राजपा र फाेरमबीच एकिकरण : सरकारमा बस्ने कि नबस्नेबारे यस्ताे प्रस्ताव!


नेपालपाना प्रकाशित: २०७५-१२-८ गते
राजपा र फाेरमबीच एकिकरण : सरकारमा बस्ने कि नबस्नेबारे यस्ताे प्रस्ताव!

काठमाडाैँ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरम नेपालले एकअर्कोलाई चिठी पठाएर पार्टी एकीकरण वार्ता प्रक्रिया अघि बढाएका छन्। फोरम नेपालले बुधबार राजपालाई दोस्रो चिठी पठाएको छ। करिब एक महिनाअघि फोरमले राजपालाई एकता प्रस्तावसहितको पहिलो चिठी पठाएको थियो। फोरमको प्रस्तावलाई सकारात्मक मान्दै एक साताअघि राजपाले पनि चिठी पठाएको थियो।

फोरमका महासचिव रामसाह यादवले बुधबार राजपालाई पठाएको चिठीमा वार्ता प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ। वार्ताटोली गठन गरिएको जानकारी औपचारिक रूपमा दिन चिठीमा आग्रह गरिएको यादवले बताए। उनले भने, ‘हामीले औपचारिक रूपमा वार्ताटोली गठन गरेका छौं। राजपाले पनि वार्ताटोली गठन गरेको जानकारी आउनेबित्तिकै औपचारिक रूपमा वार्ता अघि बढ्छ।’ वार्ता प्रक्रियालाई जतिसक्दो चाँडो अघि बढाउन फोरम तयार रहेको उनले बताए। उनले एकताका लागि राजपाबाट एक साताअघि आफ्नो पार्टीलाई पत्र आएको स्वीकारे।

फोरम नेपालले राष्ट्रिय जनता पार्टीलाई बिनासर्त एकीकरण प्रक्रियामा आउन आग्रह गरेको स्रोतले बताएको छ। दुवै पार्टीबीच एकीकरण विषय अघि बढिरहँदा पार्टी अध्यक्ष तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजपलाई जवाफी पत्र पठाउँदै यस्तो आग्रह गरेका हुन्।

‘हामीहरुमध्ये कोही सरकारमा र कोही प्रतिपक्षमा रहेकै कारणले मात्र पार्टी एकीकरणजस्तो महत्वपूर्ण सवालमा बाधा अवरोध हुनुहुँदैन’, पत्रमा भनिएको छ, ‘यो नीतिगत सवाल नभई रणनीति तथा कार्यनीतिक मात्र सवाल हो जुन परिवर्तन भइरहन्छ।’

फोरमले २०७५ चैत ६ गतेको मितिमा अध्यक्ष यादवले हस्ताक्षरसहितको पत्र पठाएको हो।

सरकारमा रहने वा प्रतिपक्षमा बस्ने भन्ने निर्णय गर्न एकीकरणपछि बन्ने नयाँ पार्टीलाई जिम्मा दिनुपर्ने पत्रमा उल्लेख छ। ‘सरकार वा विपक्ष कहाँ रहेर के कार्य गर्ने, कस्तो भूमिका खेल्ने ? एकीकरणपछि बन्ने पार्टीले निर्णय गरेअनुसार हुनेगरी पार्टी एकीकरण प्रक्रियालाई अघि बढाउन सकिन्छ’, पत्रमा भनिएको छ।

यसअघि राजपाले एकीकरण प्रक्रियामा अघि बढ्न सरकार छोड्न आग्रह गर्दै पत्र पठाएको थियो। फोरमले त्यसको जवाफ दिएको हो।
 



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





प्रतिबन्ध नहटाए प्रतिरोध गर्ने विप्लवको चेतावनी, विज्ञप्तिमा भने : "हामीलाई बाध्य नपारियोस'' (विज्ञप्तिसहित)
प्रतिबन्ध नहटाए प्रतिरोध गर्ने विप्लवको चेतावनी, विज्ञप्तिमा भने : "हामीलाई बाध्य नपारियोस'' (विज्ञप्तिसहित)

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग तत्काल प्रतिबन्ध फुकाउन माग गरेको छ ।  पार्टी महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी..

सत्तारुढ नेकपाको एकीकरण र भागबण्डा आज टुंगिँदै
सत्तारुढ नेकपाको एकीकरण र भागबण्डा आज टुंगिँदै

काठमाडौं । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएको ११ महिनापछि बल्ल आज एकीकरणका सबै काम टुंगिन लागेको नेताहरुले दाबी गरेका छन् ।  एकीकरण प्र..

भारतको निर्वाचनमा उम्मेदवारको प्रचार गर्दै नेकपाका विद्यार्थी नेता, द्विदेशीय कुटनीतिमा गम्भीर असर पर्ने जोखिम !
भारतको निर्वाचनमा उम्मेदवारको प्रचार गर्दै नेकपाका विद्यार्थी नेता, द्विदेशीय कुटनीतिमा गम्भीर असर पर्ने जोखिम !

काठमाडौं । भारतमा जारी लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) विरुद्ध उम्मेदवारी दिएका कन्हैया कुमारको चुनावी प्रचारमा नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्..

''सरकारी हुन्डी खाएर सत्ताधारी दलका कार्यकर्ता जनतामाथि जाईलाग्दैछन्'' : कांग्रेस नेता खतिवडा
''सरकारी हुन्डी खाएर सत्ताधारी दलका कार्यकर्ता जनतामाथि जाईलाग्दैछन्'' : कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद रामहरी खतिवडाले सत्ताधारी दलका कार्यकर्ताहरुले सरकारी हुन्डी खाएर जनताविरुद्ध जाईलागेको बताएका छन् ,  पार्टीनिकट नेपाल..