित नेकपाका दुई केन्द्रीय सदस्य पक्राउ

घोराही । प्रहरीले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यदवय चुडामणि वली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’लाई दाङको रार्म्रीभीरबाट पक्रा..