भण्डारीको हत्यामा संलग्न भएको अभियोगमा २ जना पक्राउ


नेपाल पाना प्रकाशित: २०७५-१२-९ गते
भण्डारीको हत्यामा संलग्न भएको अभियोगमा २ जना पक्राउ

कैलाली । प्रहरीले हर्कबहादुर भण्डारीको हत्या संलग्न भएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–४ मा एक हप्ताअघि भण्डारीको हत्या भएको थियो ।  

बैतडीको दशरथचन्द नगरपालिकाका ४५ वर्षीय भण्डारीको हत्या घटनामा संलग्न कञ्चनपुर जिल्ला देखतभूली गाउँका २४ वर्षीय पुन्टु भनिने गणेश भाट र कैलाली जिल्ला गोदावरी नगरपालिकाका २३ वर्षीय गोविन्द आउजीलाई पक्राउ गरिएको प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताए ।

यही चैत २ गते गोदावरी नगरपालिका–४ को खैराना गाउँ जाने सडकमा टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको अवस्थामा भण्डारीको शव फेला परेको थियो ।

भण्डारीको साथमा रहेको रकम लुट्नका लागि खैराना जङ्गल छेउको सडकमा पुर्याएर निजको हत्या गरिएको हुनसक्ने प्रहरी उपरीक्षक तिम्सिनाले बताए । हत्या गर्नुअघि स्थानीय बस बिसौनी नजिकको एक होटलमा उनीहरुले सँगै मदिरा सेवन गरेको बताइएको छ ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





बमकाण्डका आरोपी रिहा भए लगत्तै पुनः पक्राउ
बमकाण्डका आरोपी रिहा भए लगत्तै पुनः पक्राउ

काठमाडौं । बमकाण्डका आरोपी सूर्य भुजेल रिहा भए लगत्तै पुनः पक्राउ परेका छन् ।  न्यायाधीशहरु अनिलकुमार सिन्हा र पुरुषोत्तम भण्डारीको इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकर..

बसुन्धराका २० स्थानमा सीसीटिभी जडान
बसुन्धराका २० स्थानमा सीसीटिभी जडान

काठमाडौं । बसुन्धराका २० स्थानमा सिसिटिभी जडान गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र सङ्गम क्लब बसुन्धराको आयोजनामा बसुन्धराभित्र रहेका सङ्गम टोलमा सिसिटीभी जडान..

बन भ्याकुर खाएर १० जना अस्पताल भर्ना
बन भ्याकुर खाएर १० जना अस्पताल भर्ना

तनहुँ । व्यास नगरपालिका वडा नं १ गल्फुबेसी बस्ने १० जना मानिसहरूले बन भ्याकुर खाई विरामि भएका छन ।  विरामि भएकाहरुलाई उपचारको लागि जिल्ला अस्पताल दमौलि ल्याइएको छ । उन..

तनहुँमा जंगली मौरीको आतंक, मौरीले टोकेर तीन जना बेहोश
तनहुँमा जंगली मौरीको आतंक, मौरीले टोकेर तीन जना बेहोश

तनहुँ । तनहुँको ऋषिङ्ग गाउँपालिका ४ भिरकोट अधेरीमा जंगली मौरीले टोक्दा शनिबार तीन जना गम्भिर घाइते भएर बेहोस भएका छन । स्थानीय हिरालाल वि.क, टंकलाल वि.क र कमल वि.क बेहोश भएका..