दश जनाविरुद्ध मुद्दा दायर


नेपालपाना प्रकाशित: २०७५-१२-११ गते
दश जनाविरुद्ध मुद्दा दायर

भोजपुर । षडानन्द नगरपालिका–८ मा विद्युत् विस्तारका क्रममा रु तीन करोड अनियमितता गरेको अभियोगमा १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

परियोजनाका लागि विनियोजित रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समितिका अध्यक्षसहित दश जनाविरुद्ध रु दुई करोड ७९ लाख २७ हजार बराबरको बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा षडानन्द गाउँपालिकाका तत्कालीन प्रशासकीय प्रमुख जयनारायण खनाल, तत्कालीन लेखा अधिकृत सन्तोष श्रेष्ठ, इञ्जिनीयर बिमल राई, असिस्टेन्ट सबइञ्जिनीयर महेश कार्की, वडा नं ८ का वडाध्यक्ष तथा अनुगमन समिति सदस्य किशोर किराँत, विद्युत् विस्तार योजना उपभोक्ता समितिका अध्यक्ष फुर्वा तामाङ, समितिका सचिव राजेन्द्र राई, कोषाध्यक्ष ज्ञानुमाया तामाङ र संयोजक हेमकुमार श्रेष्ठलाई जनही रु २८ लाख ९५ हजार ५०८ बिगो तोकिएको छ ।

षडानन्द नगरपालिकाका शिक्षा अधिकृत तथा विद्यालय निरीक्षक मणिराम तामाङलाई भने रु १८ लाख ६८ हजार बिगो तोकिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । उनीहरुले आयोजनाको १७ प्रतिशत मात्रै काम सम्पन्न भएको अवस्थामा सबै काम सकिएको झुटो प्रतिवेदन तयार पारी भुक्तानीसमेत लिएको अख्तियारले जनाएको छ । 



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





कैलालीमा एक किशोरीमाथि सामुहिक बलात्कार, ६ जना पक्राउ
कैलालीमा एक किशोरीमाथि सामुहिक बलात्कार, ६ जना पक्राउ

सुखड । कैलालीको घोडाघोडी नगरपालिका ४ मा १६ वर्षिय किशोरीको सामुहिक बलात्कार भएको छ । बलात्कार आरोपमा ६ जना पक्राउ परेका छन् । घटना बैशाख १ गते रातीको भए पनि उजुरी शनिबार मा..

नेपाल भ्रमणमा रहेका अमेरिकन नागरिकको मृत्यु
नेपाल भ्रमणमा रहेका अमेरिकन नागरिकको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा एकजना अमेरिकन नागरिकको ज्यान गएको छ ।  भ्रमणको सिलसिलामा सगरमाथा आधार शिविर पुगेका ३६ वर्षका अमेरिकन नागरिक क्रिस्टोफर बेन्डनको शनिबार लडेर ज..

वनको जिम्मा समुदायलाई दिएपछि अन्नपूर्ण पदमार्गमा वन्यजन्तु बढे
वनको जिम्मा समुदायलाई दिएपछि अन्नपूर्ण पदमार्गमा वन्यजन्तु बढे

गलेश्वर । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग र राउण्ड धौलागिरि क्षेत्रमा समेटिएको म्याग्दीका जङ्गलमा पछिल्लो समय जङ्गली जनावर र पंक्षीहरुको सङ्ख्या वृद्धि भएको छ। उत्तर..

सरकारले दोस्रो किस्ता नदिँदा एघार सय दलितका घर अलपत्र
सरकारले दोस्रो किस्ता नदिँदा एघार सय दलितका घर अलपत्र

जाजरकोट । जनता आवास कार्यक्रमबाट निर्माण हुन लागेका डोल्पाका एक हजार एक सय घर अलपत्र परेका छन् । त्रिपुरासुन्दरी नगरपलिका–१ त्रिपुराकोट रल्लीस्थित राजा रानी क्षेत्रमा नि..