मलेसिया रोजगारी खुल्दै, पठाईयो स्वास्थ्य परीक्षणको मापदण्ड


नेपालपाना प्रकाशित: २०७५-१२-१० गते
मलेसिया रोजगारी खुल्दै, पठाईयो स्वास्थ्य परीक्षणको मापदण्ड

काठमाडाैं । नेपाललाई स्वास्थ्य परीक्षणको मापदण्ड पठाएसँगै लामो समयदेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने सम्भावना बढेको छ ।

श्रम समझदारीमा भएको व्यवस्थाअनुसार मलेसियाले केही दिनअघि मात्र स्वास्थ्य परीक्षणको मापदण्ड बनाएर नेपाललाई पठाएको हो । अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नवीकरण भएका तथा कालोसूचीमा नपरेका स्वास्थ्य परीक्षण गर्ने संस्थाको लागि मापदण्ड सार्वजनिक गर्ने भएको छ ।

मापदण्ड पुगेका सूचीकृत स्वास्थ्य संस्थाको छनोट गरेपछि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सरकारले अनुमति दिनेछ । यसअघि विभिन्न नाममा खुलेका संस्थाहरूले गरेको स्वास्थ्यपरीक्षणमा लापरबाही भेटिएका कारण अबदेखि निर्धारित मापदण्ड पूरा गर्ने स्वास्थ्य संस्थालाई मात्र परीक्षण अनुमति दिने भएको छ । 

नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षणलगायतका अरु सबै प्रक्रिया निःशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै बेहोर्ने उल्लेख छ । समझदारी कार्यान्वयनमा आउन थाले कामदार निःशुल्क मलेसिया जान पाउनेछन् ।

मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि गएको जेठदेखि मलेसियाको रोजगारी बन्द भएको थियो। कातिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम समझदारी भए पनि प्रक्रियाबारे अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न नसकेको हो ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आईतबारका लागि तोकेको विदेशी मुद्राको विनियमयदर सूचीअनसार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६८ पैसा र बिक्रीदर १११ रुपैयाँ २८ पैसा पुगेको छ..

भूकम्पपीडितले २ अर्ब ६८ करोड रुपैयाँ ऋण लिए
भूकम्पपीडितले २ अर्ब ६८ करोड रुपैयाँ ऋण लिए

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितलाई दुई अर्ब ६८ करोड रुपैयाँ बराबरको सहुलियत कर्जा उपलब्ध गराएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको आठ महिनाको..

आयल निगमले नाफा कुम्ल्याउन तेलको भाउ घटाएन 
आयल निगमले नाफा कुम्ल्याउन तेलको भाउ घटाएन 

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने नीति आयल निगमको थियो ।  तर, दुई महिनायता निगम पेट्रोलियम पदार्थको मूल्य..

दशककै ठूलाे भूमाफिया काण्डका नाइके गुप्ता र मतियारहरूकाे सम्पति रोक्का गर्न निर्देशन
दशककै ठूलाे भूमाफिया काण्डका नाइके गुप्ता र मतियारहरूकाे सम्पति रोक्का गर्न निर्देशन

वीरगञ्ज । भूमि व्यवस्थापन तथा अभिलेख विभागले किर्ते जग्गा रजिस्ट्रेशन र किर्ते रसिदजस्ता विभिन्न धन्दा गरि राज्यकोषबाट झन्डै २ अर्ब रुपैयाँभन्दा बढी कुम्ल्याएका फरार नायव सुव्..