पूर्व गाविससचिवविरुद्ध भ्रष्टाचार आरोप


नेपालपाना प्रकाशित: २०७५-१२-१० गते
पूर्व गाविससचिवविरुद्ध भ्रष्टाचार आरोप

काठमाडौँ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको साविक सीमा गाविसको सामुदायिक भवन निर्माणमा भ्रष्टाचार भएको अभियोगमा तत्कालीन गाविस सचिवसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

सामुदायिक भवन निर्माण गर्दा प्राविधिक लागत अनुमानअनुसार नगरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन गाविस सचिव दीपकबहादुर सिंहले रु दुई लाख ३३ हजार ४४८ बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ । 

उक्त भवन निर्माण कार्य सम्झौता एवम् लागतअनुमानबमोजिम सम्पन्न नभएको अवस्थामा नै मापदण्डविपरीत गरिएको निर्माण कार्यलाई सही भनी प्रमाणित गरी झुठो बिल भर्पाई बनाएको आरोप लागाईएको छ । 

आयोगले सहायक सबइञ्जिनीयर नरबहादुर नेपाली, सामाजिक परिचालक भीमबहादुर राना र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष दिल्लीदेवी बाँठो सबैलाई रु दुई लाख ३३ हजार ४४८ बराबरको भ्रष्टाचार गरेको अभियोग लगाएको छ । आरोपी सबैलाई बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

यस्तै आयोगले आजै भोजपुरको, षडानन्द नगरपालिका साविक वडा नं ५ र ६ मा विद्युत् विस्तार परियोजनामा भ्रष्टाचार भएको अभियोगमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७३÷०७४ का लागि नगरपालिकाअन्तर्गतको विद्युत् विस्तार परियोजनाका पदाधिकारीले कार्य सम्पन्न भएको भनी कीर्ते कागजात तयार पारी आर्थिक हिनामिना गरेको पाइएको आयोगले जनाएको छ । 

विद्युत् विस्तार योजनाको काम १७ प्रतिशत मात्र काम सम्पन्न भएको अवस्थामा कार्य सम्पन्न भएको भनी गलत प्रतिवेदन बनाएको पाइएको छ । सो आयोजनाको कूल लागत रु ५८ लाख ७० हजारमध्ये रु २९ लाख ७४ हजार, ४९१ को मात्र सम्पन्न भएको थियो । तर झुठो बिल बनाई रु २८ लाख ९५ हजार ५०८ भुक्तानी गरेको र सरकारी स्रोतको दुरुपयोग गरेको आयोगको ठहर छ । 

आयोगले सो अभियोगमा षडानन्द नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत जयनारायण खनाल, तत्कालीन लेखा अधिकृत सन्तोष श्रेष्ठ, इञ्जिनीयर विमलमान राई, असिस्टेन्ट सबइञ्जिनीयर महेश कार्कीले समान रु २८ लाख ९५ हजार ५०८ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

यस्तै सोही नगरपालिकाका शिक्षा अधिकृत मणिराम तामाङ रु १८ लाख ६८ हजार, अनुगमन समितिका सदस्य किशोर किराँत, विद्युत् विस्तार उपभोक्ता समितिका अध्यक्ष पूर्वा तामाङ, सचिव राजेन्द्र राई, कोषाध्यक्ष ज्ञानुमाया तामाङ र संयोजक हेमकुमार श्रेष्ठले समान रु २८ लाख ९५ हजार ५०८ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । उनीहरुलाई बिगोबमोजिम कैद सजाय र जरिवानाकोसमेत माग गरी विशेष अदालतमा आज मुद्दा दायर गरिएको छ । 



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





विद्युत पोल सार्ने क्रममा पोल ढल्यो, करेन्ट लागेर २१ वर्षे युवाको मृत्यु
विद्युत पोल सार्ने क्रममा पोल ढल्यो, करेन्ट लागेर २१ वर्षे युवाको मृत्यु

काठमाडौं । तारकेश्वर नगरपालिका–१ साङलाछापमा बिद्युतको पोल सार्ने क्रममा पोल ढल्दा करेन्ट लागेर २१ वर्षे युवाको मृत्यु भएको छ । पोल सार्ने क्रममा पोल ढल्दा करेन्ट लागे..

सरस्वती सामुदायिक वनमा आगलागी, आगोलाई नेपाल प्रहरीले गरे नियन्त्रण
सरस्वती सामुदायिक वनमा आगलागी, आगोलाई नेपाल प्रहरीले गरे नियन्त्रण

दाङ । शान्तिनगर गाउँपालिका वडा नम्बर ४ स्थित सरस्वती सामुदायिक वनमा शुक्रबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ ।   गाँउपालिका कार्यालय र चिरीयाघार बजारदेखि झण्डै डेढ..

विप्लवका २ जिल्ला सदस्यद्वारा राजीनामा
विप्लवका २ जिल्ला सदस्यद्वारा राजीनामा

अर्घाखाँची । विप्लप पार्टीका  २ जना जिल्ला सदस्यले राजीनामा दिएका छन् । अर्घाखाँचीका २ जना जिल्ला सदस्यले राजीनामा दिएका हुन् ।  विप्लव माओवादी जिल्ला सदस्यहरु अर..

पब्जीमा प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश
पब्जीमा प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । पब्जी प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाबाट सरकारको नाममा आज(शुक्रबार)&..