प्रधानमन्त्री ओली र विप्लवको सूरु भयो यस्ताे वाक युद्ध,  कसले के भने?


नेपालपाना प्रकाशित: २०७५-१२-१२ गते
प्रधानमन्त्री ओली र विप्लवको सूरु भयो यस्ताे  वाक युद्ध,  कसले के भने?

काठमाडाैँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकार आफ्नै गलत रवैयाका कारण देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको आरोप लगाएको छ। प्रधानमन्त्री केपी ओलीले नेकपा संसदीय दलको बैठकमा सोमबार मात्रै पनि चैत महिनाभित्र विप्लवको पार्टीका गतिविधि नियन्त्रणमा लिइने बताए लगत्तै विप्लवले प्रेस विज्ञप्ति जारी गरी आक्रोश पोखकोछ।

ओली र विप्लव दुवैले सोमबार नै एक अर्कामाथि चैत महिनाको समयसीमा राखेर नियन्त्रण र निषेध गर्ने चेतावनी दिएपछि मुलुक थप द्वन्द्वतिर जाने सम्भावना बढेर गएको छ। विप्लवले 'केपी—प्रचण्डको सामाजिक दलाल सरकार दिनप्रतिदिन नेपाली श्रमिक जनतामाझ अलोकप्रिय, असफल र सङ्कटग्रस्त बन्दै गएको,तथा ुपार्टीमाथी प्रतिबन्ध लगाएर चरम फासीवाद लाद्न खोजेको' पनि उल्लेख गरेका छन्।

प्रेस वक्तव्यमा भनिएको छ- 'हाम्रो पार्टी राष्ट्रघाती, जनघाती, भ्रष्ट, ठग, मानवतस्कर, मजदुरमाराहरूलाई जनताको माग र चाहनाबमोजिम जनकारबाही गर्दै जाँदा आमजनताका बीचमा लोकप्रिय हुँदै गएपछि आफ्नो असफलता, बदनामी र सङ्कटलाई छोप्न कथित अशान्ति मच्चाएको, चन्दा उठाएको हवाला दिँदै नेपाली श्रमिक जनताको प्रतिनिधि हाम्रो गौरवशाली पार्टीमाथि प्रतिबन्ध घोषणा गर्दै चरम फासिवाद लाद्न पुगेको छ्।‘

सरकारले देशभित्र द्वन्द्व लादेर विदेशी लगानी भित्र्याउने हावादारी प्रचार गरेको विप्लवको आरोप छ। 'यो कुनै सत्य नभएर विदेशी लगानीकर्ताहरूको पैसामा दलाली गर्ने र जनतामाथि लूट थोपर्ने नाटक मात्र हो भन्ने स्पष्ट गर्दछौँ। तथापि हाम्रो बन्द हाम्रै आन्तरिक विषय र दमनकारी सरकारको प्रतिरोध मात्र भएकाले १६ गतेको बन्दप्रति कुनै पनि अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित र तरङ्गित नहुन आग्रह गर्दछौँ।'

चैत १६ को बन्दलाई चाहना नभई बाध्यता भएको भन्दै उनले विज्ञप्तिमा भनेका छन्,  ‘नेपाल बन्द हाम्रो चाहना नभई फासिवादी दमनका विरुद्ध बाध्यता भएको जानकारी आमजनतामा गराउन चाहन्छौँ। यो बन्दले कक्षा १० का विद्यार्थीहरूको एसईई परीक्षालाई बाधा नपारोस् भन्नका लागि शनिबारको दिन आयोजना गरिएको अवगत गराउँछौँ।'



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





नेविसंघको नेता तथा कार्यकर्ताको उचित जिम्मेवारी तय गरिने
नेविसंघको नेता तथा कार्यकर्ताको उचित जिम्मेवारी तय गरिने

काठमाडौं । नेपाल विद्यार्थी संघमा सबै उमेर समूहका नेता तथा कार्यकर्ताको उचित व्यवस्थापन र जिम्मेवारी तय गरिने भएको छ ।  संघको ४९ औं स्थापना दिवसका अवसरमा नेपाली कांग्र..

तरूण दलले गाउँदेखि केन्द्रसम्म भईरहेको भ्रष्टाचार भण्डाफोर गर्ने
तरूण दलले गाउँदेखि केन्द्रसम्म भईरहेको भ्रष्टाचार भण्डाफोर गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलले केन्द्रदेखि स्थानीयतहसम्म भईरहेको भ्रष्टाचारविरुद्ध भण्डाफोर र जागरण अभियान सञ्चालन गर्ने भएको छ ।&nb..

राजपाको राष्ट्रिय महाधिवेशन अन्योलमा, किन ?, के पुगेन ?
राजपाको राष्ट्रिय महाधिवेशन अन्योलमा, किन ?, के पुगेन ?

काठमाडौं । तयारी नपुगेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालले वैशाख ७ देखि ९ गतेका लागि तय गरेको राष्ट्रिय महाधिवेशन स्थगित गरेको छ । महाधिवेशनको पूर्वनिर्धारित मिति स्थगित..

विप्लवको बन्द : पाल्पाको गाउँपालिका भवनमा विस्फोट, बम डिस्पोज गर्न भ्याईनभ्याई   
विप्लवको बन्द : पाल्पाको गाउँपालिका भवनमा विस्फोट, बम डिस्पोज गर्न भ्याईनभ्याई   

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दका दिन देशका विभिन्न स्थानमा विस्फोट र आगजनी भएको छ । बिहिबार बिहानैदेखि बम र शंकास्पद बस्तुहरु डिस्पोज..