बालबालिकामाथि आफन्तबाटै किन भईरहेको छ बलात्कार ?


नेपालपाना प्रकाशित: २०७५-१२-१० गते
बालबालिकामाथि आफन्तबाटै किन भईरहेको छ बलात्कार ?

काठमाडौंँ । अघिल्लो महिनाको दोस्रो साता सप्तरीमा एकजनाले बहिनीलाई बलात्कार पछि हत्या गरे । केही महिनाअघि धरानमा हजुरआमाको किरिया बार्न मामाघर पुगेका दुई दिदीबहिनी आफन्तबाटै बलात्कारमा परे । 

धरानमै एक व्यक्तिले भान्जीलाई बारम्बार बलात्कार गरेको घटना सार्वजनिक भयो । त्यस्तै भोजपुरका एक युवकले छिमेककै एक १३ वर्षीया बालिकालाई बलात्कार गरेपछि उनी गर्भवती भइन् । 

अधिकारकर्मी एवं कानुन व्यवसायी मीरा ढुङ्गानासँग अहिले पनि साना बालिका बलात्कारका तीनवटा मुद्दा छन् । पछिल्लो समय यसैगरी छिमेकी, चिनजान र आफन्तले नै छोरीचेलीलाई बलात्कारका घटना बाहिर आउन थालेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए । 

बलात्कारका घटना बढ्नुमा सामाजिक, जातीय, वर्गीय पारिवारिक, आर्थिक, प्रविधिको सही प्रयोग गर्न नजान्नु, सामाजिक मूल्य मान्यताअनुरुपको नैतिक शिक्षाको कमी तथा राज्यको नीतिगत पक्ष जिम्मेवार रहेको समाजशास्त्री डा.मीना उप्रेती बताउँछन् । 

व्यक्तिको हुर्काइ, उसको सङ्गत र सामाजिक व्यवस्था, काम तथा जिम्मेवारीको बोझ कम हुन र मानसिक रोग र प्रविधिको बेप्रवाह प्रयोगजस्ता मनोरोग कारक रहेको मनोचिकित्सक डा.सरोज ओझाको भनाइ छ । 

“आफन्त र चिनजानका व्यक्तिबाटै बलात्कारमा पर्ने बालबालिका ७४ प्रतिशत छन्,” प्रवक्ता सुवेदीले भने, “अधिकांश घर, स्कुल छेउछाउमै परिचितका सिकार भएका छन् । उहाँका अनुसार गलत व्यक्तिले सजिलो सिकार खोज्ने प्रवृत्ति पछिल्लो समय देखिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छापिएको छ ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





जेट एअरवेजले उडान बन्द गरेपछि काठमाडौं–दिल्ली हवाई भाडा तीनगुणाले बढ्यो 
जेट एअरवेजले उडान बन्द गरेपछि काठमाडौं–दिल्ली हवाई भाडा तीनगुणाले बढ्यो 

काठमाडौं । काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको छ । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रुटमा हवाई भाडा चर्को वृद्धि भएको हो ।&nbs..

सरकारको फट्याइँ : बृद्धभत्ता नै हटाउने सञ्चारमन्त्री बाँस्कोटाको घोषणा
सरकारको फट्याइँ : बृद्धभत्ता नै हटाउने सञ्चारमन्त्री बाँस्कोटाको घोषणा

काठमाडौँ । सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ । हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्..

आराम खोज्दै प्रचण्ड सुकुटे पुगे 
आराम खोज्दै प्रचण्ड सुकुटे पुगे 

सिन्धुपाल्चोक । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल शान्त वातावरणमा आराम खोज्दै बिहिबार सुकुटे आइपुगेका छन् ।  पूर्वसहकर्मी नेत्रविक्रम चन्द नेतृत्वको..

अख्तियारले पत्र काटेपछि उपसचिव सञ्जेलले भने : ''भ्रष्टाचारी ठहरिए टुँडीखेलमा झुन्डिन्छु !'' 
अख्तियारले पत्र काटेपछि उपसचिव सञ्जेलले भने : ''भ्रष्टाचारी ठहरिए टुँडीखेलमा झुन्डिन्छु !'' 

काठमाडौँ । उपसचिव प्रेमप्रसाद सञ्जेलले भ्रष्टाचारी भ्रष्टाचारी ठहरिए टुँडिखेलमा झुन्डिने बताएका छन् । भ्रष्टाचारकोविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका सञ्जेललाई अख्तियार द..